मुख्य समाचार
युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा ६ प्रदेशमा ‘सिप तथा रोजगार मेला २०८३’ हुने
युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा ६ प्रदेशमा ‘सिप तथा रोजगार मेला २०८३’ हुने

। युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा ६ प्रदेशमा ‘सिप तथा रोजगार मेला २०८३’ हुने भएको छ ।

रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारी अवसर सिर्जना गर्ने तथा उद्योग–व्यवसायको वास्तविक जनशक्ति आवश्यकता अनुसार दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले रोजगार मेला सञ्चालन गर्न लागिएको हो ।

बिहिबार मन्त्रालयमा श्रममन्त्री रामजी यादव, मन्त्रालयका सचिव डा. दीपक काफ्ले तथा महासंघ अध्यक्ष अञ्जन श्रेष्ठको उपस्थितिमा मेला सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो ।

सम्झौतामा मन्त्रालयका तर्फबाट सहसचिव तथा युवा महाशाखा प्रमुख हेमराज तामाङ र महासंघ तर्फबाट उपाध्यक्ष तथा रोजगार परिषद् उपाध्यक्ष प्रबलजंग पाण्डेले हस्ताक्षर गरे ।


सम्झौता अनुसार मन्त्रालयले मेलाको नीतिगत नेतृत्व, सरकारी निकायसँगको समन्वय, सहजीकरण तथा रोजगार सम्बन्धी डिजिटल प्रणाली सञ्चालन गर्ने छ भने महासंघले मेलाको समग्र व्यवस्थापन, सञ्चालन तथा कार्यान्वयन नेतृत्व महासंघले गर्ने छ ।

यसका लागि महासंघले आवश्यक सचिवालय स्थापना गरी रोजगारदाता परिचालन, भौतिक तथा प्राविधिक पूर्वाधार, कार्यक्रम व्यवस्थापन र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने छ ।

सरकारले आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मको अवधिलाई रोजगार प्रवर्द्धन दशकका रूपमा अघि बढाएको सन्दर्भमा आन्तरिक रोजगारीका अवसर विस्तार गर्नु, श्रम बजारको माग अनुसार दक्ष जनशक्ति विकास गर्नु र सिपयुक्त जनशक्तिलाई रोजगारीमा आबद्ध गराउने मुख्य उद्देश्य रहेको महासंघ उपाध्यक्ष तथा रोजगार परिषद् सभापति पाण्डेले जानकारी दिए ।

मेलामा उद्योग, व्यवसाय तथा प्रतिष्ठानका रोजगारदाता सहभागी गराइ उनीहरूका वास्तविक रिक्त पद र आवश्यक जनशक्ति विवरण संकलन गरिने छ ।

रोजगारदाताले उपलब्ध गराएका रिक्त पदका आधारमा रोजगार खोजकर्ताबाट आवेदन संकलन गरी मेलास्थलमै प्रत्यक्ष अन्तर्वार्ता, प्रारम्भिक छनोट तथा रोजगार मिलानको व्यवस्था गरिने छ ।

त्यसैगरी रोजगारदाताको माग र श्रम बजारको आवश्यकताका आधारमा प्राविधिक तथा व्यावसायिक तालिम प्रदायक निकायको नेतृत्वमा प्रत्येक प्रदेशमा विभिन्न विधामा १० वटा तालिम सञ्चालन गरिने छ । यसलाई दिगो सञ्चालन गर्न महासंघले थप सहकार्य गर्ने छ भने तालिमका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापकीय सहयोग महासंघले उपलब्ध गराउने छ ।

मेला व्यवस्थित बनाउन मन्त्रालयले जबफेयर डट श्रमसन्सार डट जीओभी डट एनपी प्रणाली सञ्चालनमा ल्याउने छ । मेलामा सिर्जना भएका रोजगारीका अवसरलाई कार्यक्रम सम्पन्न भएपछि पनि निरन्तरता दिइने छ ।

यसका लागि महासंघ, मन्त्रालय, श्रम तथा रोजगार कार्यालय, स्थानीय तहका रोजगार, सिप तथा उद्यमशीलता केन्द्र र रोजगारदाताबीच समन्वय गरिने छ ।

प्रदेश सरकार, स्थानीय तह, उद्योग वाणिज्य संघ, निजी क्षेत्र, तालिम प्रदायक संस्था तथा विकास साझेदारको सहभागिता र सहकार्यमा कार्यक्रम सञ्चालन हुनेछ ।

सरकार र निजी क्षेत्रबीचको सहकार्य थप प्रभावकारी बनाउँदै सिपयुक्त जनशक्ति विकास, आन्तरिक रोजगारी प्रवर्द्धन तथा उद्योग–व्यवसायको जनशक्ति आवश्यकता सम्बोधन गर्न मेला महत्त्वपूर्ण हुने विश्वास महासंघले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारी ठगी प्रकरणमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरेका पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर, रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव बिनोद के.सी.,तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख उमेश ढुङ्गाना, सह–सचिव राजिव पोखरेल र रोजगार व्यवस्थापन महाशाखाकी तत्कालीन ...
: प्रहरीले रुपन्देहीबाट ठूलो परिमाणमा नियन्त्रित लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले बिहिबार रुपन्देहीको रोहिणी गाउँपालिका–१, सिमरपानीबाट उनीहरूलाई पक्राउ गरेको हो। नियन्त्रित लागु औषध एम्पुल (डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन) खरिदबिक्री गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ। पक्राउ ...
। टर्किएको अन्ताल्यामा गत कात्तिक २३ गतेदेखि जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप-३१) मा नेपालले उठाउँदै आएको पर्वतीय एजेन्डाले ऐतिहासिक उपलब्धिको मार्ग खोलेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सक्रिय कूटनीतिक पहलपछि सम्मेलनको मस्यौदा ‘कभर’ निर्णय (कभर डिसिजन) मा पर्वतीय कार्ययोजना कार्यक्रम (माउन्टेन वर्क प्रोग्राम), कोपको स्थायी कार्यसूची, उच्चस्तरीय राजनीतिक ...
। स्थानीय निर्वाचनको तयारीमा होमिएको श्रम संस्कृति पार्टीले इलाममा पनि गतिविधि बढाएको छ । अध्यक्ष हर्क साम्पाङकै उपस्थितिमा इलाम र पाँचथरको सीमावर्ती क्षेत्रदेखि व्यापारिक केन्द्रहरूमा केही कार्यक्रम भइसकेको छ । ‘हातेमालो तथा श्रमदाता भेटघाट कार्यक्रम’ भनिए पनि पार्टीको उद्देश्य चुनावी तयारी रहेको नेताहरूले लुकाएका छैनन् । चुनावी तयारीकै क्रममा फाकफोकथुम गाउँपालिका, इलाम र पाँचथरको सीमावर्ती पञ्चमी बजार, ...
: नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको लोकप्रिय मत २८ प्रतिशतबाट घटेर १४–१५ प्रतिशतमा सीमित हुनुमा आफ्नै कार्यशैली र आन्तरिक कमजोरी जिम्मेवार रहेको स्वीकार गरेका छन् । बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै ज्ञवालीले एमालेको कार्यशैली ‘एलिट’ र चुनावका बेला मात्रै जनतामाझ पुग्ने ‘टुरिस्ट’ जस्तो बनेको बताएका हुन् ...