मुख्य समाचार
काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदुषण नियन्त्रणका लागि गृहकार्य
काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदुषण नियन्त्रणका लागि गृहकार्य

। काठमाडौं महानरगपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदुषण नियन्त्रणका लागि गृहकार्य भइरहेको बताएकी छिन् ।

बिहीबार राजधानीमा जलवायु कार्य सप्ताहबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जाडोयाम बढेसँगै काठमाडौं उपत्यकामा वायु प्रदुषण समेत बढ्दै जाने उल्लेख गर्दै यसको नियन्त्रणको कार्ययोजना निर्माणको गृहकार्य भइरहेको बताइन् ।

‘हरेक दिन सातै दिन सातवटा फरक फरक थिममा हामीले काम गर्दैछौं । जलवायु परिवर्तनका विभिन्न आयाम तथा पक्षहरूसँगै जोडेर हेर्न जरूरी छ । र ती पक्षहरूलाई समग्र रूपमा हामीले सातवटा डिफरेन्ट क्लस्टर, डिफरेन्ट क्याटेगरी, डिफरेन्ट डेज गरेर हामीले जलवायु कार्य गर्न लागेका हौं । यसमा हामीले जतिसक्दो धेरै सरोकारवाला निकायहरूलाई एकै ठाउँमा ल्याएर विमर्श गर्छौं,’ उनले भनिन् ।

उक्त कार्ययोजना यही मंसिर ७ गतेदेखि शुरु हुने जलवायु कार्य सप्ताहमा सार्वजनिक गरिने उनले बताइन् । बिहीबार काठमाडौं विश्वकै तेस्रो धेरै वायु प्रदुषित शहरको सूचीमा रहेको उल्लेख गर्दै उनले यस्तो अवस्था मानव स्वास्थ्यका लागि चिन्ताजनक विषय भएको बताइन् ।


‘हामीले जलवायु परिवर्तनका क्षेत्रमा तत्काल गर्न सक्ने कामहरू के के हुन् ? र ती कामहरू कसरी गर्ने भनेर निष्कर्ष निकाल्छौँ । प्राइभेट सेक्टर, पब्लिक सेक्टर, नागरिक समाज वैज्ञानिक, कृषक सबैजना एकै ठाउँमा बसेर हामीले यो सप्ताहव्यापी रूपमा कार्यक्रमहरू गर्दैछौँ । काठमाडौं महानगरपालिकाले पनि केही जलवायुसँग सम्बन्धित इनिसिएटिभ्सहरूको थालनी गर्दैछौं,’ उनले भनिन् ।

साथै, उनले काठमाडौं उपत्याको वायु प्रदुषण नियन्त्रणका लागि छिमेकी स्थानीय तहहरू, प्रदेश र संघ सरकारसँगको समन्वय र सहकार्य गरिने बताइन् ।

साथै, उनले जलवायु परिवर्तन न्युनिकरण तथा अनुकूलनका उपायबारे सरोकारवालाहरूसँग छलफल गरेर निचोड निकाल्न जलवायु कार्य सप्ताहको आयोजना गर्न लागिएको जानकारी दिइन् । जलवायु परिवर्तनका क्षेत्रमा तत्काल गर्न सकिने काम पहिचान गरी कार्यान्वयनका उपाय तय गर्न उक्त सप्ताह महत्वपूर्ण हुने डंगोलको भनाइ छ । उनले ‘रिचार्ज काठमाडौं’ अभियान पनि सँगसँगै अघि बढाइने बताइन् ।

‘हामीले एयर पोल्युसनको आजै मात्र पनि कुरा गर्ने हो भने पोल्युटेड सिटीजहरू एयर पोल्युसनबाट सबैभन्दा प्रभावित, नकारात्मक प्रभाव परेको पोल्युटेड सिटीजहरूमा हिजो पाँचौँ नम्बरमा, आज तेस्रो नम्बरमा पुगेको छ । यो हाम्रो लागि सुखद समाचार होइन । जाडो महिना बढ्न थालेपछि चिसोसँगसँगै एयर पोल्युसनको कुरा पनि सँगै आउने गर्दछ,’ उनले भनिन्, ‘यी कुराहरूलाई पनि सम्बोधन गर्ने गरी महानगरपालिकाले एयर पोल्युसन एड्रेस गर्ने गरी एक्सन प्लान पनि हामीले यही बेलामा नै सार्वजनिक गर्नेछौं । जसमा हामीले काठमाडौँ महानगरपालिकाले गर्ने प्रयासहरू, महानगरपालिकाले संस्थागत रूपमा गर्छ र सँगसँगै अरू पालिकाहरूसँग मिलेर, प्रदेश र संघ सरकारसँग मिलेर गर्नुपर्ने कामको योजना समेत सार्वजनिक गर्छौं ।’

जलवायु परिवर्तनका स्थानीय असर घटाउन तथा अनुकूलनका लागि स्थानीय तहमा सामूहिक प्रयास, सहकार्यको थालानी गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाको आयोजनामा मंसिर ७ गतेदेखि १३ गतेसम्म ‘काठमाडौँ जलवायु कार्य सप्ताह आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुलमा ईभी भ्यानले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार चालकको श्रीमती घाइते भएकी छन् । पूर्व–पश्चिम राजमार्गमा आज बिहीबार वीरगन्जबाट काठमाडौं जाँदै गरेको बा. ०१–००६ ख ९८३६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको बा. ०२–०३७ प ८५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर ...
। नेकपा एमालेकी बरिष्ठ नेता विद्यादेवी भण्डारीले अहिलेको आवश्यकता दलहरुबीच सम्वाद, सहकार्य र राष्ट्रिय सहमतिको भएको बताएकी छन् । राष्ट्रिय कार्यकर्ता भेलालाई विहीबार काठमाडौंमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले संविधान संशोधन लगायत राष्ट्रिय राजनीतिक कोर्समा दलहरुबीच सहकार्यको आवश्यकता रहेको बताएकी हुन् । ‘अहिलेको आवश्यकता प्रतिशोध र निषेध होइन, सम्वाद, सहकार्य र राष्ट्रिय सहमति हो,’ उनले भनेकी छन् ...
: काठमाडौँका होटल तथा पर्यटन व्यवसायलाई चौबिसै घण्टा सञ्चालनको व्यवस्था मिलाउने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताएका छन्। बुधबार जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बराल नेतृत्वको टोलीले पेस गरेको मागपत्र बुझ्दै प्रजिअ पौडेलले काठमाडौँ चौबिसै घण्टा खुला गर्ने तयारी भइरहेको बताएका हुन्। ‘आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि जिल्लाका सबै पर्यटन व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्ने ...
। राप्रपाले आसन्न आठौं महाधिवेशनबाटै ४० वर्षमुनिका युवालाई केन्द्रीय कार्यसमितिमा निर्वाचित गरेर लैजाने प्रस्ताव गरेको छ । हाल कायम रहेको विधानलाई संशोधन गरी ४० वर्षमुनिका १० पुरुष र १० महिलालाई महाधिवेशनबाट निर्वाचित गर्ने गरी विधानमा संशोधन गर्ने नयॅा प्रस्ताव गरेको हो । राप्रपाको अघिल्लो सातौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका राजेन्द्र लिङ्देनले नवीन राप्रपा कार्ययोजना ल्याई सार्वजनिक सुचना ...
: गौशाला नगरपालिका–७, मनहर्वाका संजय सदालाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ३२ बर्षिया श्रीमती सुनिता सदाको हत्या गरेको आरोपमा प्रहरीले संजयलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। रामगोपालपुर नगरपालिका–९, गोठ बनौलीस्थित नियासा सदाको घरमा छठ मान्न गएको समयमा संजयले सुनिताको हत्या गरेको प्रहरी अनुसन्धानले पुष्टि भएको हो। कात्तिक २८ ...