मुख्य समाचार
ओलीले राष्ट्रिय भेलाको गरिमालाई उच्च राख्न कार्यकर्तालाई निर्देशन
ओलीले राष्ट्रिय भेलाको गरिमालाई उच्च राख्न कार्यकर्तालाई निर्देशन

: नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय भेलामा पार्टी नेता तथा कार्यकर्तामा अनुशासन कमजोरी देखिएको औंल्याएका छन्। राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्रको अध्यक्षता ग्रहण गर्दै अध्यक्ष ओलीले राष्ट्रिय भेलाको गरिमालाई उच्च राख्न कार्यकर्तालाई निर्देशन दिए।

उनले भने,‘एमाले जस्तो अनुशासित पार्टीको भेला अनुशासनमा रहनु पर्‍यो।’ हिजो उद्घाटन र बन्दसत्रमा सहभागीहरू हलबाट बाहिरिएको, अनाधिकृत व्यक्तिहरुको समेत प्रवेश भएपछि अध्यक्ष ओलीले आज सहभागी र स्वयंसेवकहरूलाई कडाइका साथ अनुशासन पालन गर्न निर्देशन दिए।

‘भेलालाई भेला जस्तो बनाउनु पर्छ। हिजो अन्तिममा फाट्टफुट्ट साथीहरु मात्रै थिए। घरका मान्छेहरूले सोधे भने के गर्नेहोला ? स्वास्थ्य समस्या भए नजिकै डाक्टरहरू हुनुहुन्छ। उहाँहरुको अनुमतिमा जानुहोला। सौंचका लागि नजिक शौचालयमा जानुहोला। कार्यक्रम सक्कियो कि सक्किएन भन्ने जस्तो भयो’, उनले भने,‘एमालेको राष्ट्रिय भेला हाटबजार जस्तो होइन।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मकवानपुरको भीमफेदी गाउँपालिका -१ भैंसेमा टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। बिहीबार बिहान रौतहट जिल्लाको चन्द्रनिगाहपुरबाट १० जना यात्रु बोकेर काठमाडौंको लागि आउँदै गरेको ना १ ज २१४३ नम्बरको यात्रु बाहक सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु र ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । null प्रहरीका अनुसार ...
। देशभरका ३५ सय बढी नेता–कार्यकर्ताको भेला गरेर नेकपा एमालेका नेताहरूले अहिलेको संकटबाट पार्टी फेरि उठ्ने सन्देश दिएका छन् । भेलाको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले हेर्दाहेर्दै एमाले देशको नेतृत्वमा फर्कने विश्वास गरे । ‘कतिले एमाले मजाकको विषय बनाउलान्, फेसबुकमा लेख्लान्,’ अध्यक्ष ओलीले भने, ‘हेर्दाहेर्दै एमाले फेरि सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ ।’ विगतमा पनि ...
: नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले राजनीतिक दलहरुसँग समन्वय नगरी संविधान संशोधन गर्दा अविश्वास पैदा हुने बताएका हुन्। एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्रलाई सम्बोधन गर्दै उनले दूरगामी महत्वका विषयमा संसद्मा प्रतिनिधित्व गर्ने दलसँग पर्याप्त छलफल र राष्ट्रिय सहमति हुने बताएकी हुन्। उनले सरकार निरंकुश बन्ने नहुने धारणा राखिन्।‘लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षको सम्मान हुनुपर्छ। संवैधानिक निकायका ...
: नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको कुनै विकल्प नभएको बताएका छन्। काठमाडौंमा आयोजित राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै बादलले जनसम्बन्ध विस्तार तथा सुदृढीकरणका लागि जनतासँग प्रत्यक्ष सत्य संवाद गर्नुपर्ने निर्णय गरेको बताएका हुन्। उनले पार्टीको राष्ट्रिय भेला नयाँ आधारमा नयाँ एकता र नयाँ सङ्कल्पको ठोस अभिव्यक्ति भएको बताउँदै ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुन: सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । उनले यसअघि पनि आफ्नो पार्टी संघर्षकै मैदानबाट सरकारमा भएको भन्दै कसैको कृपाले नगएको जिकिर गरे । ‘संघर्षको मैदानबाट आएर लडेर जितेर कसैको कृपाले हामी ...