मुख्य समाचार
इजरायली संसद्‍मा नेतान्याहुलाई ठूलो धक्का
इजरायली संसद्‍मा नेतान्याहुलाई ठूलो धक्का

। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सत्ता पकडमा मंगलबार गम्भीर धक्का लागेको छ। इजरायली संसद ‘नेसेट’ ले विपक्षी गठबन्धनका उम्मेदवारलाई नयाँ सभामुखमा निर्वाचित गरेसँगै विधायिकी कार्यसूचीमा विपक्षीहरूको नियन्त्रण स्थापित भएको छ।

नेसेट प्रवक्ताका अनुसार विपक्षी नेता गादी आइजेनकोटको ‘यशार’ पार्टीका सांसद मतान कहाना ६६ सांसदहरूको समर्थन प्राप्त गर्दै नेसेटको २६औँ सभामुखमा निर्वाचित भएका हुन्। उनले नेतान्याहुको लिकुड पार्टीका अमिर ओहानाको स्थान लिएका छन्। सांसदहरूले प्रत्यक्ष प्रतिस्पर्धाको सट्टा उम्मेदवारहरूमाथि छुट्टाछुट्टै मतदान गरेका थिए । जसमा लिकुड पार्टीका उम्मेदवार तथा गठबन्धन सचेतक ओफिर काट्जले ५२ मत मात्र प्राप्त गरे।

गत अक्टोबर २७ मा सम्पन्न आम निर्वाचनमा नेतान्याहुले संसदको बहुमत गुमाएपछि आइजेनकोट नेतृत्वको विपक्षी मोर्चाले संसदलाई नयाँ दिशा दिन चालेको यो पहिलो ठूलो कदम हो ।

१२० सिटको नेसेटमा नेतान्याहु र उनको दक्षिणपन्थी तथा अल्ट्रा-अर्थोडक्स गठबन्धनले ५३ सिट मात्र जितेको थियो । विपक्षी मोर्चाले ६७ सिट हासिल गरेको छ । जसमा चार यहुदी पार्टीका ४८ सिट र दुई अरब पार्टीहरू (‘जोइन्ट लिस्ट’ र ‘राम’) का कीर्तिमानी १९ सिट समावेश छन्।


संसदका प्रमुख समितिहरूमा विपक्षी नियन्त्रण र कानुन उल्ट्याउने तयारी

यसै महिनाको सुरुमा राष्ट्रपति आइज्याक हर्जोगबाट नयाँ सरकार गठनको जिम्मेवारी पाएका गादी आइजेनकोटसँग नेतान्याहुलाई विस्थापित गर्न अझै साढे चार हप्ताको समय बाँकी छ।

नयाँ सरकार नबन्दासम्म कायम रहने नेतान्याहुको कामचलाउ सरकारलाई नियन्त्रण र निगरानीमा राख्न विपक्षी मोर्चाले संसदको पूर्ण बैठक , मुख्य पदहरू र विधायिकी कार्यसूचीको प्रयोग गर्ने योजना बनाएको छ। आइजेनकोटले मङ्गलबार कहानाको नियुक्तिलाई ‘परिवर्तनका लागि मतदान गर्ने पूर्ण बहुमतको भावना प्रतिविम्बित गर्ने उचित लोकतान्त्रिक कदम’ भएको बताए।

लिकुड पार्टीको कडा आक्रोश र ‘आतङ्कवाद समर्थक’ को आरोप

नेतान्याहु र उनका सहयोगीहरूले कहानाको निर्वाचन रोक्ने प्रयास गर्दै अरब पार्टीहरूको समर्थनमा निर्भर रहेको भन्दै यसलाई अवैध देखाउन खोजेका थिए, यद्यपि विगतमा उनीहरू आफैँले पनि संसदमा अरब सांसदहरूको समर्थन खोज्दै आएका थिए। मतदानका क्रममा कहानाको पक्षमा मत हाल्ने प्रत्येक अरब सांसदविरुद्ध नेतान्याहु पक्षधर सांसदहरूले ‘लाजमर्दो’भन्दै नाराबाजी गरेका थिए।

मतदानपछि लिकुड पार्टीले नतिजाको निन्दा गर्दै यसलाई ‘नेसेटको इतिहासकै एक निम्न बिन्दु’ भनी टिप्पणी गरेको छ र कहाना ‘आतङ्कवाद समर्थकहरू’ को मतबाट निर्वाचित भएको आरोप लगाएको छ।

नेतान्याहुलाई विस्थापित गर्ने बाटोमा रहेका गम्भीर अवरोधहरू

संसद्‍मा नियन्त्रण जमाए पनि नेतान्याहुलाई सत्ताबाट हटाएर नयाँ सरकार गठन गर्ने आइजेनकोटको योजनासामु अझै गम्भीर अवरोधहरू खडा छन्।

आइजेनकोट चार यहुदी विपक्षी दल (४८ सिट) सम्मिलित अल्पमतको सरकार बनाउन चाहन्छन् । जसमा अरब दलहरू सरकारबाहिरै बसेर विभिन्न सहुलियतको बदलामा संसदमा सरकार ढल्न नदिने गरी बहुमत सुनिश्चित गरून् भन्ने उनको प्रस्ताव छ। तर, गठबन्धनभित्रैका अन्य नेताहरू फरक–फरक दिशामा उभिएका छन्।

विपक्षी नेता एभिग्डोर लिबरम्यानले अरब पार्टीहरूको समर्थनमा बन्ने कुनै पनि सरकारलाई अस्वीकार गरेका छन् र परम्परागत रूपमा नेतान्याहुका सहयोगी रहेका दुई अति-अर्थोडक्स दलहरू – ‘शास’ र ‘युनाइटेड तोराह जुडाइजम’ (यूटीजे) सँग वार्ता गर्न दबाब दिइरहेका छन्।

निर्वाचनपछिको परामर्शमा अस्केनाजी अति-अर्थोडक्स दल यूटीजेले प्रधानमन्त्रीमा नेतान्याहुको नाम सिफारिस गर्न अस्वीकार गर्दै आइजेनकोटको मोर्चासँग अनौपचारिक वार्ताको ढोका खोलेको थियो । तर सभामुखको मतदानमा भने उसले कहानालाई मत नदिई लिकुडकै उम्मेदवारलाई समर्थन गर्‍यो। अर्को अल्ट्रा-अर्थोडक्स दल ‘शास’ अझै पनि नेतान्याहुप्रति वफादार रहेकाले लिबरम्यानको रणनीति अनिश्चित बनेको छ।

अर्कोतर्फ, पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटले अरब वा अति-अर्थोडक्स दलहरूसँग गठबन्धन गर्नुको सट्टा नेतान्याहुको लिकुड पार्टीसँगै मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा वार्ता गर्नुपर्ने पक्षमा मत राखेको बताइएको छ।

तर, नेतान्याहुले कुनै पनि वार्ताका लागि आफू नै प्रधानमन्त्री रहनुपर्ने सर्त राखेका छन्, जसलाई आइजेनकोटले ठाडै अस्वीकार गरेका कारण बेनेटको उक्त योजना सफल हुनेमा समेत गहिरो आशङ्का उत्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एनभिडियाले जेन्सेन हुआङलाई सीईओको रूपमा पुन: नियुक्त गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ । एक संदिग्ध चिनियाँ जासूससँगको सम्बन्ध सहितको कथित रिपोर्टहरू बाहिर आएपछि हुआङले राजीनामा दिएका थिए। मंगलबार कम्पनीका अध्यक्ष हार्वे जोन्सले भनेका छन्, ‘बोर्डले उनलाई पुन: नियुक्त गर्ने कुनै इरादा राखेको छैन ।’ मंगलबार नै हुआङले एनभिडियाको नेतृत्व गर्न आफूलाई फिर्ता बोलाएमा त्यो सम्मान ...
: चीनको सेन्जेन सहरमा जारी एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ। बुधबार भएको उक्त भेटवार्तामा राष्ट्रपति सीले पुटिनलाई 'पुरानो मित्र'को संज्ञा दिँदै आफूहरूबीचको यो ५० औँ प्रत्यक्ष भेटघाट रहेको बताए। विश्वमा बढ्दो अनिश्चितताका बीच चीन र रूसको सम्बन्धले स्थिरता ल्याउने काम गरिरहेको सीको ...
। इरानको सेनाले बुधबार कुवेतस्थित अली अल सलेम एयर बेसमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार इरानी सेनाले उक्त आक्रमणमा प्याट्रियट हवाई रक्षा प्रणाली तथा अमेरिकी सैन्य ड्रोन र क्षेप्यास्त्र प्रक्षेपण गर्ने प्लेटफर्मलाई निशाना बनाएको जनाएको छ । त्यसअघि बुधबार बिहान कुवेती सेनाले आफ्नो हवाई रक्षा प्रणालीले ‘शत्रुतापूर्ण ड्रोन’ ...
। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हात मिलाउन खोज्दा चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रे बाबिसले तत्काल प्रतिक्रिया नदिएको भिडियो सार्वजनिक भएपछि कूटनीतिक वृत्तमा चर्चा भएको छ । इजरायलको जेरुसेलममा दुई नेताको संयुक्त उपस्थितिका क्रममा नेतान्याहुले बाबिसतर्फ हात बढाएको देखिन्छ । तर बाबिसले तत्काल हात समातेको देखिँदैन । बाबिस नेतान्याहुसँग आफ्नो देशको बारे गुणगान गरिरहेको सुनिन्छन् । मनीकन्ट्रोलका अनुसार भ्रमणकै ...
— कुवेती सेनाले देशको हवाई रक्षा प्रणालीले शत्रुतापूर्ण ड्रोन आक्रमणको प्रतिकार गरिरहेको जनाएको छ। कुवेतको सेनाले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै हवाई रक्षा प्रणालीले अहिले ड्रोन आक्रमणको सामना गरिरहेको बताएको हो। कुवेती सेनाको जनरल स्टाफका अनुसार सुनिएका विस्फोटका आवाज हवाई रक्षा प्रणालीले आक्रमण रोक्ने क्रममा भएका हुन्। बीबीसी फारसीका अनुसार इरानी सञ्चारमाध्यमले ‘अरब स्रोत’लाई उद्धृत गर्दै कुवेतमा ...