मुख्य समाचार
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हात मिलाउन खोज्दा चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रे बाबिसले तत्काल प्रतिक्रिया नदिएको भिडियो सार्वजनिक
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हात मिलाउन खोज्दा चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रे बाबिसले तत्काल प्रतिक्रिया नदिएको भिडियो सार्वजनिक

। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हात मिलाउन खोज्दा चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रे बाबिसले तत्काल प्रतिक्रिया नदिएको भिडियो सार्वजनिक भएपछि कूटनीतिक वृत्तमा चर्चा भएको छ ।

इजरायलको जेरुसेलममा दुई नेताको संयुक्त उपस्थितिका क्रममा नेतान्याहुले बाबिसतर्फ हात बढाएको देखिन्छ । तर बाबिसले तत्काल हात समातेको देखिँदैन ।

बाबिस नेतान्याहुसँग आफ्नो देशको बारे गुणगान गरिरहेको सुनिन्छन् । मनीकन्ट्रोलका अनुसार भ्रमणकै क्रममा पछि दुवै नेताले हात मिलाएका थिए र द्विपक्षीय विषयमा छलफल पनि गरेका थिए ।

बाबिस नोभेम्बर १६ देखि १८ सम्मको तीनदिने कार्यकारी भ्रमणका लागि इजरायल पुगेका हुन् । नेतान्याहुको निमन्त्रणामा भएको भ्रमणमा रक्षा सहकार्य, सुरक्षा, स्वास्थ्य, प्रविधि र बालबालिकाको संरक्षणसम्बन्धी विषय मुख्य एजेन्डामा छन् ।


भ्रमणको पहिलो दिन नोभेम्बर १६ मा बाबिसले जेरुसेलमस्थित नेतान्याहुको कार्यालयमा भेटवार्ता गरेका थिए । सुरुमा दुई नेताबीच एक्लाएक्लै छलफल भएको थियो । त्यसपछि दुवै देशका परराष्ट्र, रक्षा, स्वास्थ्य तथा अन्य मन्त्री र उच्च सुरक्षा अधिकारी सहभागी विस्तारित बैठक भएको थियो ।

संयुक्त पत्रकार भेटघाटमा नेतान्याहुले चेक गणतन्त्रलाई इजरायलको पुरानो र निकट मित्रराष्ट्र भन्दै प्रशंसा गरेका थिए । उनले सन् १९४८ मा इजरायल राष्ट्र स्थापना हुँदा तत्कालीन चेकोस्लोभाकियाले हतियार र विमान उपलब्ध गराएर सहयोग गरेको स्मरण गरेका थिए ।

उनले इजरायली प्रविधिले अहिले चेक गणतन्त्रको आकाश सुरक्षामा सहयोग गरिरहेको र दुवै देश अर्को पुस्ताको प्रतिरक्षा प्रणालीमा सहकार्य गर्न लागेको बताएका थिए ।

नेतान्याहुले इरानको क्षेप्यास्त्र, आणविक कार्यक्रम र आतंकवादलाई इजरायल मात्र नभई युरोपका लागि पनि खतरा भन्दै भनेका थिए, ‘इरानका क्षेप्यास्त्र इजरायलको सीमामा रोकिँदैनन् । त्यसको आतंकवाद र आणविक महत्त्वाकांक्षा पनि त्यहीँ रोकिन्न । युरोप दर्शक मात्र होइन, लक्ष्य पनि हो ।’

बाबिसले पनि इजरायलको रक्षा प्रविधिको प्रशंसा गर्दै आफ्नो देशलाई सुरक्षित र लगानीका लागि उपयुक्त गन्तव्यका रूपमा प्रस्तुत गरेका थिए ।

तीनदिने भ्रमण नोभेम्बर १८ मा सकिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कुवेती सेनाले देशको हवाई रक्षा प्रणालीले शत्रुतापूर्ण ड्रोन आक्रमणको प्रतिकार गरिरहेको जनाएको छ। कुवेतको सेनाले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै हवाई रक्षा प्रणालीले अहिले ड्रोन आक्रमणको सामना गरिरहेको बताएको हो। कुवेती सेनाको जनरल स्टाफका अनुसार सुनिएका विस्फोटका आवाज हवाई रक्षा प्रणालीले आक्रमण रोक्ने क्रममा भएका हुन्। बीबीसी फारसीका अनुसार इरानी सञ्चारमाध्यमले ‘अरब स्रोत’लाई उद्धृत गर्दै कुवेतमा ...
: युक्रेनले रुसको कब्जामा रहेको क्रिमिया प्रायद्वीपलाई रुससँग जोड्ने रणनीतिक महत्त्वको क्रिमिया पुलमा भीषण आक्रमण गरेको छ । युक्रेनी मिसाइल र ड्रोनको योजनाबद्ध आक्रमणबाट पुलको मुख्य सडक खण्डको विशाल आर्च भत्किएर समुद्रमा खसेको छ । करिब १२ माइल लामो उक्त पुल रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिष्ठित परियोजनाका रूपमा चिनिँदै आएको थियो । सन् २०१८ मा पुटिन ...
: अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक जेन्सेन हुआङले पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका छन् । व्यक्तिगत जीवनसँग जोडिएको विवाद सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका हुआङले पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै आफूबाट गम्भीर गल्ती भएको स्वीकार गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै आफ्ना गल्तीप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । हुआङका ...
: न्युजिल्यान्ड सरकारले वर्क भिसा (काम गर्नका लागि दिइने भिसा)मा कडाइ गर्ने भएको छ । अध्यागमन कर्मचारीबाट वर्क भिसा जारी गर्दा केही गम्भीर तथा महत्त्वपूर्ण जोखिमका विषयमा ध्यान नपुगेको र त्यसले समस्या निम्त्याएको भन्दै आगामी दिनमा त्यस्ता महत्त्वपूर्ण विषयमा थप सजग भएर अध्यान गरेपछि मात्र भिसा जारी गर्न भनेको छ । न्युजिल्यान्ड इमिग्रेसन हालै गरिएको ...
। क्यानाडा र चीनले व्यापार विस्तार गर्ने उद्देश्यले थप भन्सार शुल्क कटौती गर्ने सहमति गरेका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच एपेक शिखर सम्मेलनका क्रममा भएको भेटवार्तापछि यस्तो सहमति भएको हो । कार्नीको कार्यालयका अनुसार यसबाट क्यानाडाको करिब ४० करोड क्यानेडियन डलर बराबरको निर्यातमा थप भन्सार छुट हुनेछ । यसमा चिस्यानमा ...