मुख्य समाचार
काठमाडौं जिल्लालाई चौबिसै घण्टा खुला गर्ने गरी रणनीतिक तयारी
काठमाडौं जिल्लालाई चौबिसै घण्टा खुला गर्ने गरी रणनीतिक तयारी

: जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्लालाई चौबिसै घण्टा खुला गर्ने गरी रणनीतिक तयारी थालेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले मंगलबार सूचना जारी गर्दै यसअघि दरबारमार्ग र ठमेल क्षेत्रलाई २४सै घण्टा खुला गर्ने निर्णय भई सञ्चालनमा रहेको र अब जिल्लाका अन्य क्षेत्रलाई पनि सोही अनुरूप खुला गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। नेपालको संघीय राजधानी र अत्यन्त महत्त्वपूर्ण स्थान भएकाले समग्र जिल्लालाई चौबिसै घण्टा खुला गर्न भरपर्दो सुरक्षा प्रबन्धका साथै न्यूनतम पूर्वाधारहरू सुनिश्चित गर्ने काम भइरहेको प्रशासनले जनाएको छ। जसअन्तर्गत सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी, सडक बत्ती तथा आपूर्ति व्यवस्थाको पर्याप्त प्रबन्ध मिलाउने तयारी भइरहेको सूचनामा उल्लेख छ।

यस विषयमा निर्णय लिन निकट भविष्यमै स्थानीय तह, विभिन्न विभाग, कार्यालय, यातायात व्यवसायी र निजी क्षेत्रका प्रतिनिधिहरूसँग समन्वयात्मक बैठक आयोजना गरिने कार्यालयले जनाएको छ। सबै सरोकारवालासँगको छलफल र बृहत् तयारी पूरा भएपछि मात्र जिल्लाभर चौबिसै घण्टा खुला गर्ने औपचारिक निर्णय गरिनेछ।

अर्को सूचना जारी नभएसम्मका लागि यसअघि चौबिसै घण्टा खुला गरिएका क्षेत्र बाहेक अन्य स्थानका व्यवसायीहरूलाई पूर्ववत् रूपमा तोकिएको समयसम्म मात्र व्यापार–व्यवसाय सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरकाे महादेवटारस्थित सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने भएकाे छ । सुरुङकाे `ब्रेक थ्रु´ राष्ट्रपति रामचन्द्र पाैडेलकाे उपस्थितिमा गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए । उनकाअनुसार राष्ट्रपति पाैडेल हेलिकप्टरबाट साढे ९ बजे महादेवटार आइपुग्ने तय भएकाे छ । मकवानपुरकाे भीमफदी गाउँपालिका-८ बाट बकैया गाउँपालिका-१२ जाेड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरूङ निर्माणाधीन ...
। कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा चोरी भएको छ । कीर्तिपुर प्रहरी वृत्तका अनुसार मंगलबार बिहान केन्द्रमा चोरी भएको हो । प्रहरीका अनुसार केन्द्रबाट एक थान कम्यप्युटर र ड्रोनमा प्रयोग हुने ब्याट्री चोरी भएको छ । चोरीको समयमा सीसीक्यामेरामा कैद भएको भिडियो फुटेज सार्वजनिक गर्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी गराएका छन् । मंगलबार बिहान ...
। सशस्त्र प्रहरी बल, नेपालको पोशाक दुरुपयोग गरी सडकपेटीमा सुतिरहेको व्यक्तिको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्नेविरुद्ध कारबाही प्रक्रिया अघि बढेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले उक्त भिडिओ बनाएर सामाजिक सञ्जालमा फैलाउने व्यक्तिहरूविरूद्ध कानुनी कारबाही अगाडि बढाएको जानकारी दिए । एक विज्ञप्ति जारी गर्दै भिडियोमा देखिएका व्यक्ति संगठनका सदस्य नभएको पनि सशस्त्र प्रहरीले ...
। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकीकृत विपद् सूचना प्रणालीलाई स्थानीय तह र जिल्लासम्म विस्तार गर्ने योजना अघि बढाएको छ । टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज आयोजित एक प्यानल छलफलमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले प्राधिकरणले व्यवस्थापन गरिरहेको एकीकृत डाटा पोर्टलमा सबै प्रकारका जोखिम तथा ...
। नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सन् २०२७ देखि सञ्चालन गर्न प्रस्ताव गरेको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र, हिमनदी र तिनमा निर्भर समुदायले भोगिरहेका जोखिमलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्राथमिकतामा राख्ने उद्देश्यसहित नेपालले कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने तयारी गरेको हो । कोप–३१ को अध्यक्षताको परामर्शमा तयार गरिएको निर्णय ...