मुख्य समाचार
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता

: चीनको सेन्जेन सहरमा जारी एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ।

बुधबार भएको उक्त भेटवार्तामा राष्ट्रपति सीले पुटिनलाई 'पुरानो मित्र'को संज्ञा दिँदै आफूहरूबीचको यो ५० औँ प्रत्यक्ष भेटघाट रहेको बताए। विश्वमा बढ्दो अनिश्चितताका बीच चीन र रूसको सम्बन्धले स्थिरता ल्याउने काम गरिरहेको सीको भनाइ थियो। सो अवसरमा रूसी राष्ट्रपति पुटिनले एसिया-प्रशान्त क्षेत्रका देशहरूको प्रगति र समृद्धि नै रूस र चीनको साझा चाहना रहेको उल्लेख गरे।

यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि एपेक समिटमा सहभागी हुन आजै चीन पुग्दैछन्। भ्रमणका क्रममा ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता हुने कार्यतालिका छ। उक्त बैठकमा व्यापार, भन्सार शुल्क (ट्यारिफ), अमेरिकी भटमास खरिद र दुर्लभ खनिज (रेयर अर्थ मिनरल्स) को आपूर्ति लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यसैबीच, एपेक समिटकै दौरान ट्रम्प, पुटिन र सीबीच त्रिपक्षीय बैठक हुन सक्ने विषयमा समेत चर्चा सुरु भएको छ। यदि यो बैठक सम्भव भएमा विश्वका तीन ठूला आणविक शक्ति राष्ट्रका शीर्ष नेताहरू एउटै मञ्चमा देखिनेछन्। यद्यपि, त्रिपक्षीय बैठकबारे हालसम्म कुनै आधिकारिक पुष्टि भने भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानको सेनाले बुधबार कुवेतस्थित अली अल सलेम एयर बेसमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार इरानी सेनाले उक्त आक्रमणमा प्याट्रियट हवाई रक्षा प्रणाली तथा अमेरिकी सैन्य ड्रोन र क्षेप्यास्त्र प्रक्षेपण गर्ने प्लेटफर्मलाई निशाना बनाएको जनाएको छ । त्यसअघि बुधबार बिहान कुवेती सेनाले आफ्नो हवाई रक्षा प्रणालीले ‘शत्रुतापूर्ण ड्रोन’ ...
। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हात मिलाउन खोज्दा चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रे बाबिसले तत्काल प्रतिक्रिया नदिएको भिडियो सार्वजनिक भएपछि कूटनीतिक वृत्तमा चर्चा भएको छ । इजरायलको जेरुसेलममा दुई नेताको संयुक्त उपस्थितिका क्रममा नेतान्याहुले बाबिसतर्फ हात बढाएको देखिन्छ । तर बाबिसले तत्काल हात समातेको देखिँदैन । बाबिस नेतान्याहुसँग आफ्नो देशको बारे गुणगान गरिरहेको सुनिन्छन् । मनीकन्ट्रोलका अनुसार भ्रमणकै ...
— कुवेती सेनाले देशको हवाई रक्षा प्रणालीले शत्रुतापूर्ण ड्रोन आक्रमणको प्रतिकार गरिरहेको जनाएको छ। कुवेतको सेनाले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै हवाई रक्षा प्रणालीले अहिले ड्रोन आक्रमणको सामना गरिरहेको बताएको हो। कुवेती सेनाको जनरल स्टाफका अनुसार सुनिएका विस्फोटका आवाज हवाई रक्षा प्रणालीले आक्रमण रोक्ने क्रममा भएका हुन्। बीबीसी फारसीका अनुसार इरानी सञ्चारमाध्यमले ‘अरब स्रोत’लाई उद्धृत गर्दै कुवेतमा ...
: युक्रेनले रुसको कब्जामा रहेको क्रिमिया प्रायद्वीपलाई रुससँग जोड्ने रणनीतिक महत्त्वको क्रिमिया पुलमा भीषण आक्रमण गरेको छ । युक्रेनी मिसाइल र ड्रोनको योजनाबद्ध आक्रमणबाट पुलको मुख्य सडक खण्डको विशाल आर्च भत्किएर समुद्रमा खसेको छ । करिब १२ माइल लामो उक्त पुल रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिष्ठित परियोजनाका रूपमा चिनिँदै आएको थियो । सन् २०१८ मा पुटिन ...
: अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक जेन्सेन हुआङले पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका छन् । व्यक्तिगत जीवनसँग जोडिएको विवाद सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका हुआङले पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै आफूबाट गम्भीर गल्ती भएको स्वीकार गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै आफ्ना गल्तीप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । हुआङका ...