: हरिबोधिनी एकादशी मेलाको अवसरमा काठमाडौंको ऐतिहासिक धार्मिकस्थल बुढानिलकण्ठ मन्दिरमा श्रीमद्भागवत सप्ताह आयोजना ज्ञान महायज्ञ सुरू भएको छ ।
मंसिर ८ गतेसम्म चल्ने महायज्ञमा धार्मिक प्रवचन,संगीतमय श्रीमद्भागवत कथा वाचन तथा विविध धार्मिक अनुष्ठानहरू सम्पन्न हुने बुढानिलकण्ठ मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
श्रीमद्भागवत सप्ताहमा कांग्रेसका सभापति गगन कुमार थापाले श्रीमद्भागवत महायज्ञको पूर्ण सफलताको कामना गर्दै भागवत महायज्ञले अहंकार र आसक्तिबाट मुक्त हुने,कर्म र करुणाको अर्थ जस्ता जीवन दर्शन सिकाउने बताए। वेद विद्याश्रम केवल एउटा विद्यालय मात्र नभई यसले सनातन ज्ञान परम्परालाई जोगाउने वा नजोगाउने भन्ने कुरासँग पनि जोडिएको उनको भनाइ छ ।
उनले अनुष्ठानमा गरिएको दानले पुण्य कमाउने मात्र नभई धर्म,संस्कृति र सभ्यता जोगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।