मुख्य समाचार
सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) पर्यटन समिति संयोजकमा चन्द्रप्रसाद ढकाल चयन
सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) पर्यटन समिति संयोजकमा चन्द्रप्रसाद ढकाल चयन

। सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) पर्यटन समिति संयोजकमा चन्द्रप्रसाद ढकाल चयन भएका छन् ।

माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औं कार्यकारी समिति बैठकले उनलाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष ढकाल नेपालको प्रतिष्ठित व्यावसायिक घराना आईएमई ग्रुपका अध्यक्ष हुन् । उनी चन्द्रागिरि हिल्स लगायत नेपालका सात वटै प्रदेशमा पर्यटन पूर्वाधार विकासका साथै स्वदेशी ‘इला’ होटल चेन ब्रान्डको प्रवर्द्धक तथा लगानीकर्ता समेत हुन् ।

संयोजक ढकालले दक्षिण एसियाको भौगोलिक बनावट र सांस्कृतिक विविधता विश्वमै अद्वितीय रहेकाले यस क्षेत्रलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए ।


सर्वोच्च शिखर सगरमाथादेखि हिन्द महासागरका टापु, विशाल समुद्री तट, जंगल, मरुभूमि तथा समृद्ध धार्मिक र ऐतिहासिक सम्पदाहरूले यस क्षेत्रमा पर्यटनको अपार सम्भावना बोकेको उनको भनाइ छ ।

विश्वको करिब एक चौथाइ जनसंख्या बसोबास गर्ने दक्षिण एसिया आफैंमा एक विशाल आन्तरिक पर्यटन बजार रहेको उल्लेख गर्दै उनले यो सम्भावना यथार्थमा बदल्न समग्र सार्क क्षेत्रमै पर्यटन पूर्वाधार स्तरोन्नति र लगानी विस्तार अपरिहार्य रहेको बताए ।

‘अन्तरदेशीय लगानी विस्तारले पूँजीसँगै ज्ञान, सिप र प्रविधि आदान–प्रदानलाई समेत टेवा पुर्‍याउँछ,’ यस क्षेत्रका प्रतिष्ठित होटल तथा आतिथ्य ब्रान्डहरूलाई एकअर्काको देशमा विस्तार गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै संयोजक ढकालले भने, ‘नेपालकै सन्दर्भमा पनि सार्क राष्ट्रका लगानीकर्ता र स्थापित होटल चेनहरूलाई यहाँको पर्यटन पूर्वाधारमा आकर्षित गर्दै नेपाली आतिथ्य क्षेत्रको अनुभव क्षेत्रीय स्तरमा जोड्न सकिन्छ ।’

क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि ‘सार्क भित्रै घुमौं’ भन्ने भावनासाथ अन्तरक्षेत्रीय पर्यटन अभियान सञ्चालन गर्न आवश्यक रहेको उनले औँल्याए । विभिन्न देशका गन्तव्य समेटेर साझा पर्यटन सर्किट र प्याकेज निर्माण गर्दै धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटनमा आपसी आदान–प्रदान बढाउन सकिने उनको धारणा छ ।

क्षेत्रीय पर्यटन विकासको मुख्य आधार सहज सम्पर्क सञ्जाल (कनेक्टिभिटी) रहेको उल्लेख गर्दै उनले सार्क राष्ट्रका प्रमुख सहरबीच सिधा हवाई तथा स्थलमार्गको पहुँच विस्तार गर्न सके पर्यटक, व्यवसायी र लगानीकर्ताको आवागमनमा तीव्रता आउने बताए ।

यसै क्रममा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई पनि सार्कका प्रमुख गन्तव्यहरूसँग सिधा हवाई सम्पर्कमा जोड्न सकिए क्षेत्रीय पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

यी लक्ष्य हासिल गर्न सार्क राष्ट्रका सरकार र निजी क्षेत्रबीचको बलियो सहकार्य अनिवार्य रहेको बताउँदै संयोजक ढकालले नीतिगत समन्वय र व्यावसायिक साझेदारीका लागि सार्क चेम्बरजस्ता क्षेत्रीय मञ्चहरूले पुलको काम गर्न सक्ने उल्लेख गरे ।

उनले समग्र दक्षिण एसियाको साझा पर्यटन विकास र समृद्धिका लागि परिणाममुखी भूमिका निर्वाह गर्न आफू प्रतिबद्ध रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। टर्कीको अन्ताल्यामा जारी कोप–३१ अन्तर्गत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘नोक्सानी र क्षतिसम्बन्धी उच्चस्तरीय मन्त्रीस्तरीय संवाद’ मा नेपालले जलवायु परिवर्तनबाट हुने नोक्सानी र क्षतिको वित्तपोषण समयमै, पर्याप्त, अनुमानयोग्य, सहज पहुँचयोग्य र अनुदानमा आधारित हुनुपर्नेमा जोड दिएको छ । संवादमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र ...
। भारतका पूर्व चिफ अफ डिफेन्स स्टाफ तथा विवेकानन्द फाउन्डेसनका निर्देशक जनरल अनिल चौहानले नेपाल–भारत सम्बन्ध समानता, आपसी सम्मान र नेपालको स्वतन्त्र पहिचान तथा सार्वभौमिकताप्रति संवेदनशीलतामा आधारित हुनुपर्ने बताएका छन् । मंगलबार सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सिसिफ) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाल–भारत सम्बन्ध लामो सभ्यता र समान ...
: बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ परेका छन्। बुधबार सर्लाही, बसबरिया गाउँपालिका–१ स्थित आफ्नै घरबाट उनलाई पक्राउ गरेको हो। २०८० असार १० गते आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्न आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको उजुरी जिल्ला ...
। डा.धवलशमशेर राणाको नेतृत्वमा रहेको जय नेपाल पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुकलाई पार्टीमा सम्पर्क गर्न आह्वान गरेको छ । केन्द्रीय समितिको बैठकले स्थानीय तहमा सम्भावित उम्मेदवारहरूको नामावली सबै जिल्लाबाट संकलन गर्ने पनि निर्णय गरेको छ । संविधान संशोधनका लागि पार्टीले सार्वजनिक गरेको ८ बुँदे संकल्पहरूलाई जनतामाझ लाने निर्णय जय नेपाल पार्टीले गरेको छ । बैठकले ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर जरिबानाका कारण लामो समयदेखि थिचिएका करदातालाई ठूलो आट गरेर स्किम ल्याएको भन्दै त्यसबाट फाइदा उठाउन आग्रह गरेका छन् । राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बजेट मार्फत ल्याएका यस्ता स्किमको चर्चा र प्रचार नै हुन नसकेको गुनासो समेत गरे । इमानदारीपूर्वक सरकारले ठूलो आट गरेर यस्तो स्किम ल्याएको बताउँदै ...