मुख्य समाचार
काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने
काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने

। राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताएका छन्।

बुधबार काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङ मार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले द्रुतमार्गले काठमाडौं र तराई–मधेशबीचको दूरी घटाउनुका साथै आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका हुन् ।

उनले करिब ७३ किलोमिटर लामो अत्याधुनिक प्रविधिमा आधारित द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरी उल्लेख्य रूपमा घट्ने, इन्धन खपत कम हुने तथा सवारीसाधनको सञ्चालन र मर्मतसम्भार खर्चमा समेत बचत हुने बताए ।

राष्ट्रपति पौडेलले राष्ट्रिय गौरवको आयोजना निर्माणमा नेपाली सेनाले हासिल गरेको प्रगति र उत्साहको प्रशंसा गर्दै निर्धारित समयमै आयोजना सम्पन्न हुने विश्वास व्यक्त गरे ।


विकट भौगोलिक अवस्था, जटिल भू–बनावट र प्रतिकूल परिस्थितिका बाबजुद नेपाली सेनाले पूर्वाधार निर्माणमा देखाएको दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय रहेको उनको भनाइ छ ।

उनले द्रुतमार्गको महत्त्व भौतिक पूर्वाधार निर्माणमा मात्रै सिमित नरहेको बताए । यसले राजधानी र तराई–मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उहाँले विश्वास व्यक्त गरे ।

त्यस्तै, पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा समेत द्रुतमार्गको योगदान महत्वपूर्ण हुने राष्ट्रपति पौडेलले बताए ।

आफूले द्रुतमार्गको तेस्रो पटक स्थलगत अवलोकन गरेको उल्लेख गर्दै उनले नेपाली सेनाले हालसम्म हासिल गरेको प्रगतिले आयोजना सफलतापूर्वक सम्पन्न हुनेमा थप विश्वस्त बनाएको बताए ।

पौडेलले भने, ‘नेपाली सेनाले आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्र निर्माण र विकासका क्षेत्रमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय छ । जटिल भौगोलिक अवस्था र विभिन्न चुनौतीका बाबजुद यस आयोजनामा सेनाले देखाएको दक्षता, कार्यकुशलता र प्रतिबद्धता सराहनीय छ । काठमाडौँ उपत्यकालाई तराई–मधेशसँग जोड्ने यस द्रुतमार्गको निर्माण सम्पन्न भएपछि यात्रा समय र दूरी घट्नुका साथै यातायात, व्यापार, पर्यटन तथा समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु ।’

राष्ट्रपति पौडेलले आयोजना निर्माणमा सरकार, रक्षा मन्त्रालय, नेपाली सेना, निर्माण व्यवसायी तथा अन्य सम्बन्धित पक्षले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै प्रभावकारी समन्वय र प्रतिबद्धताका साथ काम गर्न आग्रह गरे ।

उनले निर्धारित समयभित्रै आयोजना सम्पन्न होस् भन्ने शुभकामनासमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६ सय ५ ग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । विमानस्थलस्थित सशस्त्र प्रहरी बलले चिनियाँ नागरिकलाई सुनसहित पक्राउ गरेको हो । आज बिहान ११ः४१ बजे दुबईबाट हिमालयन एयरलाइन्सको उडान नम्बर एच९३५३ मार्फत काठमाडौं आएका चिनियाँ नागरिक बिनबिन लि पक्राउ परेका हुन् । विमानस्थलको भन्सार क्षेत्रमा रहेको वाक थु्र गेटमा ...
। रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग सङ्कलन भइरहेको छ । कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९:०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब ४७ करोड आठ लाख ७२ ...
। रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग सङ्कलन भइरहेको छ । कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ...
। नेकपा एमालेकी सचिव पद्मा अर्यालले आगामी दिनमा आउनेसक्ने चुनौतीहरूको सामना गर्न पार्टी पूर्ण रूपमा तयार रहनुपर्ने बताएकी छन् । बुधबारबाट काठमाडौंमा सुरु एमालेको राष्ट्रिय भेलामा बोल्दै सचिव अर्यालले यस्तो बताएकी हुन् । उनले पार्टी शक्ति र पङ्तिलाई निष्क्रिय हुन नदिई त्यसलाई थप बलियो र सक्रिय बनाउँदै आगामी दिनमा आउनसक्ने राजनीतिक परीक्षण र चुनौतीहरूको सामना गर्न पूर्ण ...
: काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित 'बल्थली माउन्टेन रिसोर्ट'बाट प्रहरीले थप ४० जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । बुधबार रिसोर्टबाट ३६ जना जापानी र ४ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन विष्टले जानकारी दिए । पक्राउ परेकाहरूमाथि आवश्यक छानबिन तथा थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए। यसअघि मंगलबार ...