मुख्य समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी घोषणा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी घोषणा

। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी घोषणा गरेका छन् ।

शाहीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नो उम्मेदवारीलाई उनले पुस्तान्तरण भनेका छन् ।

‘पुस्तान्तरणसँगै रुपान्तरण र रुपान्तरणसँगै वैचारिक पुर्नजागरणको अभियान’ लिएर आफू अगाडि बढेको भन्दै उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

आन्तरिक छलफलपछि मङ्सिर अन्तिम साता हुने महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएको उनले बताए ।


२१ फागुन २०८२ मा भएको निर्वाचनमा राप्रपाबाट एक्लो प्रत्यक्ष निर्वाचित शाही पार्टी संसदीय दलका नेता समेत हुन् ।

राप्रपाको महाधिवेशन मङ्सिर २६,२७ र २८ गते काठमाडौँमा हुँदैछ ।

यदि यो महाधिवेशनबाट नेतृत्वमा पुस्तान्तरण हुन नसके पार्टीले थप क्षति बेहोर्ने उनको भनाइ छ । ‘यदि हामीले वैचारिक पुर्नजागरण गर्न सकेनौं भने आउँदै गरेको निर्वाचनमा पार्टी अति ठूलो क्षति बेहोर्नुपर्ने छ । किनकी देश पुस्तान्तरणमा गइसकेको अवस्था छ,’ उनले भने ।

विगतका चुनावमा बिचार नमिल्ने दलसँग तालमेल गरेको र बिचार नमिल्ने पार्टी नेतृत्वको सरकार राप्रपा सहभागी भएको उल्लेख गर्दै उनले आगामी दिनमा विगतमा गरिएका गल्ति नदोहोर्याउने गरी अगाडि बढ्न आवश्यक रहेको बताए । यसका निम्ति नेतृत्वमा पुस्तान्तरण हुन आवश्यक रहेको उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वीरगन्ज महानगरपालिकासहित पर्सा र बाराका विभिन्न पालिकामा एकीकृत सार्वजनिक यातायात सेवा (नगर बस) सञ्चालन गरिने भएको छ। पर्साको वीरगन्ज महानगरपालिका तथा बाराको जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र परवानीपुर गाउँपालिकामा उक्त सेवा सञ्चालन गर्न लागिएको हो। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको अन्तरपालिका बैठकले यही मंसिरभित्र नगर बस सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक सम्पूर्ण तयारी ...
: चितवनको राप्ती नगरपालिका –०१ लोथरस्थित प्रहरी चेकिङ पोइन्टमा भारतीय कन्टेनर गाडीमा फल्स बटम बनाई लुकाइछिपाई ल्याउँदै गरेको ४४३ किलो गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । शुक्रबार बिहान ९ बजेको समयमा इलाका प्रहरी कार्यालय भण्डारा र अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको संयुक्त टोलीले हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनर चेकजाँच गर्ने ...
। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा वृहत छलफलपछि मात्रै निष्कर्षमा पुग्ने जनाएको छ । शुक्रबार निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न राजनीतिक दलका शिर्ष नेताहरूलाई बोलाएपछि रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले यस्तो बताएका हुन् । उनले निर्वाचन आयोगले राखेको छलफलमा ...
: सरकारले नेपाली सेनाका उपरथी अनुपजंग थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपरथी थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो। रथी गणेश श्रेष्ठले मंसिर ७ गते अवकाश पाउने भएपछि रिक्त हुने पदमा थापालाई बढुवा गरेको हो। थापाको नाम गत कार्त्तिक ११ गते रथी पदमा बढुवाका लागि सिफारिस भएको थियो। हालका प्रधानसेनापति अशोकराज ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाच्न आयोग पुगेर छलफलमा नबसी निस्किएका छन् । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न बोलाएको छ । छलफलमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् । निर्वाचन आयोग पुगेर केहीबेरमा बाहिरिएपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले ‘आउँदै आएन भन्ने नपरोस् भनेर’ उपस्थित भएको बताए ...