मुख्य समाचार
सरकारले लगानी तथा पूर्वाधार सम्बन्धी एकसाथ दर्जनौं ऐन संशोधन तयारी
सरकारले लगानी तथा पूर्वाधार सम्बन्धी एकसाथ दर्जनौं ऐन संशोधन तयारी

। सरकारले लगानी तथा पूर्वाधार सम्बन्धी एकसाथ दर्जनौं ऐन संशोधन तयारी गरेको छ । यो प्रयोजनका लागि सरकारले लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ को मस्यौदा तयार पारेको छ ।

सरकारले लगानी प्रवर्द्धन तथा सहजीकरण, उद्योग तथा व्यवसायको स्थापना, सञ्चालन र विस्तार तथा पूर्वाधार विकास, आयोजना तयारी तथा कार्यान्वयनसँग सम्बन्धित ऐन संशोधनको तयारी गरेको छ ।

यसैगरी वित्तीय स्रोत परिचालन, प्रशासनिक प्रक्रिया सरलीकरण तथा नियामकीय समन्वय सम्बन्धी कानुनी व्यवस्थामा तत्काल सुधार आवश्यक रहेको भन्दै सरकारले तीन ऐनमा अध्यादेश मार्फत संशोधन गर्न लागेको हो ।

सरकारले सार्वजनिक–निजी–साझेदारी तथा लगानी ऐन २०७५, औद्योगिक व्यवसाय ऐन २०७६, कम्पनी ऐन, औषधि ऐन, जलस्रोत ऐन, नेपाल विद्युत् प्राधिकरण ऐन लगायत संशोधन गर्दैछ ।


यसैगरी जग्गाप्राप्ति ऐन, भूउपयोग ऐन, मालपोत ऐन, जग्गा ऐन, सवारी तथा यातायात व्यवस्था ऐनमा समेत सरकारले संशोधन तयारी गरेको छ । निजी क्षेत्रले लामो समयदेखि उठाइरहेका कानुनी सुधारका पक्ष समेटेर सरकारले अध्यादेश ल्याउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने विषयमा सरकारको ठूलो जिम्मेवारी हुने बताएका छन्। शुक्रबार स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउने जिम्मेवारी सरकारको भएको बताएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग कुनै सुझाव ...
: निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक वा अलग–अलग समयमा गर्ने भन्ने विषयमा प्रमुख राजनीतिक दलहरूसँग परामर्श गरेको छ। शुक्रबार प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै आयोगले आर्थिक एवं व्यावहारिक पक्षलाई मध्यनजर गर्दै स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक वा अलग–अलग समयमा गर्ने भन्ने विषयमा सुझाव लिएको हो। आयोगले गरेको प्रस्तावमा पार्टीभित्र छलफल गरी ...
। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । ‘प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने,’ मन्त्रिपरिषद् बैठकको निर्णयमा छ । प्रधानमन्त्री शाह यहि मंसिर ६ र ७ गते दुई दिने भ्रमणका लागि भारत जाँदैछन् ।
। प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ । नेपालका लागि भारत ठूलो र महत्वपूर्ण साझेदार राष्ट्र रहेको उल्लेख गर्दै उनले व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधारलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने ...
: निर्वाचन आयोगले सबैको सहमति अनुसार नै स्थानीय र प्रदेशसभाको निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गर्ने जनाएको छ । शुक्रबार प्रमुख राजनीतिक दलहरूसँगको छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग आफैँमा निर्णायकभन्दा पनि सहजकर्ता र समन्वयकर्ताका रूपमा रहने भएकाले सरोकारवालासँग समन्वय गरी साझा सहमतिअनुसार निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिने बताएका हुन्। उनले निर्वाचनको मिति घोषणाबारे अहिले ...