मुख्य समाचार
निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने ठूलो जिम्मेवारी सरकारको रहेको टिप्पणी
निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने ठूलो जिम्मेवारी सरकारको रहेको टिप्पणी

। नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने ठूलो जिम्मेवारी सरकारको रहेको टिप्पणी गरेका छन् ।

शुक्रबार निर्वाचन आयोगले स्थानीय तह र प्रदेश सभा निर्वाचनबारे दलका नेतासँग गरेको छलफलपछि पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

‘निर्वाचन आयोगले के कुराको हेक्का राख्नुपर्दछ भने निर्वाचनको निष्पक्षता, निर्वाचनका काम गर्ने सन्दर्भमा आयोगको एउटा जिम्मेवारी छ । तर त्यो सीमित छ,’ सभापति थापाले भने, ‘निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने कुरामा सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हुन्छ ।’

निर्वाचनका बेला सरकारले प्रतिपक्ष चिन्दिनँ भनेर पन्छिन नपाइने उनले बताए । ‘सरकारले अरु कैयन् विषयमा म अरु कुनै पनि राजनीतिक दल चिन्दिनँ, प्रतिपक्षले चिन्दिनँ, कसैलाई चिन्दिनँ, कसैलाई गन्दिनँ, कसैलाई मान्दिनँ भन्दैगर्दा अरुबेलाका सरकारको कामकारबाही चल्छ, तर निर्वाचनमा चल्दैन्,’ उनले भने ।

निर्वाचन आयोगलाई निर्वाचनको वातावरण बनाउन सरकारले खेल्नुपर्ने भूमिकाबारे समयमै ध्यानाकर्षण गराउन आफूले भनेको पनि सभापति थापाले सुनाए ।

‘हामीले स्मरण गरायौं– भाद्र २३ र २४ को अनपेक्षित विप्लपपछाडि एकैपटक जुन रिक्तताको स्थिति आयो र निर्वाचन भयो,त्यो बेलामा निर्वाचन आयोगले मात्रै निर्वाचन गराएर निर्वाचन भएको होइन, निर्वाचन आयोगको ठूलो भूमिका थियो,’ उनले भने, ‘त्यो बेलाको सुशीला कार्कीको सरकारले दलहरूसँग कतिपटक कुराकानी गर्‍यो, कसरी वातावरण बनायो भन्ने कुरा महत्त्वपूर्ण छ ।’

त्यसैले स्थानीय तह र प्रदेशको निर्वाचन गर्ने र त्यसलाई शान्तिपूर्ण बनाउने कुरामा सरकारले गर्नुपर्ने कामबारे आयोगले समयमै सरकारको ध्यानाकर्षण गराउन आफूले सुनाएको उनले बताए ।

‘निर्वाचन आयोगले मात्रै सबै जिम्मा नउठाओस् । सबै जिम्मा आयोगको मात्रै हुँदैन,’ उनले भने ।

निर्वाचन कहिले गराउने ? कसरी गराउने ? भन्ने कुरा संविधानमै भएका व्यवस्था रहेको बताउँदै कतिपय विषय व्यवहारिक रूपमा पनि हुने उनले बताए ।

यस्ता विषयमा सरकारले दलहरूसँग छलफल गरेर टुंग्याउनुपर्ने उनले धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग नेपाल भ्रमणमा रहेकी फ्रान्स–नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष बेट्रिस पिरोन, उपाध्यक्ष ग्राजिएला मिल्सोर र नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाले शिष्टाचार भेट गरेका छन् । मन्त्री गौतमले फ्रान्समा पछिल्ला दिनमा भएका प्रदर्शनका घटनाबारे चिन्ता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । भेटका क्रममा फ्रान्सेली प्रतिनिधिमण्डलले नेपालमा भएको ...
। चितवनमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका–१ महादेवटारस्थित सडकमा रोकी राखेको मधेश प्रदेश ०३–००२ ख २८३४ नम्बरको ट्रकमा बा.प्र.०२–०४७ प ८०३३ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो । उक्त दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–२ बस्ने ३० वर्षीय अतिज श्रेष्ठको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह सबल हुँदा विकासमा तीव्रता आउने बताएका छन् । शुक्रबार एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताइका हुन् । ‘स्थानीय तहको सवलीकरणका कुरा गर्दा एमालेको ०५१ सालको सरकारलाई भुल्नु हुँदैन’, ओलीले भने ‘त्यतिबेला जनश्रमदान गरेर गाउँ गाउँमा सडक र नहर बनाउने कामको थालनी एमालेले नै ...
। राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शिर्ष नेताहरूले अगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रवार निर्वाचन आयोग आयोजित छलफल कार्यक्रममा बोल्ने क्रममा शिर्ष तहका नेताहरूले स्थानीय र प्रदेश तहको निर्वाचनसँगै अगामी दिनमा हुने सबै प्रकारका निर्वाचनलाई क्रमश: प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका हुन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दल राष्ट्रिय (रास्वपा)का ...
। हरिबोधनी एकादशीको अवसरमा पाल्पा र स्याङ्जाको सङ्गमस्थल रामनदी धाम राम्दीसँगै तटीय क्षेत्रमा बिहानैदेखि भक्तजनको बाक्लो घुइँचो लागेको छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु हरिबोधिनी एकादशीका दिन जाग्ने धार्मिक विश्वास छ । यस दिनलाई (ठूलो एकादशी) का रूपमा समेत लिने प्रचलन रहेको छ । यही एकादशीका अवसरमा कालीगण्डकी स्नान गरी पूजाआरधना गर्न ...