मुख्य समाचार
एमालेका सांसद ऐनबहादुर महरले वर्तमान सरकार विचौलियाहरूले चलाइरहेको आरोप
एमालेका सांसद ऐनबहादुर महरले वर्तमान सरकार विचौलियाहरूले चलाइरहेको आरोप

। नेकपा एमालेका सांसद ऐनबहादुर महरले वर्तमान सरकार विचौलियाहरूले चलाइरहेको आरोप लगाएका छन् ।

अहिले सरकार प्रधानमन्त्रीले नभई प्रधानमन्त्रीको सचिवालयले चलाएको र सचिवालयका व्यक्तिहरू सबै विचौलियासँग जोडिएको उनको आरोप छ ।

संविधान, कानुन र राज्यका संस्थागत संरचनाले नचिनेका व्यक्तिहरूले राज्य सञ्चालनमा हस्तक्षेप गरिरहेको उनको आरोप छ ।

प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूले पक्राउ परेका विचौलियाको अनुसन्धानमा हस्तक्षेप गरेको उनले बताए । एमाले राष्ट्रिय भेलामा पत्रकारहरूसँग कुरा गर्दै उनले वर्तमान सरकारले आरोप राज्यका संवैधानिक तथा कानुनी निकायलाई कमजोर बनाउने काम गरिरहेको आरोप पनि लगाए ।


‘संविधान, कानुनले नचिनेका मान्छेहरूले राज्यलाई आज नाङ्गो हस्तक्षेप गरेर बेवकुफ बनाइरहेका छन् । निकम्मा बनाइरहेका छन् । यो गम्भीर कुरा हो, एक प्रकारको अराजकता हो । फासीवादी शैलीबाट सरकार अगाडि बढी रहेको छ,’ उनले भने ।

मन्त्रालयको संख्या घटाउने तर प्रधानमन्त्रीको सचिवालय विस्तार गर्ने सरकारी कार्यशैलीमाथि पनि प्रश्न उठाए ।

‘प्रधानमन्त्रीको मुख्य सल्लाहकारले विचौलियाको फोन प्रहरीकोमा जानु भन्दा अगाडि जान्छ, आफ्ना सबै कुराहरू हटाउँछ । विचौलियाको अनुसन्धान गर्दा प्रधानमन्त्रीका सचिवालयका मान्छे गएर हस्तक्षेप गर्छ । मन्त्रालय घटाउँछन्, सचिवालय बढाउँछन् । अनि सचिवालयका मान्छे के गर्छन् ?,’ उनको प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सक्रिय राजनीतिमा फर्किएपछि पहिलोपटक पार्टीको ठूलो फोरमलाई सम्बोधन गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीपंक्तिलाई निराश नहुन आग्रह गरेकी छन् । बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भएकाले निराश नहुन आग्रह गरेकी हुन् । ‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन,’ भण्डारीले भनिन्, ‘तर हारबाट सही ...
। भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले ओहदाको प्रमाणपत्र बुझाएका छन् । भारतकी राष्ट्रपति द्रौपदी मुर्मुलाई बिहीबार उनले ओहदाको प्रमाणपत्र बुझाएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेकाले दुई दिन अघि जिम्मेवारी सम्हाल्न पाण्डे नयाँ दिल्ली पुगेका थिए । उनलाई लगत्तै ओहदाको प्रमाणपत्र बुझाउने अवसर मिलेको हो । प्रधानमन्त्री शाहको भ्रमण आउँदो आइतबार ...
। नेकपा एमालेको राष्ट्रिय भेलालले १७ बुँदे विशेष संकल्प पारित गरेको छ । बुधबार र बिहीबार गरी दुई दिन चलेको राष्ट्रिय भेलाले विभिन्न १७ बुँदामा विशेष संकल्प पारित गरेको प्रचार–प्रसार तथा प्रकाश विभाग प्रमुख निरज आचार्यले जनाएका छन् । भेलाको समापनपछि आचार्यले जारी गरेको विज्ञप्तिमा पारित भएका संकल्पको सूची सार्वजनिक गरिएको छ । जसमा असंवैधानिक ढंगले लोकतन्त्र अपहरित ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन अगाडि नै त्यसखालको आक्रोशको आफूहरूले विश्लेषण गरेको बताएका छन् । युवाहरूमा रहेको आक्रोशको पूर्वानुमान गरेको र त्यसअनुसार त्यसबेलै अभिव्यक्तिहरू संसद्मै समेत दिएको उनी बताउँछन् । तर युवाहरूको आक्रोशलाई एकीकृत गरेर अगाडि बढाउने गरी पार्टीले नेतृत्व लिन नसकेको उनको स्वीकारोक्ति ...
। जलवायु परिवर्तनका कारण हुने हानि तथा नोक्सानी र हिमताल विस्फोटजन्य बाढीको जोखिम व्यवस्थापनका लागि राष्ट्रिय रणनीतिक योजना तयार गर्न नेपालले सान्टियागो नेटवर्कबाट प्राविधिक सहयोग पाउने भएको छ । टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का क्रममा सान्टियागो नेटवर्क अन लस एन्ड ड्यामेज (एसएनएलडी) सँग नेपालको साझेदारी औपचारिक रूपमा घोषणा गरिएको हो । नेटवर्कको ...