मुख्य समाचार
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा १८ दिनको नवजात शिशुको मृत्यु भएपछि प्रदर्शन
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा १८ दिनको नवजात शिशुको मृत्यु भएपछि प्रदर्शन

। वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा १८ दिनको नवजात शिशुको मृत्यु भएपछि प्रदर्शन भएको छ । उपचारको क्रममा मंगलबार दिउँसो बाराको कलैया उपमहानगरपालिका–२२ निवासी सन्दीप साहको १८ दिनको छोराको मृत्यु भएको थियो ।

मृत्युुपछि आफन्त र स्थानीयको प्रदर्शनले अस्पताल तनावग्रस्त बनेको हो ।

शिशुलाई जण्डिस भएपछि गत शनिबार अस्पताल भर्ना गरिएको थियो । परिवारले अस्पतालका चिकित्सकमाथि लापरबाही गरेको आरोप लगाउँदै आक्रोशित भएपछि लफडा भएको हो ।

शिशुको मृत्युको वास्तविक कारणबारे जानकारी माग्दै परिवारले अस्पतालसँग सीसीटीभी फुटेज उपलब्ध गराउन माग गर्दै प्रदर्शन गर्दै आएका छन् । आज पनि प्रदर्शन जारी छ ।


मृतक शिशुको हजुरबुबा पर्ने नरेश साहले स्वास्थ्यमा सुधार भएर डिस्चार्ज गर्ने भनिरहेको बेला स्टाफ नर्सले सुइ लगाएपछि पाँच मिनेटमै बच्चाको मृत्यु भएको दाबी गरेका छन् ।

‘उपचारमा लापरबाहीकै कारण बच्चाको मृत्यु भएको छ । अस्पतालले सीसीटीभी फुटेज उपलब्ध गराओस् । घटनाको निष्पक्ष छानबिन होस्,’ उनले भने ।

शिशुकी आमा नमिता साह चिकित्सकको लापरबाहीका कारण आफूले सन्तान गुमाउनुपरेको आरोप लगाएकी छन् ।

चार वर्षसम्म सन्तानको प्रतीक्षा गरेर पहिलोपटक मातृत्वको खुसी पाएकी नमिताले अहिले आफ्नो काख रित्तिएको पीडा व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेकी छन् ।

घटना पश्चात् मृतक परिवारले अहिलेसम्म शिशुको शव बुझेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वत कुमार केसी निवासमा सुतिरहेकै अवस्थामा मृत भेटिएका छन्। सुतेकै अवस्थामा अचेत फेला परेका केसीलाई जिल्ला अस्पताल गुल्मीले मृत घोषणा गरेको हो। ५२ वर्षीय केसीको शव प्रहरीले घरपरिवारको जिम्मा लगाएको छ। दाङ स्थायी घर भएका केसी जिल्ला प्रहरी कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत थिए। मंगलबार बिहान ...
। जलवायु परिवर्तनको असरलाई विश्व समुदायले गम्भीर रुपमा लिनुपर्नेमा नेपाली प्रतिनिधिले जोड दिएका छन् । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै रुपन्देहीको भैरहवाकी युवा नेतृ तथा जलवायु क्षेत्रको जानकार स्वाती थापाले नेपालमा जलवायु परिवर्तनले पुराएको असरबारे विश्व समुदायलाई ध्यानाकर्षण गराउँदै संसारको सामु ठूलो चुनौती सृजना भएको पनि बताइन् । ‘जलवायुु परिवर्तनको असर कुुनै एक देश, ...
: नेकपा (एमाले)की सचिव पद्मा अर्यालले देश निर्माण गर्ने मूल पार्टी एमाले नै भएको बताएकी छन्। बुधबारबाट काठमाडौंमा सुरु भएको एमालेको राष्ट्रिय भेलामा सचिव अर्यालले पार्टीलाई अझ बढी सशक्त र बलियो बनाउन सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी वहन गर्नुपर्ने धारणा राखिन्। आगामी दिनमा आउन सक्ने राजनीतिक परीक्षण र चुनौतीहरूको सामना गर्न पूर्ण रूपमा तयार रहनुपर्ने उनले ...
। दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाउने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा फेरि सुनुवाइ हुने भएको छ । न्यायाधीश श्रीकान्त पौडेलको इजलासले आगामी सोमबार (मंसिर ७) अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश गरेको हो । त्यो दिन रिट निवेदक कार्कीका कानुन व्यवसायी, कार्कीलाई हटाउने सरकारी निर्णयको प्रतिरक्षा गर्ने सरकारी वकिल ...
: अर्घाखाँचीको सन्धिखर्कमा हरिबोधनी एकादशीका अवसरमा लाग्ने परम्परागत मेला तथा भैलोलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सन्धिखर्क नगरपालिकाले विशेष व्यवस्थापनका निर्णय गरेको छ। सन्धिखर्क नगरपालिका वडा नम्बर १ र २ अन्तर्गत सन्धिखर्क बजार तथा चुत्राबेँसी बजारमा मेला व्यवस्थापनका लागि मंसिर ४ गते बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म मालवाहक ट्रक, बस, चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनको आवागमनमा ...