मुख्य समाचार
सरकारले ३२ जना सहसचिवहरूको सरुवा गरेको छ
सरकारले ३२ जना सहसचिवहरूको सरुवा गरेको छ

। सरकारले ३२ जना सहसचिवहरूको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव वा सो सरहका ३२ जना कर्मचारीको सरुवा गरेको हो ।

सरुवा हुनेमा आठ जना प्रदेश सचिव समेत परेका छन् ।

यस्तै, वीरगञ्ज महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि फेरबदल भएको छ ।

सूचीअनुसार वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरालाई सामान्य प्रशासन मन्त्रालय ल्याएर उनको ठाउँमा अर्थ मन्त्रलायमा रहेका सहसचिव निर्मल ढकाल पठाइएको छ ।


यस्तै, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीलाई अर्थ मन्त्रालय सरुवा गरेर उनको ठाउँमा सूचना तथा सञ्चार मन्त्रालयमा रहेका सहसचिव रविलाल शर्मालाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्थानीय तह र प्रदेश सभाको निर्वाचन सँगसँगै गर्ने या फरक–फरक समयमा गर्ने भन्ने विषयमा मुख्य राजनीतिक दलहरू विभाजित भएका छन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकैपटक गर्ने वा फरक समयमा गर्ने भन्ने विषयमा अझै अनिर्णीत छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीलगायत दलहरू भने फरक–फरक समयमा ...
: भक्तपुरको मध्यपुर थिमि-८ बोडेबाट जुवा तास खेलिरहेका ५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति सुजन सिपाहीसहित ५ जना पक्राउ गरेको जनाएको छ। शुक्रबार साँझ करिब साढे ७ बजे बोडेबाट उनीहरुलाई पक्राउ परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्यबहादुर खड्काले पुष्टि गरेका छन् । जुवाडे समात्न विभिन्न स्थानमा प्रहरी ...
: प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को पहिलो औपचारिक द्विपक्षीय भारत भ्रमणका एजेन्डा र कार्यतालिका तय भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जान लागेका हुन्। परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार, दिल्ली ओर्लिएकै दिन मंसिर ६ मा प्रधानमन्त्री शाहको भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता हुनेछ। मंसिर ७ ...
: विस्तृत शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा पनि द्वन्द्वपीडितले न्याय र परिपूरण पाउन नसकेको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गम्भीर चिन्ता व्यक्त गरेको छ। सम्झौताको २० वर्ष पूरा भएको अवसरमा शुक्रबार विज्ञप्ति जारी गर्दै इन्सेकका अध्यक्ष विजयराज गौतमले सङ्क्रमणकालीन न्यायका सवालमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। ‘नेपाल सरकार र ...
: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताले मुलुकलाई शान्ति, लोकतन्त्र, गणतन्त्र र नयाँ राजनीतिक व्यवस्थाको दिशामा अघि बढाएको बताएका छन्। विस्तृत शान्ति सम्झौताको आज २० वर्ष पूरा भएको ऐतिहासिक दिनको अवसरमा उनले यो दुई पक्षबीचको सम्झौता नभई नेपाली जनताको त्याग, बलिदान, संघर्ष र परिवर्तनको आकांक्षाबाट निर्मित राष्ट्रिय सहमतिको ऐतिहासिक दस्तावेज भएको ...