मुख्य समाचार
भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले ओहदाको प्रमाणपत्र बुझाए
भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले ओहदाको प्रमाणपत्र बुझाए

। भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले ओहदाको प्रमाणपत्र बुझाएका छन् । भारतकी राष्ट्रपति द्रौपदी मुर्मुलाई बिहीबार उनले ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेकाले दुई दिन अघि जिम्मेवारी सम्हाल्न पाण्डे नयाँ दिल्ली पुगेका थिए । उनलाई लगत्तै ओहदाको प्रमाणपत्र बुझाउने अवसर मिलेको हो ।

प्रधानमन्त्री शाहको भ्रमण आउँदो आइतबार हुने छ । दुई दिने भ्रमण सकेर प्रधानमन्त्री शाह सोमबार स्वेदश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दाङको लमही नगरपालिका–९ शिवखोलानजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । बिहीबार बिहान करिब साढे ८ बजेको समयमा उक्त दुर्घटना भएको थियो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, बुटवलबाट लुम्बिनी भ्रमण गरी कोहलपुर फर्कँदै गरेको भे १ ख ३१३० नम्बरको बस दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका २२ जना ...
। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं प्रवक्ताको जिम्मेवारी सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हालेका छन् । श्रेष्ठले बिहीबार (मंसिर ३) देखि प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका हुन् । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका सहायक रथी राजाराम बस्नेत थिए । उनलाई प्रधानसेनापतिको सैनिक सहायकमा सरुवा गरिएको छ । बस्नेतले गत वर्ष असारमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।
। सक्रिय राजनीतिमा फर्किएपछि पहिलोपटक पार्टीको ठूलो फोरमलाई सम्बोधन गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीपंक्तिलाई निराश नहुन आग्रह गरेकी छन् । बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भएकाले निराश नहुन आग्रह गरेकी हुन् । ‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन,’ भण्डारीले भनिन्, ‘तर हारबाट सही ...
। नेकपा एमालेका सांसद ऐनबहादुर महरले वर्तमान सरकार विचौलियाहरूले चलाइरहेको आरोप लगाएका छन् । अहिले सरकार प्रधानमन्त्रीले नभई प्रधानमन्त्रीको सचिवालयले चलाएको र सचिवालयका व्यक्तिहरू सबै विचौलियासँग जोडिएको उनको आरोप छ । संविधान, कानुन र राज्यका संस्थागत संरचनाले नचिनेका व्यक्तिहरूले राज्य सञ्चालनमा हस्तक्षेप गरिरहेको उनको आरोप छ । प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूले पक्राउ परेका विचौलियाको अनुसन्धानमा हस्तक्षेप गरेको उनले बताए ...
। नेकपा एमालेको राष्ट्रिय भेलालले १७ बुँदे विशेष संकल्प पारित गरेको छ । बुधबार र बिहीबार गरी दुई दिन चलेको राष्ट्रिय भेलाले विभिन्न १७ बुँदामा विशेष संकल्प पारित गरेको प्रचार–प्रसार तथा प्रकाश विभाग प्रमुख निरज आचार्यले जनाएका छन् । भेलाको समापनपछि आचार्यले जारी गरेको विज्ञप्तिमा पारित भएका संकल्पको सूची सार्वजनिक गरिएको छ । जसमा असंवैधानिक ढंगले लोकतन्त्र अपहरित ...