: नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगको फाइनलको सबै टिकट बिक्री भएको जनाएको छ। क्यानका सचिव पारस खड्काले फाइनल खेलको टिकट बिक्री खुल्ला गरिएको समयमा २ लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्न खोजेकाले सबै टिकट सोल्ड आउट भएको जानकारी दिएका हुन्।
उनले विज्ञप्तिमार्फत भनेका छन्,‘नेपाल प्रिमियर लिगको यही मिति २०८३ मङ्सिर ५ गते हुने फाइनल खेलको टिकट बिक्री खुल्ला गरिएको समयमा करिब २ लाख प्रयोगकर्ताहरूले एकैसाथ टिकट खरिद गर्न खोज्नुभएको तर क्रिकेट मैदानको क्षमताअनुसार टिकटको उपलब्धता सीमित भएका कारण बिक्री खुल्ला भएको केही मिनेटमै सम्पूर्ण टिकटहरू सोल्डआउट भएको जानकारी गराउँदछौँ।’null
सचिव खड्काले टिकट नपाएर दर्शक वर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहेको बताए।‘नेपाली क्रिकेट र नेपाल प्रिमियर लिगप्रति यहाँहरूले देखाउनुभएको अपार माया, साथ र उत्साहका लागि नेपाल क्रिकेट संघ हार्दिक कृतज्ञता व्यक्त गर्दछ। यसबाट दर्शक वर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।’ विज्ञप्तिमा भनिएको छ,‘साथै टिकट लिन नसक्नुहुने समर्थकहरुले अनलाइन एवम् आधिकारिक प्लेटफर्महरु मार्फत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग हेरेर सहयोग गर्नुहुन हामि हार्दिक अनुरोध गर्दछौं।’