। चितवनमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
चितवनको राप्ती नगरपालिका–१ महादेवटारस्थित सडकमा रोकी राखेको मधेश प्रदेश ०३–००२ ख २८३४ नम्बरको ट्रकमा बा.प्र.०२–०४७ प ८०३३ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो ।
उक्त दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–२ बस्ने ३० वर्षीय अतिज श्रेष्ठको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।