मुख्य समाचार
पार्टीको लोकप्रिय मत २८ प्रतिशतबाट घटेर १४–१५ प्रतिशतमा सीमित हुनुमा आफ्नै कार्यशैली र आन्तरिक कमजोरी जिम्मेवार रहेको स्वीकार
पार्टीको लोकप्रिय मत २८ प्रतिशतबाट घटेर १४–१५ प्रतिशतमा सीमित हुनुमा आफ्नै कार्यशैली र आन्तरिक कमजोरी जिम्मेवार रहेको स्वीकार

: नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको लोकप्रिय मत २८ प्रतिशतबाट घटेर १४–१५ प्रतिशतमा सीमित हुनुमा आफ्नै कार्यशैली र आन्तरिक कमजोरी जिम्मेवार रहेको स्वीकार गरेका छन् ।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै ज्ञवालीले एमालेको कार्यशैली ‘एलिट’ र चुनावका बेला मात्रै जनतामाझ पुग्ने ‘टुरिस्ट’ जस्तो बनेको बताएका हुन् ।

उनले ठूला होटल र मञ्चमा सीमित हुने, जनतासँग अनौपचारिक संवाद नगर्ने तथा चुनावका बेला मात्रै भोट माग्न जाने प्रवृत्तिले पार्टी जनताबाट टाढिएको बताए ।

ज्ञवालीका अनुसार एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले पार्टीका पाँच प्रमुख कमजोरी पहिचान गरेको थियो । सत्ता समीकरणमा बढी केन्द्रित हुनु, जनतासँगको सम्बन्ध कमजोर हुनु, जनसरोकारका मुद्दामा प्रभावकारी हस्तक्षेप गर्न नसक्नु, युवासँग संवाद कमजोर हुनु र आन्तरिक एकता कायम गर्न नसक्नु प्रमुख कमजोरी हुन् ।

उनले पार्टी राजसी र सरकारी शैलीमा अघि बढ्दा जनतामा एमाले पनि अन्य दलजस्तै भएको सन्देश गएको स्वीकार गरे ।

विधान महाधिवेशनपछि उमेर हद, कार्यकाल र पूर्वराष्ट्रपतिको सदस्यतासम्बन्धी विवादले पनि पार्टीको आन्तरिक एकतामा असर पारेको उनको भनाइ छ ।

ज्ञवालीले पुराना राजनीतिक दलका नेताहरूबीच एकअर्कालाई कमजोर देखाउने होडबाजीले समग्र राजनीतिप्रति नै नकारात्मक धारणा बनेको बताए । एमाले, कांग्रेस र माओवादीका नेताहरूले एकअर्काको आलोचना गर्दा जनतामा सबै दल र नेता खराब रहेछन् भन्ने सन्देश गएको उनको विश्लेषण छ ।

पार्टीका भेला र प्रदर्शनमा ५० वर्षमाथिका व्यक्तिको बाहुल्यता देखिनुले युवासँग एमालेको सम्बन्ध कमजोर भएको पनि उनले स्वीकार गरे ।

उनले पार्टीका कमजोरी पहिचान गरी सुधार गर्न सके एमाले पुनः राजनीतिक रूपमा स्थापित हुन सक्ने दाबी गरे । ‘कम्युनिस्ट पार्टीका लागि निर्णायक कुरा जनताको समर्थन हो,’ ज्ञवालीले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्थानीय निर्वाचनको तयारीमा होमिएको श्रम संस्कृति पार्टीले इलाममा पनि गतिविधि बढाएको छ । अध्यक्ष हर्क साम्पाङकै उपस्थितिमा इलाम र पाँचथरको सीमावर्ती क्षेत्रदेखि व्यापारिक केन्द्रहरूमा केही कार्यक्रम भइसकेको छ । ‘हातेमालो तथा श्रमदाता भेटघाट कार्यक्रम’ भनिए पनि पार्टीको उद्देश्य चुनावी तयारी रहेको नेताहरूले लुकाएका छैनन् । चुनावी तयारीकै क्रममा फाकफोकथुम गाउँपालिका, इलाम र पाँचथरको सीमावर्ती पञ्चमी बजार, ...
: धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । गएराति १:५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो गाडी उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा बोलेरोमा सवार १० जनामध्ये रुबीभ्याली गाउँपालिका–४ निवासी अन्दाजी ६६ वर्षीया छेनेन तामाङको ...
। प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले आज प्रेस ब्रिफिङ आयोजना गर्दैछ । प्रधानमन्त्री शाहको भारत भ्रमणको एजेन्डा, उनले प्रस्तुत गर्ने राष्ट्रिय धारणा, भ्रमणमा सहभागी हुने टोली लगायतका विषयमा जानकारी गराउन मन्त्रालयले प्रेस ब्रिफिङ गर्न लागेको हो । मन्त्रालयका अनुसार आज बिहान ११ बजे मन्त्रालयको सभाहालमा प्रेस ब्रिफिङ आयोजना हुनेछ । प्रधानमन्त्री शाह ६ र ७ ...
: विकसित मुलुकहरूमा चिकित्सकको माग बढ्दो छ। आवश्यक स्वास्थ्य जनशक्ति उत्पादन गर्ने र टिकाइराख्नु उनीहरूका लागि चुनौती बनेको छ। तर, नेपालमा भने चिकित्सा शिक्षाप्रति आकर्षण छ तर न्युन सिटका कारण डाक्टर बन्ने सपना थोरैको मात्र पूरा हुने गरेको छ। छात्रवृत्तिमा नाम निकाल्न नसक्नेहरूका लागि अभिभावकको कमजोर आर्थिक क्षमता र राज्यको चिकित्सा शिक्षा नीति तगारो बनेको ...
— सांसदहरूले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विद्येयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्द हटाएर मर्यादित तथा समावेशी शब्दावली राख्न माग गरेका छन् । उनीहरूले शोषणको परिभाषामा बालबालिकामाथि हुने श्रम शोषण, बाध्यकारी श्रम तथा अन्य शोषणका स्वरूपसमेत स्पष्ट रूपमा समेट्न प्रस्ताव गरेका हुन् । महिला तथा सामाजिक मामिला समितिमा बिहीबार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, ...