मुख्य समाचार
अहिलेको सरकार जनताप्रति उत्तरदायी नभएको
अहिलेको सरकार जनताप्रति उत्तरदायी नभएको

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार जनताप्रति उत्तरदायी नभएको बताएका छन्। एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनपश्चात बनेको सरकारको कामबाट सबै क्षेत्रमा निराशा मात्र बढिरहेको बताएका हुन्।

ओलीले भने,‘अहिले देश राजनीतिकरुपमा एउटा आतंकको छाँयामुनि,भय र त्रासको वातावरणमा पनि। असंवैधानिक, गैह्रकानुनी क्रियाकलापहरुको पेलाइमा स्वेच्छाचारी शासनअन्तर्गत देश चलिरहेको छ। फाँसिवादतर्फ र दमनकारी प्रतिशोधि व्यवहार अगाडि बढिरहेको छ। आर्थिक हिसाबले देश लगातार अघोगतिमा गइरहेको छ। सामाजिक मूल्य मान्यता खस्किरहेका छन्।’

उनले असंवैधानिक ढंगले भएको संसद् विघटन भएको दोहोर्‍याए। ओलीले अदालतले केही नभएजस्तो गरी असंवैधानिक ढंगले विघटन भएको संसद्को मुद्दा केही नभएजस्तो गरी अदालतमा थन्किएको भन्दै आपत्ति जनाए। अध्यक्ष ओलीले सम्मानित अदालतले प्रतिनिधि सभालाई संवैधानिक नभएको जस्तो व्यवहार देखाएको बताए।

ओलीले बेलाबेला अदालतबाट संसद् सम्बन्धी आफूखुसी गरेको फैसलालाई स्वीकार्दै आएको औँल्याउँदै अहिले किन चुप भनेर अदालतप्रति प्रश्न गरे। उनले भने,‘प्रतिनिधि सभाको विघटन सम्बन्धी सम्मानित अदालतबाट आफू अनुकुल फैसला भइरहेको देखेकै हो। हामीले स्वीकार्दै आएका हौं। अहिले सम्मानित प्रतिनिधि सभाको मुद्दा अदालतमा छ। तर अदालतले प्रतिनिधि सभा संबैधानिक होइन जस्तो गरेको छ। कुनै फैसला गर्दैन।’

उनले देशलाई लोकतन्त्रको मार्गमा फर्काउनन आवश्यक रहेको बताए। त्यसका लागि नेपाली अगाडि आउनुपर्ने बताए।

उनले जनतालाई झुक्याएर छलेर जेनजी विद्रोहको बहाना बनाएर तालिम प्राप्त अपराधि भित्र्याएर देशमा वितण्डता मनाइएको स्मरण गराए। उनले राज्यका तीनै अंगमाथि हमला भएको स्मरण गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा १८ दिनको नवजात शिशुको मृत्यु भएपछि प्रदर्शन भएको छ । उपचारको क्रममा मंगलबार दिउँसो बाराको कलैया उपमहानगरपालिका–२२ निवासी सन्दीप साहको १८ दिनको छोराको मृत्यु भएको थियो । मृत्युुपछि आफन्त र स्थानीयको प्रदर्शनले अस्पताल तनावग्रस्त बनेको हो । शिशुलाई जण्डिस भएपछि गत शनिबार अस्पताल भर्ना गरिएको थियो । परिवारले अस्पतालका चिकित्सकमाथि ...
: अर्घाखाँचीको सन्धिखर्कमा हरिबोधनी एकादशीका अवसरमा लाग्ने परम्परागत मेला तथा भैलोलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सन्धिखर्क नगरपालिकाले विशेष व्यवस्थापनका निर्णय गरेको छ। सन्धिखर्क नगरपालिका वडा नम्बर १ र २ अन्तर्गत सन्धिखर्क बजार तथा चुत्राबेँसी बजारमा मेला व्यवस्थापनका लागि मंसिर ४ गते बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म मालवाहक ट्रक, बस, चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनको आवागमनमा ...
। नेपाली कांग्रेसको १५औं महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भइसकेको अवस्थामा पनि पार्टीभित्रको सांगठनिक विवाद भने कायमै छ । निर्वाचन आयोग र सर्वोच्च अदालतबाट गगनकुमार थापा नेतृत्वको कांग्रेसले आधिकारिकता पाइसकेको अवस्थामा पनि पार्टीभित्रको विवाद पूर्ण रूपमा टुंगिएको छैन । आयोगले २ माघ २०८२ मा विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिँदै पार्टीको अभिलेख अद्यावधिक ...
: नेकपा (एमाले) महासचिव शंकर पोखरेलले पार्टीको सङ्गठनात्मक जीवनका प्रमुख १४ समस्या औंल्याएका छन्। सङ्गठनात्मक क्षेत्रमा देखिएका ती प्रमुख समस्यालाई समाधानका लागि १४ सुत्रबद्ध सुझावसहित बन्दससत्रमा महासचिव पोखरेलले कार्यपत्र पेश गरेका हुन्। पार्टीको सङ्गठनात्मक संरचना व्यापक र अनुभवी कार्यकर्ताको पङ्क्ति ठूलो भए पनि जनताको दैनिक जीवनसँग पार्टीको सम्बन्ध धेरै ठाउँमा कमजोर बनेको उनले बताए। महासचिव ...
। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । मंगलबार मध्यराति १ बजेर २५ मिनेट जाँदा एक किलो ८०३.७७ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । हङकङबाट नेपाल वायु सेवा निगमको उडान नं. आरए४१०मार्फत त्रिभुवन विमानस्थल अवतरण भएका चीनको जिलिन प्रान्तका जियानह्वा वाङ पक्राउ परेका हुन् । विमानस्थलको भन्सार र ...