मुख्य समाचार
निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने विषयमा सरकारको ठूलो जिम्मेवारी हुने
निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने विषयमा सरकारको ठूलो जिम्मेवारी हुने

: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने विषयमा सरकारको ठूलो जिम्मेवारी हुने बताएका छन्। शुक्रबार स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउने जिम्मेवारी सरकारको भएको बताएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग कुनै सुझाव नलिइएको भन्दै उनले सुझाव नै नमागेपछि आफूहरूले किन सुझाव दिने भन्दै प्रश्न गरे।

'माग्दै नमागेपछि सुझाव के दिने ? सुझाव नमागेपछि सुझाव दिएर किन हिँड्ने ? निर्वाचनको बारेमा सरकार केही बोल्दैन भने हामीले किन धारणा बनाएर हिँड्ने ? 'उनले भने।

थापाले निर्वाचनबारे संविधानमा स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै निर्वाचन आयोगले प्रारम्भिक छलफल अघि बढाएको बताए। सरकारले राजनीतिक दलहरूसँग निर्वाचनका विषयमा छलफल र संवाद गरे कांग्रेसले पनि आफ्नो धारणा राख्ने उनको भनाइ छ।

सरकारले संविधानअनुसार चैत–वैशाखमा निर्वाचनको मिति घोषणा गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचन हुने उनले बताए। प्रदेश र अन्य निर्वाचन पनि संविधानले तोकेको समयमा हुने उल्लेख गर्दै थापाले कांग्रेस आफ्नै ढंगले निर्वाचनको तयारीमा जुटिरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता विमलेन्द्र निधीले पार्टीको विधान,देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै महाधिवेशन प्रक्रिया अघि बढिरहेको बताएका छन्। शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँगको कुराकानीमा नेता निधीले १५औं महाधिवेशन मङ्सिर २१,२२ र २३ गते काठमाडौंमा आयोजना गर्नका लागि विधान,देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै आवश्यक प्रक्रिया अघि बढाइएको बताएका हुन्। महाधिवेशनको तयारीस्वरूप १६५ क्षेत्रमध्ये ...
। नेपाल सरकारले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमण राष्ट्रहितमा केन्द्रित हुने जनाएको छ । समकक्षी नरेन्द्र मोदीसँगको भेटघाट ‘छोटो र महत्वपूर्ण’ पनि हुने नेपाल सरकारको अपेक्षा छ । आजको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले भने, ‘राष्ट्र हितमा दुईपक्षीय सम्बन्ध सुधारका लागि महत्वपूर्ण छलफल हुनेछ । राम्रो सम्बन्ध ...
: कात्तिक शुक्ल एकादशीका दिन शुक्रबार हरिबोधिनी एकादशी पर्व मनाइएको छ । भगवान विष्णुको प्रतिकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइएको हो । nullआषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले यस दिनलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष ...
: विराटनगर महानगरपालिका–४ इक्राहीस्थित उखुबारीमा शुक्रबार एक युवक मृत अवस्थामा फेला परेका छन्। करिब २५–२६ वर्ष उमेरका देखिने युवकको शव घोप्टो परेको अवस्थामा भेटिएको हो। स्थानीयले उखुबारीमा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दा युवकको शरीरमा लगाएका कपडा यथावत् थिए। उनको दाहिने कानमा चोट लागेको र घाउबाट रगत बगिरहेको अवस्थामा शव फेला ...
। मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका हुन् । उनका अनुसार, आगामी सोमबार हुने प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण स्वीकृत भएको छ । त्यस्तै, नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने ...