मुख्य समाचार
प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा वृहत छलफलपछि मात्रै निष्कर्षमा पुग्ने
प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा वृहत छलफलपछि मात्रै निष्कर्षमा पुग्ने

। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा वृहत छलफलपछि मात्रै निष्कर्षमा पुग्ने जनाएको छ ।

शुक्रबार निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न राजनीतिक दलका शिर्ष नेताहरूलाई बोलाएपछि रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले यस्तो बताएका हुन् ।

उनले निर्वाचन आयोगले राखेको छलफलमा स्थानीय तह र प्रदेशको निर्वाचन सँगै गराउने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयका दुवै पक्षका फाइदा र बेफाइदाबारे छलफल हुने बताए ।

खरेलले निर्वाचन आयोग, राजनीतिक दल, सरकार तथा अन्य सरोकारवालाबीच वृहत छलफल गरेर मात्रै निर्वाचनको विषयमा निष्कर्ष निकाल्नुपर्ने धारणा राखे ।


उनले भने, ‘पहिले निर्वाचन आयोग र विभिन्न राजनीतिक दलका तर्फबाट धारणा आउँछ । स्थानीय तह र प्रदेशको निर्वाचन छुट्टाछुट्टै गर्ने कि सँगै गर्ने, सँगै गर्दा के फाइदा र बेफाइदा छन् भन्ने विषयमा वृहत छलफल गर्छौं ।’

उनले शुक्रबारको छलफल प्रारम्भिक चरणको मात्रै भएकाले यसैबाट रास्वपाको आधिकारिक धारणा तय नहुने स्पष्ट पारे ।

छलफलपछि आवश्यकताअनुसार राजनीतिक दलहरूबीच, सरकार र निर्वाचन आयोगबीच तथा अन्य सरोकारवालासँग थप छलफल गरेर पार्टीले आफ्नो आधिकारिक धारणा अघि बढाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शाहीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नो उम्मेदवारीलाई उनले पुस्तान्तरण भनेका छन् । ‘पुस्तान्तरणसँगै रुपान्तरण र रुपान्तरणसँगै वैचारिक पुर्नजागरणको अभियान’ लिएर आफू अगाडि बढेको भन्दै उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । आन्तरिक छलफलपछि मङ्सिर अन्तिम साता हुने महाधिवेशनमा ...
: चितवनको राप्ती नगरपालिका –०१ लोथरस्थित प्रहरी चेकिङ पोइन्टमा भारतीय कन्टेनर गाडीमा फल्स बटम बनाई लुकाइछिपाई ल्याउँदै गरेको ४४३ किलो गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । शुक्रबार बिहान ९ बजेको समयमा इलाका प्रहरी कार्यालय भण्डारा र अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको संयुक्त टोलीले हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनर चेकजाँच गर्ने ...
: सरकारले नेपाली सेनाका उपरथी अनुपजंग थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपरथी थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो। रथी गणेश श्रेष्ठले मंसिर ७ गते अवकाश पाउने भएपछि रिक्त हुने पदमा थापालाई बढुवा गरेको हो। थापाको नाम गत कार्त्तिक ११ गते रथी पदमा बढुवाका लागि सिफारिस भएको थियो। हालका प्रधानसेनापति अशोकराज ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाच्न आयोग पुगेर छलफलमा नबसी निस्किएका छन् । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न बोलाएको छ । छलफलमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् । निर्वाचन आयोग पुगेर केहीबेरमा बाहिरिएपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले ‘आउँदै आएन भन्ने नपरोस् भनेर’ उपस्थित भएको बताए ...
: पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशको निर्वाचन एकैचोटी गर्ने कि फरक गर्ने भन्नेबारे छलफल भएको बताएका छन्। नेकपाका संयोजकसमेत रहेका प्रचण्डले निर्वाचन आयोगसँग दलसँगको छलफलपश्चात उनले राजनीतिक दलबीच एकैचोटी गर्ने कि छुट्टाछुट्टै गर्ने पुन: छलफल गरेर अगाडि बढ्ने बताएका हुन्। ५/५ वर्षमा स्थानीय र प्रदेशको निर्वाचन हुने व्यवस्था भएकाले २ महिना अगाडि पछाडिको ...