मुख्य समाचार
श्रीमान्ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु
श्रीमान्ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु

। सिन्धुलीको कमलामाई नगरपालिका –१० डाँडाटोलमा श्रीमान्ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।

मंगलबार राति १ बजेको समयमा श्रीमान्–श्रीमतीबीच विवाद हुँदा ४२ वर्षीय श्रीमान मनोज कार्कीले ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीलाई लोहोरो प्रहार गरेको प्रहरीले बताएको छ ।

लोहोरोले टाउकामा लाग्दा उनको मृत्यु भएको हो । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको टोलीले श्रीमान्‍लाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अपराध अनुसन्धानमा आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान अपरिहार्य रहेको प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले बताएका छन् । अपराध अनुसन्धान विभागको ७१औं स्थापना दिवसको अवसरमा आयोजित एक दिवसीय कार्यशाला गोष्ठीको उद्घाट गर्दै आईजीपी केसीले भने, ‘ वित्तीय अपराधको बदलिँदो स्वरूप, अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोग तथा यसबाट सिर्जित चुनौतीहरूलाई सम्बोधन गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद शोभा खनालले रोजगारीको प्रलोभनमा विदेश पुर्‍याएर जबर्जस्ती साइबर ठगीमा लगाइए त्यसलाई मानव बेचबिखनमा राख्नुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’माथिको छलफलमा उनले यस्तो बताएकी हुन् । ‘हामी मानव बेचबिखनलाई अझै परम्परागत दृष्टिकोणबाट हेरिराखेका छौँ । ...
। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत हटाइएको जिकिर गरेका छन् । आइतबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले उपद्रवकारीहरूले राज्यका संयन्त्र निष्क्रिय र निस्प्रभावी बनाएपछि आफूहरू सरकारबाट हट्नुपरेको दाबी गरे । जेनजी आन्दोलनको क्रममा भएका घटनाहरूको निष्पक्ष छानविन हुन नसकेको समेत ...
। सर्वोच्च अदालतले बुधबार निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्ने भएको छ । २० कात्तिकमा रिट निवेदन दर्ता भएकोमा सर्वोच्च अदालतले तिहार बिदापछि ३० कात्तिकमा मिति तोकेको थियो । तर सरकारले त्यो दिन छठको बिदा दिएकाले मुद्दाको सुनुवाइ स्वतः सरेको थियो । तिहार र छठ बिदापछि मंगलबार अदालत खुलेपछि सर्वोच्च ...
। नेपाल विद्युत् प्राधिकरणले यस वर्ष हिउँदयाममा भारतबाट ३ सय ५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार डे–अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो । प्राधिकरणले १ मंसिर २०८३ (१७ नोभेम्बर २०२६) ...