मुख्य समाचार
त्रिपक्षीय शिखर सम्मेलनले प्रमुख शक्तिबीचको सम्बन्ध सुधार्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त
त्रिपक्षीय शिखर सम्मेलनले प्रमुख शक्तिबीचको सम्बन्ध सुधार्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त

। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने त्रिपक्षीय शिखर सम्मेलनले प्रमुख शक्तिबीचको सम्बन्ध सुधार्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका छन्।

बुधबार चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले बिहीबार हुने तीन देशका नेताबीचको पहिलो त्रिपक्षीय बैठक अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे।

पुटिनले वर्तमान विश्वमा बढ्दो सैन्य तथा राजनीतिक जोखिम र विश्व अर्थतन्त्रमा देखिएको विभाजनका बीच आपसी सहकार्य र संवादको आवश्यकता रहेको बताए।

उनले भने, ‘विभाजनभन्दा एकता, आधिपत्यभन्दा समानता, अलगावभन्दा साझेदारी र अल्टिमेटमभन्दा संवादलाई प्राथमिकता दिनुपर्छ ।’


यसैबीच, सन् २०२२ मा युक्रेनमाथि रुसले आक्रमण गरेपछि मस्कोमाथि पश्चिमी मुलुकहरूले लगाएका आर्थिक प्रतिबन्ध असफल भएको पुटिनले दाबी गरे।

रुसले ती प्रतिबन्धको सामना गर्दै सम्मानपूर्वक आफ्नो अवस्था कायम राखेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सत्ता पकडमा मंगलबार गम्भीर धक्का लागेको छ। इजरायली संसद ‘नेसेट’ ले विपक्षी गठबन्धनका उम्मेदवारलाई नयाँ सभामुखमा निर्वाचित गरेसँगै विधायिकी कार्यसूचीमा विपक्षीहरूको नियन्त्रण स्थापित भएको छ। नेसेट प्रवक्ताका अनुसार विपक्षी नेता गादी आइजेनकोटको ‘यशार’ पार्टीका सांसद मतान कहाना ६६ सांसदहरूको समर्थन प्राप्त गर्दै नेसेटको २६औँ सभामुखमा निर्वाचित भएका हुन्। उनले नेतान्याहुको लिकुड ...
। एनभिडियाले जेन्सेन हुआङलाई सीईओको रूपमा पुन: नियुक्त गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ । एक संदिग्ध चिनियाँ जासूससँगको सम्बन्ध सहितको कथित रिपोर्टहरू बाहिर आएपछि हुआङले राजीनामा दिएका थिए। मंगलबार कम्पनीका अध्यक्ष हार्वे जोन्सले भनेका छन्, ‘बोर्डले उनलाई पुन: नियुक्त गर्ने कुनै इरादा राखेको छैन ।’ मंगलबार नै हुआङले एनभिडियाको नेतृत्व गर्न आफूलाई फिर्ता बोलाएमा त्यो सम्मान ...
: चीनको सेन्जेन सहरमा जारी एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ। बुधबार भएको उक्त भेटवार्तामा राष्ट्रपति सीले पुटिनलाई 'पुरानो मित्र'को संज्ञा दिँदै आफूहरूबीचको यो ५० औँ प्रत्यक्ष भेटघाट रहेको बताए। विश्वमा बढ्दो अनिश्चितताका बीच चीन र रूसको सम्बन्धले स्थिरता ल्याउने काम गरिरहेको सीको ...
। इरानको सेनाले बुधबार कुवेतस्थित अली अल सलेम एयर बेसमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार इरानी सेनाले उक्त आक्रमणमा प्याट्रियट हवाई रक्षा प्रणाली तथा अमेरिकी सैन्य ड्रोन र क्षेप्यास्त्र प्रक्षेपण गर्ने प्लेटफर्मलाई निशाना बनाएको जनाएको छ । त्यसअघि बुधबार बिहान कुवेती सेनाले आफ्नो हवाई रक्षा प्रणालीले ‘शत्रुतापूर्ण ड्रोन’ ...
। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हात मिलाउन खोज्दा चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रे बाबिसले तत्काल प्रतिक्रिया नदिएको भिडियो सार्वजनिक भएपछि कूटनीतिक वृत्तमा चर्चा भएको छ । इजरायलको जेरुसेलममा दुई नेताको संयुक्त उपस्थितिका क्रममा नेतान्याहुले बाबिसतर्फ हात बढाएको देखिन्छ । तर बाबिसले तत्काल हात समातेको देखिँदैन । बाबिस नेतान्याहुसँग आफ्नो देशको बारे गुणगान गरिरहेको सुनिन्छन् । मनीकन्ट्रोलका अनुसार भ्रमणकै ...