मुख्य समाचार
इजरायली सेनाले सैन्य कारबाही गर्ने घोषणा गरेपछि प्यालेस्टिनी नागरिकहरू विस्थापित
इजरायली सेनाले सैन्य कारबाही गर्ने घोषणा गरेपछि प्यालेस्टिनी नागरिकहरू विस्थापित

। गाजापट्टीको देर अल–बलाह क्षेत्रमा इजरायली सेनाले सैन्य कारबाही गर्ने घोषणा गरेपछि प्यालेस्टिनी नागरिकहरू विस्थापित हुन थालेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का अनुसार प्रभावित क्षेत्रमा १८ हजारभन्दा बढी मानिस बसोबास गरिरहेका थिए । करिब २.५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रमा झन्डै चार हजार विस्थापित नागरिक अस्थायी शिविरमा बस्दै आएका थिए ।

बुधबारसम्म प्रभावित क्षेत्रका नागरिकहरू पश्चिम तथा दक्षिणपश्चिम दिशातर्फ सर्न थालेको कार्यालयले जनाएको छ । उक्त क्षेत्रमा स्वास्थ्य सेवा, खानेपानी, खाद्यान्न, सरसफाइ, शिक्षा तथा अन्य अत्यावश्यक सेवा उपलब्ध गराउने मानवीय सहायता केन्द्रहरू पनि रहेका छन् ।

ओसिएचएका अनुसार सन् २०२३ डिसेम्बरदेखि २०२५ जुनसम्म सोही क्षेत्रमा इजरायलले छ पटक विस्थापनसम्बन्धी आदेश जारी गरेको थियो । कार्यालयले सैन्य कारबाहीबाट विस्थापित हुने नागरिकलाई परिस्थिति अनुकूल हुनासाथ घर फर्कन दिनुपर्ने र उनीहरूको सुरक्षा तथा मानवीय सहायता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।


यसैबीच, सैन्य कारबाहीका क्रममा वर्षाको पानी सङ्कलन तथा ढल व्यवस्थापन गर्ने संरचनामा क्षति पुगेमा बाढी तथा सरसफाइसम्बन्धी समस्या उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२५ अक्टोबरमा युद्धविराम घोषणा भएयता तीन हजार ८०० भन्दा बढी बिरामीलाई उपचारका लागि अन्यत्र लैजान सहयोग गरिएको छ । तीमध्ये करिब एक तिहाइ बालबालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनका राष्ट्रपति सी जिनपिङले अमेरिका, चीन र रुसले विश्वव्यापी चुनौतीको सामना गर्न मिलेर काम गर्नुपर्ने बताएका छन् । चीनको सेन्जेनमा आयोजित एपेक सम्मेलनलाई सम्बोधन गर्दै सीले एपेक इतिहासबाट पाठ सिक्नुपर्ने उल्लेख गर्दै कठिन समयमा मात्रै वास्तविक जिम्मेवारीको पहिचान हुने बताए । सीले आजको विश्व छुट्टाछुट्टै टापुहरूको समूह नरहेको पनि बताए । ‘मानवता यस्तो विश्वव्यापी गाउँमा बसिरहेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी नियमन गर्ने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्ने बताएका छन्। अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने उनको आशङ्का छ । चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकमा बिहीबार सम्बोधन गर्दै ट्रम्पले एआईका फाइदासँगै यसका जोखिमप्रति पनि सचेत रहनुपर्ने बताए। एआईलाई नियन्त्रण र ...
। अर्बपति व्यापारी एलन मस्कले रिपब्लिकन उम्मेदवारहरूलाई चुनावमा सघाउन ठूलो रकम खर्च गर्नु आफ्नो मूर्खता भएको बताएका छन् । उनले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) अभियानको हिस्सा नरहेको पनि स्पष्ट पारेका छन् । सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पका सबैभन्दा ठूला समर्थकमध्ये एक रहेका मस्कले पछिल्लो समय आफ्नो राजनीतिक समर्थनबारे फरक ...
। बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने घोषणापछि राजनीतिक तनाव चुलिएको छ । प्रतिबन्धित अवामी लिगले आह्वान गरेको ‘लकडाउन’ अघि र पछि राजधानी ढाकासहित देशका विभिन्न स्थानमा बम विस्फोट, आगजनी र झडपका घटना भएका छन् । घटनामा मानवीय क्षतिसमेत भएको बंगलादेशका सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्ला दुई दिनमा सिलहट, राजशाही, बारीसाल र फरीदपुरमा अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद ...
। खडेरी, बाढी तथा हिंसात्मक घटनाका कारण सोमालियामा आन्तरिक विस्थापन बढ्दै गएको छ । यसले देशको मानवीय संकटसमेत थप गहिरो बनाएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ । ओसीएचएका अनुसार सोमालियाभर हाल ३३ लाखभन्दा बढी मानिस विस्थापित अवस्थामा छन्। विस्थापित हुनेमा अधिकांश महिला, बालबालिका तथा ज्येष्ठ नागरिक रहेका छन् । संयुक्त राष्ट्रसंघीय ...