मुख्य समाचार
२३–२४ भदौ २०८२ को घटनालाई लोकतान्त्रिक प्रणालीभित्र स्वीकार गर्न नसकिने
२३–२४ भदौ २०८२ को घटनालाई लोकतान्त्रिक प्रणालीभित्र स्वीकार गर्न नसकिने

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३–२४ भदौ २०८२ को घटनालाई लोकतान्त्रिक प्रणालीभित्र स्वीकार गर्न नसकिने बताएका छन् ।

काठमाडौंमा जारी पार्टीको राष्ट्रिय भेला–२०८३ को दोस्रो दिनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले २३–२४ भदौ २०८२ को घटनालाई त्रासदीपूर्ण, विध्वंसात्मक र आतंकपूर्ण क्रियाकलापको संज्ञा दिए ।

‘भदौ २३–२४ को एउटा त्रासदीपूर्ण, विध्वंसात्मक र आतंकपूर्ण क्रियाकलाप भयो । यो लोकतन्त्रभित्रको स्वीकार्य कुरा होइन,’ अध्यक्ष ओलीले भने, ‘लोकतान्त्रिक प्रणालीभित्र मान्न सकिने घटनाक्रम होइन । यो बिल्कुल अस्वीकार्य घटना हो ।’ २३–२४ भदौको घटनालाई एमालेले तत्कालीन अवस्थामा नस्वीकारेको र भविश्यमा पनि नस्वीकार्ने उनले जिकिर गरे ।

‘त्यसलाई स्वीकार्न सकिँदैन । आज पनि सकिँदैन,’ ओलीले भने, ‘हिजो तत्काल पनि त्यसलाई स्वीकारेका थिएनौँ र भविष्यमा पनि स्वीकारिने छैन ।’


ओलीले दुई प्रमुख प्रतिस्पर्धी दलहरूबीचको सहकार्य सामान्य राजनीतिक परिस्थितिमा हुने घटना नभए पनि मुलुकको आवश्यकता र तत्कालीन परिस्थितिलाई बुझेर कांग्रेस–एमाले मिलेर सरकार गठन गरिएको स्मरण गरे ।

‘हाम्रो देशमा स्थिरता र स्थायित्व कायम गर्न, देश अस्थिरता र अस्थायित्वतर्फ जाने सम्भावनालाई रोक्न दुईवटा प्रमुख पार्टी मिलेर सरकार बनाएका थियौं । सामान्य अवस्थामा त्यस्तो सरकार बन्दैन,’ उनले भने, ‘तर, इतिहास, योगदान, सामर्थ्य र भविष्यप्रतिको जिम्मेवारी बोकेका दुई प्रमुख प्रतिस्पर्धी पार्टीहरू मिलेर सरकार बनाएका थियौं । त्यो समयको माग र आवश्यकता थियो ।’

दुई ठूला दलबीचको सहकार्यले मुलुकमा स्थिरता कायम हुने र निर्वाचनसम्म सरकार ढाल्न नसकिने अवस्था बन्ने देखेपछि प्रतिक्रियावादी शक्तिहरू आत्तिएर २३–२४ भदौको घटना गराएको ओलीको दाबी छ ।

‘नेपालमा स्थिरता हुने भयो, स्थायित्व हुने भयो, अब निर्वाचनसम्म सरकार ढाल्न नसकिने भयो भन्ने भएपछि प्रतिक्रियावादी शक्तिहरू आत्तिए,’ उनले भने, ‘निर्वाचनमा पनि दुईवटा पार्टी मिलेर गए भने कसैले केही गर्न नसक्ने भयो । लोकतान्त्रिक प्रणाली र संविधान ढाल्न नसकिने भयो, फाल्न नसकिने भयो भन्ने भएपछि आफ्ना संकीर्ण स्वार्थ पूरा नहुने देखेर भूराजनीति प्रबल भएर आयो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले आगामी निर्वाचनहरूमा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्यको प्रस्ताव राखेका छन् । राष्ट्रिय कार्यकर्ता भेलामा कार्यत्रप प्रस्तुत गर्दै उनले पपुलिस्ट शक्तिहरूलाई हराउन लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य गर्नुपर्ने प्रस्ताव गरेका हुन् । विगतका चुनावमा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य संभव नहुँदा पराजय बेहोर्नु परेको उनले बताएका छन् । ‘विगतको निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा ...
। नेपाल विद्युत् प्राधिकरणले द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौता अन्तर्गत निर्यातका लागि स्वीकृतिप्राप्त जलविद्युत् आयोजनाबाट उत्पादित ५ सय ९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्स्चेन्ज (आईएक्स) मा बिक्री गर्न अनुमतिप्राप्त गरेको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले मध्यकालीन विद्युत् बिक्री सम्झौता अन्तर्गत स्वीकृत आयोजनाहरूको विद्युत् आईएक्सको डेअहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न मंसिर ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता बर्षमान पुनले सत्तारुढ दल रास्वपाभित्र पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)बीच संघर्ष चलिरहेको बताएका छन् । दैलेखमा आयोजित नेकपाको राष्ट्रिय जागरण तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिले देखिराख्नुभएको छ । खासमा रास्वपामा संघर्ष छ, प्रधानमन्त्री र सभापति बीचमा’ उनले भने । रास्वपाभित्रको संघर्ष बाहिर समेत ...
। दाङको लमही नगरपालिका–९ शिवखोलानजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । बिहीबार बिहान करिब साढे ८ बजेको समयमा उक्त दुर्घटना भएको थियो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, बुटवलबाट लुम्बिनी भ्रमण गरी कोहलपुर फर्कँदै गरेको भे १ ख ३१३० नम्बरको बस दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका २२ जना ...
। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं प्रवक्ताको जिम्मेवारी सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हालेका छन् । श्रेष्ठले बिहीबार (मंसिर ३) देखि प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका हुन् । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका सहायक रथी राजाराम बस्नेत थिए । उनलाई प्रधानसेनापतिको सैनिक सहायकमा सरुवा गरिएको छ । बस्नेतले गत वर्ष असारमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।