मुख्य समाचार
कुवेतमा ड्रोन आक्रमणको चेतावनी
कुवेतमा ड्रोन आक्रमणको चेतावनी

— कुवेती सेनाले देशको हवाई रक्षा प्रणालीले शत्रुतापूर्ण ड्रोन आक्रमणको प्रतिकार गरिरहेको जनाएको छ।

कुवेतको सेनाले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै हवाई रक्षा प्रणालीले अहिले ड्रोन आक्रमणको सामना गरिरहेको बताएको हो।

कुवेती सेनाको जनरल स्टाफका अनुसार सुनिएका विस्फोटका आवाज हवाई रक्षा प्रणालीले आक्रमण रोक्ने क्रममा भएका हुन्।

बीबीसी फारसीका अनुसार इरानी सञ्चारमाध्यमले ‘अरब स्रोत’लाई उद्धृत गर्दै कुवेतमा विभिन्न स्थानमा विस्फोट भएको खबर दिएका छन्।

यसअघि पछिल्ला केही दिनमा इरानले बहराइनस्थित अमेरिकी राडार केन्द्रमा आक्रमण गरेको घोषणा गरेको थियो। खाडी क्षेत्रका केशम र सिरिकलगायत तटीय क्षेत्रमा अमेरिकाले गरेको हवाई आक्रमणको जवाफमा ती आक्रमण गरिएको इरानको भनाइ थियो।

इरानले आफ्नो भूमिमा आक्रमण भए क्षेत्रीय मुलुकहरूमा रहेका र त्यसभन्दा बाहिरका अमेरिकी सैन्य अखडालाई समेत निशाना बनाउन सक्ने चेतावनी दिँदै आएको छ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: युक्रेनले रुसको कब्जामा रहेको क्रिमिया प्रायद्वीपलाई रुससँग जोड्ने रणनीतिक महत्त्वको क्रिमिया पुलमा भीषण आक्रमण गरेको छ । युक्रेनी मिसाइल र ड्रोनको योजनाबद्ध आक्रमणबाट पुलको मुख्य सडक खण्डको विशाल आर्च भत्किएर समुद्रमा खसेको छ । करिब १२ माइल लामो उक्त पुल रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिष्ठित परियोजनाका रूपमा चिनिँदै आएको थियो । सन् २०१८ मा पुटिन ...
: अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक जेन्सेन हुआङले पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका छन् । व्यक्तिगत जीवनसँग जोडिएको विवाद सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका हुआङले पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै आफूबाट गम्भीर गल्ती भएको स्वीकार गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै आफ्ना गल्तीप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । हुआङका ...
: न्युजिल्यान्ड सरकारले वर्क भिसा (काम गर्नका लागि दिइने भिसा)मा कडाइ गर्ने भएको छ । अध्यागमन कर्मचारीबाट वर्क भिसा जारी गर्दा केही गम्भीर तथा महत्त्वपूर्ण जोखिमका विषयमा ध्यान नपुगेको र त्यसले समस्या निम्त्याएको भन्दै आगामी दिनमा त्यस्ता महत्त्वपूर्ण विषयमा थप सजग भएर अध्यान गरेपछि मात्र भिसा जारी गर्न भनेको छ । न्युजिल्यान्ड इमिग्रेसन हालै गरिएको ...
। क्यानाडा र चीनले व्यापार विस्तार गर्ने उद्देश्यले थप भन्सार शुल्क कटौती गर्ने सहमति गरेका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच एपेक शिखर सम्मेलनका क्रममा भएको भेटवार्तापछि यस्तो सहमति भएको हो । कार्नीको कार्यालयका अनुसार यसबाट क्यानाडाको करिब ४० करोड क्यानेडियन डलर बराबरको निर्यातमा थप भन्सार छुट हुनेछ । यसमा चिस्यानमा ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फिलिपिन्स भ्रमणविरुद्ध राजधानी मनिलामा प्रदर्शन भएको छ । नोभेम्बर १५ र १६ मा प्रदर्शनकारीले ट्रम्पको भ्रमण, इरान युद्ध र अमेरिकी नेतृत्वको प्याक्स सिलिका परियोजनाको विरोध गर्दै जुलुस निकालेका हुन् । नोभेम्बर १५ मा ४९औँ दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) शिखर सम्मेलन सुरु भएकै दिन सयौँ प्रदर्शनकारी सम्मेलनस्थलतर्फ अघि बढेका थिए । ...