मुख्य समाचार
काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन राइनोज दोस्रो क्वालिफायरमा प्रवेश
काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन राइनोज दोस्रो क्वालिफायरमा प्रवेश

: नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन राइनोज दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

चितवनले दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग बिहीबार खेल्नेछ। चितवन तीन संस्करणमा पहिलो पटक दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको हो।

पहिलो संस्करणमा प्लेअफ पुगेको चितवनले एलिमिनेटरमा कर्णाली याक्ससँग २१ रनले हार बेहोरेको थियो। दोस्रो संस्करणमा भने चितवन सातौं स्थानमा रहँदै बाहिरिएको थियो। किर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो।

चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौैं गोर्खाजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्रै जोड्न सक्यो। काठमाडौं गोर्खाजको लागि विलियम बोसिस्टोले सर्वाधिक ३७ रन बनाए। उनले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए। काठमाडौंका ओपनरद्वय साहिल पटेल र साम हेज्लेट क्रमशः २ र ३ रनमा बाहिरिए। रासिद खानले १२ रन बनाउँदा १२.५ मा सहान अर्राचिगेले २३ रन बनाउँदा विवेक यादवले क्याच छुटाए। रञ्जित कुमारको बलमा विवेकले क्याच छुटाएका हुन्। तर अर्को ओभरको पहिलो बलमा उस्मा मिरको बलमा कुशल मल्लको हातमा उनी २४ रनमा क्याच भए। कप्तान करण केसी १ रनमै बोल्ड भए। जहानदाद खान पनि खाता खोल्ने बित्तिकै सलाउद्दिन खानको बलमा बोल्ड भए। सोनु देवकोटा ६ रनमा बाउन्ड्रीमा कुशल मल्लको हातमा क्याच भए। भिम सार्की ३० र गणेश गौतम ४ रनमा अविजित रहे।

चितवनका लागि बलिङतर्फ रिजन ढकालले सर्वाधिक ४ विकेट लिए। पाकिस्तानी बलर उस्मा मिरले ३ विकेट लिँदा सलाउद्दिन खान र कुशल मल्लले १–१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको चितवन राइनोजका लागि ओपनर ब्याटर कामिल मिशराले सर्वाधिक १२० रनको अविजित शतकीय पारी खेले। उनले ५९ बलमा ५ चौका र १० छक्का प्रहार गरे। एनपीएलमा व्याक्तिगत सर्वाधिक रन पनि उनले नै बनाए। उनले कर्णाली याक्सका मार्क वाटले बनाएको ११४ रनको सर्वाधिक रनको रेकर्ड तोडेका हुन्। मिशराले तेस्रो विकेटको लागि कप्तान रवि बोपारासँग १५४ रनको साझेदारी गर्दै चितवनको पारी उकासेका थिए। मिशरा एनपीएलमा शतक प्रहार गर्ने पाँचौं खेलाडी हुन्। पहिलो संस्करणमा पोखराका एन्ड्रेस गौसले शतक बनाएका थिए। दोस्रो संस्करणमा कर्णाली याक्सका मार्क वाट र पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले शतक प्रहार गरेका थिए। जारी संस्करणमा पोखरा एभेन्जर्सका युवराज सम्राले शतक प्रहार गरेका थिए।

चितवन राइनोजका अर्का ओपनर देव खनाल १७ रनमा क्याच हुँदा वान डाउन आएका डेविड मलान डकआउट भएका थिए। कप्तान रवि बोपारा ५३ रनमा बोल्ड भए। उनले ४२ बलमा ३ चौका र २ छक्का प्रहार गरे। चौथो विकेटको रुपमा विवेक यादव ३ बलमा २ चौकसहति ८ रन बनाएर क्याच भए। कुशल मल्ल शुन्यमा अविजित रहेका हुन्।

काठमाडौं गोर्खाजको लागि करण केसी र रासिद खानले २–२ विकेट लिएका थिए।

पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले हार बेहोरेको सुदूरपश्चिम रोयल्सले बिहीबार चितवन राइनोजसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— इर्लिङ हालान्डले इन्ज्युरी समयमा पेनाल्टीबाट गरेको गोलको मदतले नर्वेले मंगलबार डेनमार्कलाई ३–२ ले हराएको छ र यूईएफए नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नर्वे दुई गोलले पछाडि रहेको स्थितिबाट यो जित निकाल्न सफल रहेको हो । यो नतिजापछि दुवै टिम समान नौ अंकमा रहे, तर हेड टु हेड नतिजाका आधारमा नर्वे समूह डी मा ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको राजस्थान राज्यस्थित श्रीगंगानगरका ३५ वर्षीय रोहित पथरिया रहेका छन् । उनी हाल काठमाडौं महानगरपालिका–१७, ठमेलमा बस्दै आएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपीएलको तेस्रो संस्करणका खेलमा अनलाइनमार्फत ...
: नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको छ। लिग चरणमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो। दोस्रो संस्करणको एनपीएलको उपाधीका लागि पनि यी दुई टोलीले प्रतिस्पर्धा गरेका थिए। तर दोस्रो संस्करणको फाइनलमा पनि लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ ...
। साबा महिला बास्केटबल डिसेम्बर ६ देखि भारतको चेन्नाईमा हुने भएको छ । फिफा महिला एसिया कप २०२७ डिभिजन बी साबा क्वालिफायर्स अन्तर्गत दक्षिण एसियाको टिम सहभागि हुने यस प्रतियोगिता चेन्नाईस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा डिसेम्बर ६ देखि १० तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक भारतसहित नेपाल, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । सिंगल राउण्ड रोविनका आधारमा प्रतियोगिताको ...
। जर्मन प्रशिक्षक योर्गेन क्लोपले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले पूर्वअध्यक्ष सेप ब्लाटरपछि अवस्था झन् खराब भएको टिप्पणी गर्दै विश्व फुटबलको सर्वोच्च निकायमा नयाँ नेतृत्व आवश्यक रहेको धारणा राखेका हुन्। ‘ब्लाटरपछि अवस्था यति खराब हुन सक्छ भन्ने मैले सोचेको थिइनँ, तर कसैले त्योभन्दा पनि खराब बनाउन सफल भयो,’ क्लोपले भने, ‘इन्फान्टिनोको ...