मुख्य समाचार
नेपाल पत्रकार महासंघद्वारा चरणबद्ध आन्दोलन घोषणा
नेपाल पत्रकार महासंघद्वारा चरणबद्ध आन्दोलन घोषणा

: नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको र पत्रकारहरूको श्रम अधिकार उल्लंघन भएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

मगंलबार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भइरहेको तथा सञ्चारमाध्यमको कार्यालय अगाडि अनाधिकृत रूपमा गाडी तेर्स्याएर अवरोध पुर्‍याउनेलाई हालसम्म कारबाही नगरिएकोप्रति गम्भीर आपत्ति जनाइएको छ। यसैगरी, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारहरूलाई जबरजस्ती निष्कासन गरी श्रम अधिकारको उल्लंघन गरिएको र पत्रपत्रिकाले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनको रकम प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम कार्यान्वयन नगरिएको महासंघले जनाएको छ।
महासंघले मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने, मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरूलाई ध्यानाकर्षणपत्र पठाउने, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जालसँग छलफल गर्ने, मंसिर ७ गते महासंघका सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंगठनहरूसँग छलफल गर्ने र मंसिर ९ गते जिल्ला शाखाहरूको आयोजनामा देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि ‘पत्रकारलाई सामुहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित भेला हुने कार्यक्रम घोषणा गरेको छ।
महासंघले तोकिएका कार्यक्रममार्फत पनि आफ्ना मागहरू पूरा नभए थप कडा आन्दोलनका कार्यक्रम तय गर्न बाध्य हुने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चर्को आवाज निकाल्ने, साइलेन्सर मोडिफाइ गर्ने तथा साइलेन्सरबाट आगोको झिल्कासमेत निकाल्ने बुलेट लगायतका मोटरसाइकलविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले ‘बुलेट अपरेसन’ अभियान अन्तर्गत नियमविपरीत स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका ४०१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । मोटरसाइकलको साइलेन्सर परिवर्तन गरी ठूलो आवाज निकाल्ने, सडकमा ध्वनि प्रदूषण गर्ने ...
। चर्को आवाज निकाल्ने, साइलेन्सर मोडिफाइ गर्ने तथा साइलेन्सरबाट आगोको झिल्कासमेत निकाल्ने बुलेट लगायतका मोटरसाइकलविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले ‘बुलेट अपरेसन’ अभियान अन्तर्गत नियमविपरीत स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका ४०१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । मोटरसाइकलको साइलेन्सर परिवर्तन गरी ठूलो आवाज निकाल्ने, सडकमा ध्वनि प्रदूषण गर्ने ...
। ललितपुरबाट ठूलो रकमसहित तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं–१० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । १ ...
। वैदेशिक रोजगारीको प्रलोभनमा विदेश पुर्‍याएर बेचबिखन तथा शोषणमा पारिएका नेपालीको उद्धार र विदेशमा मृत्यु भएकाहरूको शव स्वदेश ल्याउन महिनौं लाग्ने गरेको विषय संसदीय समितिमा उठेको छ । सांसदहरूले सरकारी निकायबीच समन्वय अभाव, झन्झटिलो प्रशासनिक प्रक्रिया र कानुनी अस्पष्टताका कारण पीडित तथा तिनका परिवारले थप सास्ती भोग्नुपरेको भन्दै यो विषय उठाएका हुन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको महिला ...
: मानेभञ्ज्याङ गाउँपालिका-७, टोकसेलमा प्रादेशिक अस्पताल तथा मेडिकल कलेज निर्माणको माग गर्दै सुरु भएको आमरण अनसन पाँचबुँदे सहमतिसँगै स्थगित भएको छ। वर्षौंदेखि जग्गा उपलब्ध गराइए पनि राज्यको बेवास्ताका कारण अस्पताल निर्माणको काम अघि नबढेको भन्दै स्थानीय स्तरमा चर्को असन्तुष्टि देखिएको थियो। यसअघि स्थानीय बासिन्दाले आफ्नो मागको सुनुवाइ नभएको भन्दै निर्वाचन समेत बहिष्कार गरेका थिए। विगतमा भएको ...