मुख्य समाचार
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधान तथा विदेशमा नेपाली नागरिकको हितरक्षाका लागि सरकार प्रतिबद्ध रहेको
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधान तथा विदेशमा नेपाली नागरिकको हितरक्षाका लागि सरकार प्रतिबद्ध रहेको

: गृहमन्त्री सुधन गुरुङले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधान तथा विदेशमा नेपाली नागरिकको हितरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

यूएई भ्रमणमा रहेका गृहमन्त्री गुरुङले आज दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा नेपाली संघसंस्थाका प्रतिनिधि, नेपाली समुदायका अगुवा तथा श्रमिकहरूसँग अन्तरक्रिया गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।

अन्तरक्रियाका क्रममा सहभागीहरूले वैदेशिक रोजगारीसँग सम्बन्धित विभिन्न समस्या, श्रमिकले भोग्नुपरेका कठिनाइ तथा यूएईमा रहेका नेपाली नागरिकका सरोकारका विषयमा मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा नेपाली समाजका सल्लाहकार वेदप्रसाद अर्यालले श्रमिकका समस्या औँल्याएका थिए । कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईले पनि विभिन्न समस्याहरू सहित गृहमन्त्री गुरुङलाई लिखित ज्ञापनपत्र बुझाएको छ ।

सहभागीहरूले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनुपर्ने, श्रमिकका अधिकार सुनिश्चित गर्नुपर्ने तथा विदेशमा समस्यामा परेका नेपालीलाई प्रभावकारी सरकारी सेवा उपलब्ध गराउनुपर्ने लगायतका विषय उठाएका थिए ।

श्रमिक तथा नेपाली समुदायका प्रतिनिधिहरूले आफ्ना अनुभव र समस्याबारे मन्त्रीसमक्ष जानकारी गराएका थिए । मन्त्री गुरुङले विदेशी भूमिमा रहेका नेपाली नागरिकको हितरक्षा र कल्याणका लागि नेपाल सरकार तदारुकताका साथ काम गर्न प्रतिबद्ध रहेको बताए ।

विदेशमा रहेका नेपालीका समस्या र गुनासोलाई सरकारले गम्भीरतापूर्वक लिने उनको भनाइ थियो । आफूले अहिले समस्या सुनेको र समाधानका लागि प्रयास गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।

कार्यक्रममा केही पीडित श्रमिक, यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि तथा सामाजिक अगुवाहरूको सहभागिता थियो ।

गृहमन्त्री गुरुङले विदेशमा जातीय आधारमा संघसंस्था गठन गर्नुभन्दा सबै नेपाली एकजुट हुनुपर्ने धारणा पनि राखेका छन् । उनले विदेशमा जातीय पहिचानभन्दा माथि उठेर नेपालीका रूपमा एकताबद्ध हुन आग्रह गर्दै एकीकृत नेपाली समाज निर्माण गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतले नेपालबाट ६१५.०२ मेगावाट विद्युत् निर्यातका लागि औपचारिक स्वीकृति प्रदान गरेको छ। भारतीय पक्षले बुधबार उक्त परिमाणको विद्युत् खरिद तथा निर्यातका लागि अनुमति दिएको हो। यो स्वीकृतिसँगै नेपालको ऊर्जा क्षेत्रमा अर्को एक महत्त्वपूर्ण सफलता थपिएको छ भने मुलुकको वैदेशिक मुद्रा आर्जनमा समेत ठूलो टेवा पुग्ने देखिएको छ। स्वीकृत प्राप्त भएको ६१५.०२ मेगावाट विद्युत् नेपाल र ...
। जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचनमा निर्वाचित भएका १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले आज सूचना प्रकाशित गरी पद रिक्त भएको जानकारी दिएको हो । सूचना अनुसार जसपा नेपालले २०७९ सालको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको जानकारी आयोगलाई ...
: पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले पछिल्लो १० वर्षको तुलनामा मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन गरेको बताएका छन् । बुधबार जनकपुरधाममा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट तथा अन्तरक्रियामा उनले चालु आर्थिक वर्षमा स्थानीय तथा ग्रामीण सडकको विकास र निर्माणका लागि ५० अर्ब रुपैयाँभन्दा बढी बजेट छुट्याइएको जानकारी दिए । उनले चालु आर्थिक वर्षमा मधेस प्रदेशका लागि ...
। निर्वाचन आयोगले आसन्न स्थानीय तह चुनावबारे राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दै छ । आयोगले शुक्रबार बिहान साढे ११ बजे दलका नेताहरुलाई छलफलका लागि बोलाएको छ । आयोगका आयुक्त गुरुप्रसाद वाग्लेका अनुसार राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूलाई छलफलका लागि बोलाइएको हो । प्रतिनिधि सभामा रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा गरी ६ दलले राष्ट्रिय ...
: नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्का अस्थायी भएको बताएकी छन्। । एमालेको राष्ट्रिय भेलाको दोस्रो दिनको बन्दसत्रलाई सम्बोधन गर्दै नेता भण्डारीले निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न कार्यकर्तालाई आह्वान गरेकी हुन्। ‘भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण ...