मुख्य समाचार
हवाई आक्रमण गर्दै हुथी विद्रोहीका ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन क्षमतासँग सम्बन्धित संरचनालाई निशाना
हवाई आक्रमण गर्दै हुथी विद्रोहीका ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन क्षमतासँग सम्बन्धित संरचनालाई निशाना

साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानामा बिहीबार बिहानै हवाई आक्रमण गर्दै हुथी विद्रोहीका ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन क्षमतासँग सम्बन्धित संरचनालाई निशाना बनाएको जनाएको छ ।

गठबन्धनका प्रवक्ता तुर्की अल–मल्कीले सामाजिक सञ्जाल एक्समार्फत आक्रमणमा हुथी विद्रोहीले क्षेप्यास्त्र प्रक्षेपण प्रणाली र ड्रोनका पार्टपुर्जा निर्माण तथा जडान गर्न प्रयोग गर्दै आएका ६ वटा कार्यशाला ध्वस्त पारिएको जानकारी दिएका छन् ।

उनका अनुसार आक्रमणमा हुथी विद्रोहीको एक प्रमुख आपूर्ति केन्द्रसमेत ध्वस्त भएको छ ।

यसअघि सानामा बिहानै शृङ्खलाबद्ध भीषण हवाई आक्रमण भएको र विस्फोटका आवाज सुनिएको समाचार सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रुसले क्रिमिया पुलमा युक्रेनले गरेको लगातारको आक्रमणको बदला लिएको छ। बिहीबार राति युक्रेनमाथि ४०० भन्दा बढी ड्रोन र ११० भन्दा बढी मिसाइल प्रहार गरिएको छ। यो आक्रमणमा ८ जनाको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आक्रमणमा २७ वटा ब्यालिस्टिक मिसाइलसमेत प्रयोग गरेको बताएका छन्। उनले यसलाई युद्धकै सबैभन्दा ठूला आक्रमणमध्ये एक भनेका छन्। आक्रमणबाट ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङलाई पुनः जिम्मेवारीमा फर्कने अवसर दिनुपर्ने बताएका छन् । ट्रम्पले हुआङ प्रतिभाशाली व्यक्ति भएको उल्लेख गर्दै उनको व्यक्तिगत र व्यावसायिक जीवनलाई अलग-अलग रूपमा हेर्नुपर्ने बताएका हुन् । उनले हुआङलाई दोस्रो मौका दिनुपर्ने विषयमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग समेत कुराकानी गरेको र जिनपिङले पनि त्यसमा ...
रुसी उपविदेशमन्त्री सर्गेई र्‍याबकोभले युक्रेनलाई नेटो सदस्यता दिने कुरा रुसका लागि स्वीकार्य नहुने बताएका छन् । रुसले युक्रेनको सुरक्षा प्रत्याभूतिसम्बन्धी विषयमा छलफल गर्नुअघि नेटो (उत्तर एटलान्टिक सन्धि सङ्गठन) को सदस्यता नलिने आफ्नो मागलाई युक्रेनले स्वीकार गर्नुपर्ने उनले धारणा राखे । सर्गेईले रुस संवादका लागि तयार रहेको उल्लेख गर्दै युक्रेनको नेटो सदस्यताको विषयमा भने कुनै सम्झौता हुन ...
। इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ । इरानले युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने स्पष्ट पार्दै कुनै पनि नयाँ आक्रमणको कडा प्रतिकार गर्ने जनाएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) का प्रवक्ता ब्रिगेडियर जनरल हुसेन मोहेबीले बिहीबार इरान सबै सम्भावित सैन्य परिस्थितिको सामना गर्न पूर्ण ...
। दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य अधिकारीहरूले सुरक्षित पानी र स्वच्छ खानपानमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार दक्षिणपूर्वी बन्दरगाह सहर चाङ्गवोनमा बान्ता र पखालाको लक्षण देखिएपछि अस्पताल पुगेका एक व्यक्तिमा हैजा पुष्टि भएको हो । ती व्यक्ति उपचारपछि मङ्गलबार निको भएर ...