मुख्य समाचार
प्रहरी निरीक्षक पर्वत कुमार केसी सुतिरहेकै अवस्थामा मृत फेला
प्रहरी निरीक्षक पर्वत कुमार केसी सुतिरहेकै अवस्थामा मृत फेला

: जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वत कुमार केसी निवासमा सुतिरहेकै अवस्थामा मृत भेटिएका छन्।

सुतेकै अवस्थामा अचेत फेला परेका केसीलाई जिल्ला अस्पताल गुल्मीले मृत घोषणा गरेको हो। ५२ वर्षीय केसीको शव प्रहरीले घरपरिवारको जिम्मा लगाएको छ। दाङ स्थायी घर भएका केसी जिल्ला प्रहरी कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत थिए।

मंगलबार बिहान अबेरसम्म नउठेपछि झ्याल फोरेर हेर्दा उनी मृत भेटिएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित 'बल्थली माउन्टेन रिसोर्ट'बाट प्रहरीले थप ४० जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । बुधबार रिसोर्टबाट ३६ जना जापानी र ४ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन विष्टले जानकारी दिए । पक्राउ परेकाहरूमाथि आवश्यक छानबिन तथा थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए। यसअघि मंगलबार ...
। सुनसरीको धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्ने बराह ग्रुपका अध्यक्ष पक्राउ परेका छन् । करिब ११ अर्ब रकम अपचलन आरोपमा अध्यक्ष शिव लामिछाने (शिवकुमार विश्वकर्मा) पक्राउ परेका हुन् । कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी शेखर खनालले लामिछानेलाई पक्राउ गरिएको पुष्टि गरे । उनका अनुसार लामिछानेलाई कोशी प्रदेशबाट पक्राउ गरिएको हो । ...
। जलवायु परिवर्तनको असरलाई विश्व समुदायले गम्भीर रुपमा लिनुपर्नेमा नेपाली प्रतिनिधिले जोड दिएका छन् । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै रुपन्देहीको भैरहवाकी युवा नेतृ तथा जलवायु क्षेत्रको जानकार स्वाती थापाले नेपालमा जलवायु परिवर्तनले पुराएको असरबारे विश्व समुदायलाई ध्यानाकर्षण गराउँदै संसारको सामु ठूलो चुनौती सृजना भएको पनि बताइन् । ‘जलवायुु परिवर्तनको असर कुुनै एक देश, ...
: नेकपा (एमाले)की सचिव पद्मा अर्यालले देश निर्माण गर्ने मूल पार्टी एमाले नै भएको बताएकी छन्। बुधबारबाट काठमाडौंमा सुरु भएको एमालेको राष्ट्रिय भेलामा सचिव अर्यालले पार्टीलाई अझ बढी सशक्त र बलियो बनाउन सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी वहन गर्नुपर्ने धारणा राखिन्। आगामी दिनमा आउन सक्ने राजनीतिक परीक्षण र चुनौतीहरूको सामना गर्न पूर्ण रूपमा तयार रहनुपर्ने उनले ...
। दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाउने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा फेरि सुनुवाइ हुने भएको छ । न्यायाधीश श्रीकान्त पौडेलको इजलासले आगामी सोमबार (मंसिर ७) अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश गरेको हो । त्यो दिन रिट निवेदक कार्कीका कानुन व्यवसायी, कार्कीलाई हटाउने सरकारी निर्णयको प्रतिरक्षा गर्ने सरकारी वकिल ...