मुख्य समाचार
जंगली हात्तीको बथान रातिको समयमा गाउँ प्रवेश गर्न थालेपछि स्थानीयवासी त्रसित
जंगली हात्तीको बथान रातिको समयमा गाउँ प्रवेश गर्न थालेपछि स्थानीयवासी त्रसित

। सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर गाउँमा जंगली हात्तीको बथान रातिको समयमा गाउँ प्रवेश गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्।
‎
‎स्थानीयका अनुसार विगत तीन दिनदेखि चुरे जंगलबाट बेलुका गाउँ पस्ने र बिहान करिब ९ बजे पुनः जंगल फर्किने गरेको छ। करिब २६ वटा हात्तीको बथान गाउँ प्रवेश गरी खेतीबालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका छन्।
‎
‎स्थानीय रबिलाल चौधरीका अनुसार बेलुका हुनासाथ हात्तीको बथान गाउँ पस्ने गरेको छ । हात्तीको डरले गाउँलेहरू रातभर त्रासमा बिताउनुपरेको उनले बताए।
‎
‎त्यस्तै, स्थानीय बहादुर चौधरीले हात्ती गाउँ प्रवेश गर्न थालेपछि रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको बताए । हात्तीबाट हुन सक्ने क्षति र आक्रमणको डरले गाउँलेहरू एक ठाउँमा भेला भएर रात काट्ने गरेको उनले जानकारी दिए । हात्ती गाउँ प्रवेश गरेकोबारे प्रहरीलाई खबर गर्दा पनि प्रहरी गाउँमा उपस्थित नभएको उनको गुनासो छ ।
‎
‎यतिबेला धानबाली भित्र्याउने र नगदेबाली लगाउने समय भएकाले हात्तीबाट खेतीबालीमा थप क्षति हुने चिन्ता स्थानीयमा छ। बिहान बाक्लो हुस्सु लाग्ने भएकाले हात्तीको सम्भावित आक्रमणको जोखिमसमेत थप बढेको स्थानीयको भनाइ छ।
‎
‎यसअघि गत आइतबार सुरुङ्गा नगरपालिका–४ विरनगरमा जंगली हात्तीको आक्रमणबाट ७२ वर्षीय गोपी चौधरीको मृत्यु भएको थियो। लगातार हात्तीको गतिविधि बढ्न थालेपछि श्रीपुरसहित आसपासका गाउँका बासिन्दासमेत त्रासमा छन्।
‎
‎जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्का सम्भावित जोखिमलाई मध्य नजर गर्दै सो क्षेत्रमा इलाका प्रहरी कार्यालय भेडियाबाट प्रहरी टोली परिचालन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएम गोलीजस्तो देखिने २७ थान गोली बरामद गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर गौर र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको संयुक्त गस्ती टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा मंगलबार उक्त गोली फेला पारेको हो। गस्ती टोलीले कानुपट्टी सीमा क्षेत्रमा बेवारिसे अवस्थामा रहेको सेतो ...
: पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा माथिबाट खसेको ढुङ्गा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गङ्गाराम महर्जनको मृत्यु भएको जानकारी दिए। उनका अनुसार आज दिउँसो काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि सडकको माथिल्लो भागबाट एक्कासी ढुङ्गा खसेको ...
: प्रहरीले ललितपुरबाट स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ नगदसहित तीन जनालाई पक्राउ गरेको छ। ललितपुरको एकान्तकुना क्षेत्रमा नेपाल राष्ट्र बैंकको आदेश तथा निर्देशनविपरीत गैरकानूनी रूपमा स्रोत नखुलेको रकम ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। ललितपुर महानगरपालिका–४, नख्खु दोबाटो ...
। तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरकाे महादेवटारस्थित सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने भएकाे छ । सुरुङकाे `ब्रेक थ्रु´ राष्ट्रपति रामचन्द्र पाैडेलकाे उपस्थितिमा गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए । उनकाअनुसार राष्ट्रपति पाैडेल हेलिकप्टरबाट साढे ९ बजे महादेवटार आइपुग्ने तय भएकाे छ । मकवानपुरकाे भीमफदी गाउँपालिका-८ बाट बकैया गाउँपालिका-१२ जाेड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरूङ निर्माणाधीन ...
: जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्लालाई चौबिसै घण्टा खुला गर्ने गरी रणनीतिक तयारी थालेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले मंगलबार सूचना जारी गर्दै यसअघि दरबारमार्ग र ठमेल क्षेत्रलाई २४सै घण्टा खुला गर्ने निर्णय भई सञ्चालनमा रहेको र अब जिल्लाका अन्य क्षेत्रलाई पनि सोही अनुरूप खुला गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। नेपालको ...