मुख्य समाचार
एकीकृत विपद् सूचना प्रणालीलाई स्थानीय तह र जिल्लासम्म विस्तार गर्ने योजना
एकीकृत विपद् सूचना प्रणालीलाई स्थानीय तह र जिल्लासम्म विस्तार गर्ने योजना

। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकीकृत विपद् सूचना प्रणालीलाई स्थानीय तह र जिल्लासम्म विस्तार गर्ने योजना अघि बढाएको छ ।

टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज आयोजित एक प्यानल छलफलमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले प्राधिकरणले व्यवस्थापन गरिरहेको एकीकृत डाटा पोर्टलमा सबै प्रकारका जोखिम तथा विपद्सम्बन्धी सूचना एकीकृत गरी बृहत् विपद् सूचना प्रणाली निर्माण गर्ने योजना रहेको बताएका हुन् ।

उप्रेतीले विपद् पोर्टलमार्फत नेपालमा हुने अधिकांश प्रकोपको जानकारी तथा तथ्याङ्क प्राप्त गर्न सकिने र ती तथ्याङ्क निर्णय सहयोग प्रणाली (डिसिजन सपोर्ट सिस्टम–डिएसएस) मा प्रयोग भइरहेको बताए ।

उनले स्थानीय तहमा सङ्कलन भएका विपद्सम्बन्धी तथ्याङ्क जिल्लामार्फत केन्द्रमा आउने गरेको उल्लेख गर्दै उक्त पोर्टल राष्ट्रिय अनुकूलन योजना (नेसनल एडाप्टेसन प्लान–एनएपी) कार्यान्वयनका लागि समेत उपयोग भइरहेको बताए ।


‘विपद्को अवस्था थाहा पाउन र कुन प्रकोपबाट कति नागरिक प्रभावित भए भन्ने जानकारी प्राप्त गर्न पोर्टलको प्रयोग भइरहेको छ,’ उप्रेतीले भने, ‘आगामी दिनमा यसमा सेतु एपसमेत एकीकृत गरी बृहत् विपद् सूचना केन्द्र बनाउने योजना छ ।’

प्राधिकरणले सञ्चालन गरिरहेको विपद् पोर्टलमा विपद्का घटना, जोखिम तथा क्षतिसम्बन्धी विवरण उपलब्ध हुँदै आएको छ ।

आगामी दिनमा सेतु एपलाई यसमा जोडेर विपद्सम्बन्धी सूचना तथा तथ्याङ्क एकीकृत रूपमा उपलब्ध गराउने लक्ष्य प्राधिकरणले लिएको छ ।

दिगो विकास लक्ष्य (एसडिजी) प्याभिलियनमा आयोजित उक्त छलफलको आयोजना संयुक्त राष्ट्रसङ्घीय विपद् जोखिम न्यूनीकरण कार्यालय (युएनडिआरआर), विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी)ले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा चोरी भएको छ । कीर्तिपुर प्रहरी वृत्तका अनुसार मंगलबार बिहान केन्द्रमा चोरी भएको हो । प्रहरीका अनुसार केन्द्रबाट एक थान कम्यप्युटर र ड्रोनमा प्रयोग हुने ब्याट्री चोरी भएको छ । चोरीको समयमा सीसीक्यामेरामा कैद भएको भिडियो फुटेज सार्वजनिक गर्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी गराएका छन् । मंगलबार बिहान ...
। सशस्त्र प्रहरी बल, नेपालको पोशाक दुरुपयोग गरी सडकपेटीमा सुतिरहेको व्यक्तिको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्नेविरुद्ध कारबाही प्रक्रिया अघि बढेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले उक्त भिडिओ बनाएर सामाजिक सञ्जालमा फैलाउने व्यक्तिहरूविरूद्ध कानुनी कारबाही अगाडि बढाएको जानकारी दिए । एक विज्ञप्ति जारी गर्दै भिडियोमा देखिएका व्यक्ति संगठनका सदस्य नभएको पनि सशस्त्र प्रहरीले ...
। नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सन् २०२७ देखि सञ्चालन गर्न प्रस्ताव गरेको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र, हिमनदी र तिनमा निर्भर समुदायले भोगिरहेका जोखिमलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्राथमिकतामा राख्ने उद्देश्यसहित नेपालले कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने तयारी गरेको हो । कोप–३१ को अध्यक्षताको परामर्शमा तयार गरिएको निर्णय ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशनपछि भन्सार विभाग मातहत २ सय ७२ अधिकृत र नायबसुब्बा (नासु) को सरुवा रद्द भएको छ । भन्सार विभागले २० कात्तिकमा ६९ अधिकृत र २ सय ३ नायबसुब्बाको विभाग अन्तर्गतका कार्यालयहरूमा सरुवा गरेको थियो । तर, सरुवा पारदर्शी नभएको भन्दै उजुरी परेपछि अर्थमन्त्री वाग्लेले सबै तहको सरुवा रद्द गर्न सोमबार निर्देशन दिएका ...
। १० भदौ र त्यसयताका विनाशकारी बाढीपहिरोले वैदेशिक व्यापार प्रभावित बनाए पनि भन्सार राजस्व संकलनमा सरकार लक्ष्य भेट्न सफल भएको छ । अर्थ मन्त्रालयले भन्सार विभागलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार भन्सार विभागले कात्तिकसम्म राखेको लक्ष्य भेट्न सफल भएको छ । चालु आर्थिक वर्ष २०८३/८४ प्रथम चौमासिक (साउन–कात्तिक) सम्म भन्सार विभागले १ खर्ब ८८ अर्ब ४२ करोड ...