मुख्य समाचार
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स लगातार दोस्रो पटक फाइनल प्रवेश
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स लगातार दोस्रो पटक फाइनल प्रवेश

: नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको छ।

लिग चरणमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो। दोस्रो संस्करणको एनपीएलको उपाधीका लागि पनि यी दुई टोलीले प्रतिस्पर्धा गरेका थिए। तर दोस्रो संस्करणको फाइनलमा पनि लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराएको थियो। किर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो।

सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १६.४ ओभरमा ४ विकेट गुमाउँदै १०८ रनसहित लक्ष्य पूरा गर्यो।

लुम्बिनी लायन्सका लागि निरोशन डिकवेल्लाले अर्धशतकीय पारी खेले। उनले ३७ बलमा ७ चौका र २ छक्कासहित ५९रनमा अविजित रहे। उनले तेस्रो विकेटको लागि ३८ रनको साझेदारी बनाएका थिए। रोहित कुमार पौडेलले २१ रन बनाउँदा सन्दीप जोरा ८ रनमा कट एण्ड बोल्ड भएका थिए। दिलिप नाथ १० रनमा अविजित रहे। ओपनरद्वय भने पावरप्लेमा नै सस्तैमा पेभेलियन फर्किएका थिए।

सुदूरपश्चिम रोयल्सका लागि बलिङतर्फ थारिन्दु रत्नायकेले २ विकेट लिँदा स्कट कुगेलेइन र हेमन्त धामीले १/१ विकेट लिए। पहिलो इनिङ्समा ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५२ रन बनाए। उनले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। चौथो विकेटको लागि इशान पाण्डेसँग ऐरीले ६४ रनको साझेदारी बनाउँदै मध्यक्रम सम्हाले। एकतर्फबाट लगातार विकेट गइरहँदा सुरुवाती ३ विकेट सस्तैमा गुमाउँदा सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरी र इशानले मध्यक्रम सम्हालेका थिए।

रुबेन ट्रम्पलमेनले पहिलो बलमा नै जर्ज मुन्से गोल्डेन डक भए। उनी खेलको पहिलो बलमा नै बोल्ड आउट भए। १.५ ओभरमा अभिषेश गौतमले विनोद भण्डारीको क्याच मिस गरे। १.५ ओभरमा १ रनमा उनले जीवनदान पाएका थिए। दोस्रो विकेटको रुपमा थानुका दबारे ३ रन र तेस्रो विकेटको रुपमा १ रनमा जीवनदान पाएका विनोद भण्डारी ३ रनमा पेभेलियन फर्किए। उनको विकेट क्याच मिस गरेका युवा बलर अभिषेशले नै लिए। चौथो विकेटको रुपमा इशान पाण्डे २७ रनमा पेभेलियन फर्किए। पाँचौं विकेटको रुपमा थारिन्दु रत्नायके १ रनमै शेर मल्लको बोल्ड भए। आरिफ शेख ४ रनमा क्याच भए। स्कट कुगेलेइन अन्तिम बलमा रन आउट भए।

सुदूरपश्चिम रोयल्सका लागि दिपेन्द्र सिंह ऐरी र इशान पाण्डे बाहेक कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन्। लुम्बिनी लायन्सका लागि रुबेन ट्रम्पलमेन र शेर मल्लले २/२ विकेट लिए। किशोर महतो र अभिषेश गौतमले १/१ विकेट लिए।

बुधबार एलिमिनेटरको खेल हुनेछ। एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोजले खेल्नेछन्। तेस्रो संस्करणको एनपीएलको फाइनल खेल शनिबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साबा महिला बास्केटबल डिसेम्बर ६ देखि भारतको चेन्नाईमा हुने भएको छ । फिफा महिला एसिया कप २०२७ डिभिजन बी साबा क्वालिफायर्स अन्तर्गत दक्षिण एसियाको टिम सहभागि हुने यस प्रतियोगिता चेन्नाईस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा डिसेम्बर ६ देखि १० तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक भारतसहित नेपाल, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । सिंगल राउण्ड रोविनका आधारमा प्रतियोगिताको ...
। जर्मन प्रशिक्षक योर्गेन क्लोपले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले पूर्वअध्यक्ष सेप ब्लाटरपछि अवस्था झन् खराब भएको टिप्पणी गर्दै विश्व फुटबलको सर्वोच्च निकायमा नयाँ नेतृत्व आवश्यक रहेको धारणा राखेका हुन्। ‘ब्लाटरपछि अवस्था यति खराब हुन सक्छ भन्ने मैले सोचेको थिइनँ, तर कसैले त्योभन्दा पनि खराब बनाउन सफल भयो,’ क्लोपले भने, ‘इन्फान्टिनोको ...
। बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। ३३ वर्षीय लुकाकुले बेल्जियमका लागि १६ वर्ष खेलेपछि राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंग्याउने निर्णय गरेका हुन्। लुकाकु बेल्जियमका सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रिय टोलीबाट १३५ खेल खेल्दै ९४ गोल गरेका छन्। उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पाँचौं स्थानमा छन्। उनीभन्दा अघि सुनिल ...
: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिकता, प्रतिस्पर्धा र लोकप्रियतालाई नयाँ उचाइमा पुर्‍याएको छ। आठ फ्रेन्चाइज टोलीको सहभागिता, विश्व क्रिकेटका चर्चित खेलाडीको उपस्थिति, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता, बढ्दो पुरस्कार राशि र दर्शकको आकर्षणले यसपटकको एनपीएललाई थप चर्चित बनाएको छ। कात्तिक १० गतेदेखि सुरु भएको प्रतियोगिताको लिग चरणका खेल सम्पन्न ...
। स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। मन्सेले यसअघि दोस्रो संस्करण विराटनगर किङ्सबाट खेलेका थिए। सुदूरले उनलाई बाँकी खेलका लागि अनुबन्ध गरेको जानकारी दिएको हो । सुदूरका अर्का स्कटिश खेलाडी ब्रान्डन म्याकमुलेन भने फर्किसकेका छन् । ओपनिङ ब्याटर मन्से स्कटल्यान्डका भरपर्दा सीमित ओभरका खेलाडी हुन्। उनले ...