मुख्य समाचार
नेपाल फुटबल संघ (एन्फा) माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन एक महिनाभित्र हट्ने अनौपचारिक सहमति
नेपाल फुटबल संघ (एन्फा) माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन एक महिनाभित्र हट्ने अनौपचारिक सहमति

— अखिल नेपाल फुटबल संघ (एन्फा) माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन एक महिनाभित्र हट्ने अनौपचारिक सहमति भएको छ।

नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप), फिफा र एसियाली फुटबल महासंघ (एएफसी) बीच आज थाइल्यान्डमा भएको छलफलमा निलम्बन फुकुवाका लागि सहमति जुटेको हो।

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत पाँच महिनादेखि एन्फालाई निलम्बनमा राखेको थियो। राखेप र एन्फाबीचको निर्वाचनसम्बन्धी विवादपछि फिफाले यस्तो निर्णय गरेको थियो। तर, बिहीबार राखेपले एन्फामाथि लगाएका सबै प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाएपछि विवाद समाधानतर्फ अघि बढेको छ।

थाइल्यान्डमा एएफसी अवार्ड्स २०२६ का अवसरमा भएको छलफलमा एक महिनाभित्र निलम्बन फुकुवा गर्ने विषयमा सहमति भएको मन्त्रालय स्रोतले जनाएको छ। स्रोतका अनुसार नेपाली टोलीलाई फिफाका प्रतिनिधिले निलम्बन फुकुवाको प्रक्रिया पूरा हुन एक महिना लाग्ने जानकारी गराएको मन्त्रालयको दाबी छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा नेपाली टोली छलफलमा सहभागी थियो। टोलीमा मन्त्रीका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार र राखेप उपाध्यक्ष विशाल श्रेष्ठ थिए। छलफलमा एएफसीका उपमहासचिव वाहिद कार्दानी, दक्षिण एसिया क्षेत्रीय युनिटका वरिष्ठ व्यवस्थापक सोनम जिग्मीसहित फिफाका एसिया तथा ओसियाना सदस्य संघ निर्देशक सञ्जीवन बालसिङ्गम, सदस्य संघ सुशासन सेवा व्यवस्थापक एमिली डोम र दक्षिण एसियाका लागि फिफा क्षेत्रीय कार्यालय प्रमुख प्रिन्स रुफस पनि सहभागी थिए।

मन्त्रालय स्रोतका अनुसार बैठकमा विभिन्न विषयमा छलफल भए पनि एन्फाको निलम्बन फुकुवा गर्ने विषय प्रमुख प्राथमिकतामा रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली पुरुष राट्रिय क्रिकेट टिमले सन् २०२७ मा इंग्ल्यान्ड भ्रमण गर्दै विश्व क्रिकेटको ऐतिहासिक मैदान लर्ड्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । नेपालले पहिलो पटक लर्ड्स मैदानमा आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग प्रतिस्पर्धा गर्न लागेको हो । ३ जुन २०२७ मा नेपाल र बंगलादेशबीच उक्त ऐतिहासिक खेल हुनेछ । बंगलादेशको पुरुष टोलीले ...
। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ। राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षर भएको पत्र बिहीबार एन्फालाई पठाइएको छ जहाँ निलम्बन तथा प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको जानकारी दिइएको छ। राखेपको कार्यकारी समितिले नोभेम्बर १९ (मंसिर ३) मा गरेको निर्णयअनुसार एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका ...
। कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने जानकारी दिएको हो। १०औं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका केही खेल भने औपचारिक ...
: नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन राइनोज दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। चितवनले दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग बिहीबार खेल्नेछ। चितवन तीन संस्करणमा पहिलो पटक दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको हो। पहिलो संस्करणमा प्लेअफ पुगेको चितवनले एलिमिनेटरमा कर्णाली याक्ससँग २१ रनले हार बेहोरेको थियो। दोस्रो संस्करणमा भने चितवन ...
— इर्लिङ हालान्डले इन्ज्युरी समयमा पेनाल्टीबाट गरेको गोलको मदतले नर्वेले मंगलबार डेनमार्कलाई ३–२ ले हराएको छ र यूईएफए नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नर्वे दुई गोलले पछाडि रहेको स्थितिबाट यो जित निकाल्न सफल रहेको हो । यो नतिजापछि दुवै टिम समान नौ अंकमा रहे, तर हेड टु हेड नतिजाका आधारमा नर्वे समूह डी मा ...