मुख्य समाचार
नेपालका प्रधानमन्त्री बालेन शाहको आसन्न भ्रमणका क्रममा टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदजस्ता सहकार्यका केही नयाँ क्षेत्रलगायतमा छलफल हुने बताए
नेपालका प्रधानमन्त्री बालेन शाहको आसन्न भ्रमणका क्रममा टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदजस्ता सहकार्यका केही नयाँ क्षेत्रलगायतमा छलफल हुने बताए

। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री बालेन शाहको आसन्न भ्रमणका क्रममा टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदजस्ता सहकार्यका केही नयाँ क्षेत्रलगायतमा छलफल हुने बताएका छन् ।

शुक्रबार आयोजित मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री शाहले यहि मंसिर ६ र ७ गते भारत भ्रमण गर्नेछन् । उनको उक्त भ्रमणमा राजकीय सम्मान प्रदान गरिने प्रवक्ता जयसवालले बताए ।

नेपाल र भारतबीच पुरानो र बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्दै उनले यसलाई अझै फराकिलो बनाउनेबारे यो भ्रमणमा छलफल हुने बताए ।


साथै, उनले क्रिकेटको सम्बन्ध पनि भारत र नेपालबीचको महत्त्वपूर्ण कडी बनेको बताए ।

‘भ्रमणका क्रममा विकास सहकार्य, जनस्तरको सम्बन्ध, ऊर्जा सहकार्य, कनेक्टिभिटीका साथै स्टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदजस्ता सहकार्यका केही नयाँ क्षेत्रलगायत यी सबै विषयमा छलफल हुनेछ,’ उनले भने, ‘क्रिकेटको सम्बन्ध पनि भारत र नेपालबीच एउटा महत्त्वपूर्ण कडी बनेको छ ।’

भ्रमणका क्रममा हुने थप घटनाक्रमबारे जानकारी गराइराख्ने बताउँदै प्रवक्ता जयसवालले आफूहरूका लागि यो भ्रमण महत्त्वपूर्ण रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। डान्सबार प्रवेश गरेर आफू सिभिल प्रहरी हुँ भन्दै सञ्चालक तथा कर्मचारीलाई धाकधम्की र डरत्रास देखाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–६ घर भई भक्तपुर बस्ने २२ वर्षीय नवराज कुँवर र सोही ठाउँका १८ वर्षीय सुमन तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार दुवै जना बिहीबार राति साढे ...
। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको विधान, देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै देउवा पक्षको महाधिवेशन प्रक्रिया अघि बढिरहेको दाबी गरेका छन् । शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँगको कुराकानीमा नेता निधिले १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना गर्नका लागि विधान, देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै आवश्यक प्रक्रिया अघि बढाइएको ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग गरेका छन् । स्थानीय तहको निर्वाचनको तयारी अन्तर्गत निर्वाचन आयोगले बोलाएको छलफलमा प्रचण्डले यो विषय राखेका हुन् । विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने विषयलाई उनले विशेष प्राथमिकताका साथ उठाएको उनको सचिवालयले जनाएको छ । शान्ति सम्झौतापछि पहिलो संविधानसभाको ...
। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकको मृत्यु भए उनीहरूको शव नेपाल पठाउने जिम्मेवारी रोजगारदाताले लिनुपर्ने बताएका छन् । मन्त्रालयमा आज नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क जे क्युङसँग भएको शिष्टाचार भेटमा मन्त्री यादवले यस्तो आग्रह गरेका हुन् । भेटमा नेपाल र दक्षिण कोरियाबीच श्रम तथा रोजगार क्षेत्रमा सहकार्य थप मजबुत ...
:प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा हुने कार्यक्रम,द्विपक्षीय भेटवार्ता तथा समझदारीबारे जानकारी दिएका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमण गर्नेछन्। उनी आइतबार दिउँसो १: ...