मुख्य समाचार
राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको कुनै विकल्प नभएको
राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको कुनै विकल्प नभएको

: नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको कुनै विकल्प नभएको बताएका छन्। काठमाडौंमा आयोजित राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै बादलले जनसम्बन्ध विस्तार तथा सुदृढीकरणका लागि जनतासँग प्रत्यक्ष सत्य संवाद गर्नुपर्ने निर्णय गरेको बताएका हुन्।

उनले पार्टीको राष्ट्रिय भेला नयाँ आधारमा नयाँ एकता र नयाँ सङ्कल्पको ठोस अभिव्यक्ति भएको बताउँदै उपाध्यक्ष थापाले भेलाप्रति आफ्नो दृढ ऐक्यबद्धता प्रकट गरे। पार्टीको संसदीय दलका नेतासमेत रहेका थापाले आगामी स्थानीय, प्रदेश, राष्ट्रिय सभा निर्वाचनको तयारी गर्दा गत फागुन २१ मा भएको निर्वाचनबारे पार्टीद्वारा गरिएको समीक्षालाई ध्यान दिनु जरुरी रहेको र त्यसको जगमा टेकेर चुनावको सही रणनीति तय गरिने बताए।

उनले केन्द्रीय कमिटीको तेस्रो बैठकले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा पुर्‍याउन पार्टीको पुनर्निर्माण गर्नुपर्ने, राष्ट्रियता तथा लोकतन्त्र फर्काउनका लागि राजनीतिक आन्दोलनको तयारी गर्नुपर्ने, लोकतन्त्रको विजयका लागि आगामी निर्वाचनहरूको पूर्वतयारी गर्नुपर्ने, संविधान रक्षाका लागि कानुनी सङ्घर्ष गर्नुपर्ने तथा जनसम्बन्ध विस्तार तथा सुदृढीकरणका लागि जनतासँग प्रत्यक्ष सत्य संवाद गर्नुपर्ने निर्णय गरेको बताए।

आगामी वर्ष निर्वाचन वर्ष भएकाले गत फागुनको पुनरावृत्ति हुन्छ वा त्यसमा क्रमभङ्ग हुन्छ भन्ने नै आजको केन्द्रीय प्रश्न भएको उनको भनाई छ। विगतको निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण सङ्घर्षका रूपमा रहेको बताउँदै उपाध्यक्ष थापाले बताए। 'फासीवादी तथा पपुलिस्ट शक्तिहरूले आफ्नो एकाधिकार कायम राख्न चाहने र बाह्य शक्तिहरूले आफ्नो स्वार्थपूर्ति गर्न कठपुतलीहरूलाई विजयी बनाउनैपर्ने हुँदा आगामी निर्वाचनहरू सामान्य हुनेवाला छैनन्’, उनले भने,'आफूलाई चिन, शत्रुलाई चिन, तिमी हजारौँ लडाइँ जित्न सक्छौ'

उनले गत वर्षको निर्वाचनमा भएका आन्तरिक कमजोरीको समेत चर्चा गरे। उनले भने,'सङ्घर्षमा नीति, नेतृत्व र जनता नै विजयका मुख्य आधार हुन्। विगतको निर्वाचनमा हामीले हाम्रो प्रमुख प्रतिद्वन्द्वीलाई चिन्न सकेनौँ। हामीले हाम्रा कमजोरीहरू बुझ्न सकेनौँ। हामीले मुख्य प्रतिद्वन्द्वीका विरुद्ध परस्पर सहकार्य गर्न सकेनौँ। हामीले आन्तरिक एकता कायम गर्न सकेनौँ। हामीले जनतासँग प्रत्यक्ष सम्बन्ध गाँस्न सकेनौँ।'

उपाध्यक्ष थापाले विजय प्राप्तीका लागि जनतासँग प्रत्यक्ष मितेरी गाँस्नुका साथै प्रतिद्वन्दीविरुद्ध सहकार्य र नेतृत्वको वरिपरि गोलबन्द हुनुपर्नेमा जोड दिए। उनले भने,'अहिले भूराजनीतिक शक्तिहरूबीच सङ्घर्ष तीब्र बन्दै गएको छ। लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य बढ्दै गएको छ। जनतामा व्याप्त एल्गोरिदमको भ्रम क्रमशः हट्दै गएको छ। सरकारप्रति जनतामा आक्रोश चुलिँदै गएको छ। पछिल्ला घटनाक्रमहरूले संसदीय, सडक तथा कानुनी सङ्घर्षमा विजयको सङ्केत दिइरहेका छन्।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुन: सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । उनले यसअघि पनि आफ्नो पार्टी संघर्षकै मैदानबाट सरकारमा भएको भन्दै कसैको कृपाले नगएको जिकिर गरे । ‘संघर्षको मैदानबाट आएर लडेर जितेर कसैको कृपाले हामी ...
। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा आसन्न भारत भ्रमणबारे समेत कुराकानी भएको थियो । प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएको र राजदूत दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएको ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आफूसहित पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुनिदिने चेतावनी दिएको दाबी गरेका छन् । बुधबार पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बोली होस्मै बोलेको हो कि बेहोसमा हो भनेर प्रश्न समेत गरे । ओलीले भनेका छन्, ‘आईजीपी हुनेबित्तिकै होस्‌मा हो कि बेहोसमा ...
। नेपालले तातोपानी नाका खुलाउनका लागि जोड दिएको छ । यो विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल भ्रमणमा रहेका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ्ग वानमिङ्गसँग छलफल गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन सम्बन्धित चिनियाँ पक्षसँग विशेष जोड दिएको उनको सचिवालयले ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै ओलीले सरकारको कदमविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । ‘आन्दोलनको तयारी हिसाबमा बस्नुस्, कुनैपनि समय सरकारले प्रतिशोध कसैमाथि पनि लिन सक्छ, कसैलाई पनि गिरफ्तार गर्न सक्छ, कसैमाथि हमला गर्न सक्छ,’ ओलीले भने, ‘यो सरकार ...