मुख्य समाचार
प्रादेशिक अस्पताल तथा मेडिकल कलेज निर्माणको माग गर्दै सुरु भएको आमरण अनसन पाँचबुँदे सहमतिसँगै स्थगित
प्रादेशिक अस्पताल तथा मेडिकल कलेज निर्माणको माग गर्दै सुरु भएको आमरण अनसन पाँचबुँदे सहमतिसँगै स्थगित

: मानेभञ्ज्याङ गाउँपालिका-७, टोकसेलमा प्रादेशिक अस्पताल तथा मेडिकल कलेज निर्माणको माग गर्दै सुरु भएको आमरण अनसन पाँचबुँदे सहमतिसँगै स्थगित भएको छ। वर्षौंदेखि जग्गा उपलब्ध गराइए पनि राज्यको बेवास्ताका कारण अस्पताल निर्माणको काम अघि नबढेको भन्दै स्थानीय स्तरमा चर्को असन्तुष्टि देखिएको थियो। यसअघि स्थानीय बासिन्दाले आफ्नो मागको सुनुवाइ नभएको भन्दै निर्वाचन समेत बहिष्कार गरेका थिए।

विगतमा भएको सम्झौता र प्रतिबद्धता कार्यान्वयन नभएपछि प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका लागि संघर्ष समितिका संयोजक माधव प्रसाद ढुङ्गानाको नेतृत्वमा आमरण अनसन सुरु गरिएको थियो। सोमबार सुरु भएको उक्त अनसन र जनताको तीव्र दबाबपछि कोशी प्रदेशका स्वास्थ्यमन्त्री माननीय इन्द्रमणि पराजुली र संघर्ष समितिका प्रतिनिधिबीच द्विपक्षीय वार्ता तथा सहमति भएको हो।

सहमति पत्रमा उल्लेख भए अनुसार प्राविधिक टोलीसहित अस्पताल निर्माण प्रयोजनका लागि दान भएको जग्गाको निरीक्षणका लागि प्रक्रिया तत्काल अगाडि बढाइने भएको छ। साथै, हाल सामाजिक विकास मन्त्रालयको नाममा रहेको उक्त १६७ रोपनी जग्गा स्वास्थ्य मन्त्रालयको नाममा नामसारी गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाइने निर्णय भएको छ। अस्पताल निर्माणका लागि वातावरणीय परीक्षण गर्न २०८३ साल मंसिर महिनाभित्र आवश्यक स्रोत व्यवस्थापन गर्ने र चालू आर्थिक वर्षभित्रै प्रतिवेदन तयार गर्ने सहमति समेत भएको छ।

सम्पूर्ण प्रक्रियाहरूको प्रतिवेदन तयार भएपछि सोही आधारमा आगामी बजेट तथा कार्यक्रममा अस्पताल निर्माणका लागि स्रोत सुनिश्चित गर्ने सहमति भएपछि अनसनरत प्रतिनिधिहरूले अनसन स्थगित गरेका हुन्। वि.सं. २०७६ सालदेखि नै ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ र पश्चिम उदयपुरका जनतालाई पायक पर्ने गरी प्रादेशिक तहको अस्पताल बनाउने निर्णय भए पनि विभिन्न प्रशासनिक ढिलासुस्तीका कारण यो योजना ओझेलमा परेको थियो।

पछिल्लो पटक भएको यो उच्चस्तरीय सहमतिले पहाडी क्षेत्रका हजारौं नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने आशा पुनः जगाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चर्को आवाज निकाल्ने, साइलेन्सर मोडिफाइ गर्ने तथा साइलेन्सरबाट आगोको झिल्कासमेत निकाल्ने बुलेट लगायतका मोटरसाइकलविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले ‘बुलेट अपरेसन’ अभियान अन्तर्गत नियमविपरीत स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका ४०१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । मोटरसाइकलको साइलेन्सर परिवर्तन गरी ठूलो आवाज निकाल्ने, सडकमा ध्वनि प्रदूषण गर्ने ...
: नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको र पत्रकारहरूको श्रम अधिकार उल्लंघन भएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। मगंलबार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भइरहेको तथा सञ्चारमाध्यमको ...
। ललितपुरबाट ठूलो रकमसहित तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं–१० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । १ ...
। वैदेशिक रोजगारीको प्रलोभनमा विदेश पुर्‍याएर बेचबिखन तथा शोषणमा पारिएका नेपालीको उद्धार र विदेशमा मृत्यु भएकाहरूको शव स्वदेश ल्याउन महिनौं लाग्ने गरेको विषय संसदीय समितिमा उठेको छ । सांसदहरूले सरकारी निकायबीच समन्वय अभाव, झन्झटिलो प्रशासनिक प्रक्रिया र कानुनी अस्पष्टताका कारण पीडित तथा तिनका परिवारले थप सास्ती भोग्नुपरेको भन्दै यो विषय उठाएका हुन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको महिला ...
। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्रको आन्तरिक विवादमा तटस्थ बसेका नेताहरूलाई आफ्नो मत स्पष्ट पार्न आग्रह गरेका छन् । मंगलबार पूर्वसभापति शेरबहादुर देउवा पक्षधरको मोरङ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सिटौलाले पार्टी र घरभित्र विवाद हुँदा तटस्थताले कतै पनि पार नलाग्ने बताउँदै तटस्थ बसेका नेताहरूबाट सक्रियता र साथ आवश्यक रहेको बताएका हुन् । सिटौलाले भाषणका क्रममा कसैको ...