मुख्य समाचार
कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

। कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने जानकारी दिएको हो।

१०औं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका केही खेल भने औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि सुरु हुनेछन्। उद्घाटन र समापन समारोह दुवै सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ।

प्रतियोगितामा सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र एनआरएनएको गरी ११ टोलीको सहभागिता रहनेछ। कुल ३२ खेलका ३८४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।

प्रत्येक टोलीबाट ६६० जना सहभागी हुनेछन्। जसमा ३१४ महिला र ३४६ पुरुष खेलाडी रहनेछन्। त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक सहभागी हुनेछन्।


प्रतियोगिताका लागि कुल १ हजार ३० जना निर्णायक रहनेछन्। तीमध्ये २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक हुने राखेपले जनाएको छ। खेल संघका ९६ प्रतिनिधिको पनि सहभागिता रहनेछ।

प्रतियोगिताका खेल सुर्खेतसहित सात जिल्लामा सञ्चालन हुनेछन्। सुर्खेतमा २३, नेपालगन्जमा दुई, बर्दियामा दुई, दैलेखमा एक, कालीकोटमा एक, सल्यानमा दुई र पश्चिम रुकुममा एक खेल आयोजना हुनेछ।

राखेपले यसपटक व्यक्तिगत र टिम स्पर्धाका पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था गरेको छ। व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई २० हजार, रजत जित्नेलाई १५ हजार र कांस्य जित्नेलाई ८ हजार रुपैयाँ प्रदान गरिनेछ। टिम स्पर्धामा स्वर्ण विजेताले १५ हजार, रजतले १० हजार र कांस्यले ८ हजार रुपैयाँ पाउनेछन्। रजत र कांस्य पदक विजेतालाई पनि नगद पुरस्कार दिने व्यवस्था पहिलोपटक गरिएको राखेपले जनाएको छ।

पटकपटक सर्दै आएको १०औं राष्ट्रिय खेलकुदको मिति पछिल्लोपटक २०८३ साउन २८ गते राखेपको १२५औं बोर्ड बैठकले निर्धारण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ। राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षर भएको पत्र बिहीबार एन्फालाई पठाइएको छ जहाँ निलम्बन तथा प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको जानकारी दिइएको छ। राखेपको कार्यकारी समितिले नोभेम्बर १९ (मंसिर ३) मा गरेको निर्णयअनुसार एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका ...
: नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन राइनोज दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। चितवनले दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग बिहीबार खेल्नेछ। चितवन तीन संस्करणमा पहिलो पटक दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको हो। पहिलो संस्करणमा प्लेअफ पुगेको चितवनले एलिमिनेटरमा कर्णाली याक्ससँग २१ रनले हार बेहोरेको थियो। दोस्रो संस्करणमा भने चितवन ...
— इर्लिङ हालान्डले इन्ज्युरी समयमा पेनाल्टीबाट गरेको गोलको मदतले नर्वेले मंगलबार डेनमार्कलाई ३–२ ले हराएको छ र यूईएफए नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नर्वे दुई गोलले पछाडि रहेको स्थितिबाट यो जित निकाल्न सफल रहेको हो । यो नतिजापछि दुवै टिम समान नौ अंकमा रहे, तर हेड टु हेड नतिजाका आधारमा नर्वे समूह डी मा ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको राजस्थान राज्यस्थित श्रीगंगानगरका ३५ वर्षीय रोहित पथरिया रहेका छन् । उनी हाल काठमाडौं महानगरपालिका–१७, ठमेलमा बस्दै आएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपीएलको तेस्रो संस्करणका खेलमा अनलाइनमार्फत ...
: नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको छ। लिग चरणमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो। दोस्रो संस्करणको एनपीएलको उपाधीका लागि पनि यी दुई टोलीले प्रतिस्पर्धा गरेका थिए। तर दोस्रो संस्करणको फाइनलमा पनि लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ ...