मुख्य समाचार
चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक फाइनल प्रवेश
चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक फाइनल प्रवेश

: नेपाल प्रिमियर लिग (एनपीएल)तेस्रो संस्करणको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक फाइनल प्रवेश गरेको छ।

सुदूरपश्चिम रोयल्सले फाइनलमा लुम्बिनी लायन्ससँग खेल्नेछ। दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको चितवन राइनोज भने प्रतियोगितामा तेस्रो भयाे। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। चितवनले दिएको १३४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले ७ विकेट गुमाउँदै १३६ रन बनाएर जित दर्ता गरेको हो।

सुदूरपश्चिम रोयल्सका लागि थारिन्दु रत्नायकेले सर्वाधिक ५३ रन बनाएर अविजित रहे। उनले ४२ बलमा ७ चौका प्रहार गरे। सुदूरपश्चिमको जितमा उनी नायक बने। ओपनर विनोद भण्डारीले २३ रन बनाउँदा इशान पाण्डे १० रनमा कट एण्ड बोल्ड भए। कप्तान दिपेन्द्र सिंह ऐरी १५ रन बनाएर कट बिहाइन्ड भए। आरिफ शेख १० रनमा बोल्ड भए।

चितवन राइनोजका लागि रञ्जित कुमारले २ विकेट लिँदा कमल सिंह ऐरी, रिजन ढकाल, उसमा मिर र सलाउद्दिन खानले १–१ विकेट लिए।

त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको चितवन राइनोजका लागि डेविड मलानले ७१ रनको अर्धशतकीय पारी खले। उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गरे। उनले सलाउद्दिन खानसँग सातौं विकेटको लागि ४० रनको साझेदारी गरे। सलाउद्दिन खानले १८ रन बनाउँदा कमल सिंह ऐरीले १० रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। रिजन ढकाल ३ रनमा अन्तिम बलमा रनआउट भएका थिए।

सुदूरपश्चिम रोयल्सका लागि बलिङतर्फ स्कट कुगेलेइनले ३ विकेट लिँदा थारिन्दु रत्नायकेले २ विकेट लिँदा हेमन्त धामी र इशान पाण्डेले १–१ विकेट लिए।
तेस्रो हुँदै प्रतियोगिता सकेको चितवन राइनोजले ४० लाख प्राप्त गर्नेछ।

सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको फाइनल खेल शनिबार हुनेछ। यी दुई टोलीले नै दोस्रो संस्करणमा पनि फाइनल खेलेका थिए। पुनः यी दुई टोलीले फाइनल खेल्ने तय भएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अखिल नेपाल फुटबल संघ (एन्फा) माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन एक महिनाभित्र हट्ने अनौपचारिक सहमति भएको छ। नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप), फिफा र एसियाली फुटबल महासंघ (एएफसी) बीच आज थाइल्यान्डमा भएको छलफलमा निलम्बन फुकुवाका लागि सहमति जुटेको हो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत पाँच महिनादेखि एन्फालाई निलम्बनमा ...
— नेपाली पुरुष राट्रिय क्रिकेट टिमले सन् २०२७ मा इंग्ल्यान्ड भ्रमण गर्दै विश्व क्रिकेटको ऐतिहासिक मैदान लर्ड्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । नेपालले पहिलो पटक लर्ड्स मैदानमा आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग प्रतिस्पर्धा गर्न लागेको हो । ३ जुन २०२७ मा नेपाल र बंगलादेशबीच उक्त ऐतिहासिक खेल हुनेछ । बंगलादेशको पुरुष टोलीले ...
। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ। राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षर भएको पत्र बिहीबार एन्फालाई पठाइएको छ जहाँ निलम्बन तथा प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको जानकारी दिइएको छ। राखेपको कार्यकारी समितिले नोभेम्बर १९ (मंसिर ३) मा गरेको निर्णयअनुसार एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका ...
। कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने जानकारी दिएको हो। १०औं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका केही खेल भने औपचारिक ...
: नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन राइनोज दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। चितवनले दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग बिहीबार खेल्नेछ। चितवन तीन संस्करणमा पहिलो पटक दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको हो। पहिलो संस्करणमा प्लेअफ पुगेको चितवनले एलिमिनेटरमा कर्णाली याक्ससँग २१ रनले हार बेहोरेको थियो। दोस्रो संस्करणमा भने चितवन ...