मुख्य समाचार
खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड
खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड

। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उनले बैंकलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि आग्रह गरे ।

नेपालको बैंकिङ क्षेत्रमा गौरवमय इतिहास बोकेको यस बैंकले सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत सरल र सहज बैंकिङ सेवा उपलब्ध गराउनुपर्नेमा अर्थमन्त्री वाग्लेले जोड दिए ।

साथै, उनले नेपाल सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेका तीन बुँदे कार्यसूची पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

बैंकको काम कारबाही पारदर्शी बनाई जनविश्वास कायम राख्न, संस्थागत कमजोरी सुधार गर्न तथा तथ्याङ्कको सुरक्षामा विशेष ध्यान दिनुपर्ने अर्थमन्त्री वाग्लेले बताए ।


आगामी दिनमा डिजिटल बैंकिङको विस्तार, लघु, साना तथा मझौला उद्यमलाई सहज वित्तीय पहुँच, हरित अर्थतन्त्रको प्रवर्द्धन तथा वित्तीय साक्षरता अभिवृद्धिमा बैंकले प्रभावकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा पनि उनले जोड दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नेपालमा बैंकिङ इतिहासको सुरुआत गर्दै स्थापना भएको यस बैंकले बचत संस्कृतिको विकास, आर्थिक स्रोत परिचालन र पुँजी निर्माणका साथै मुलुकको औद्योगिक तथा व्यापार व्यवसायको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएको बताए ।

उनका अनुसार बैंकको चुक्ता पुँजी रु १४ अर्ब ६९ करोड, निक्षेप रु चार खर्ब १६ अर्ब र कर्जा रु दुई खर्ब ६२ अर्ब रहेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात चार दशमलव १८ प्रतिशत, ग्राहक सङ्ख्या २९ लाख २४ हजार र कर्मचारी सङ्ख्या तीन हजार ६०० रहेको छ ।

त्यसैगरी, बैंकका २५० वटा एटिएम सञ्चालनमा छन् भने मोबाइल बैंकिङका ग्राहक सङ्ख्या १० लाख पुगेको छ । बैंकले ७१ जिल्लामा शाखा विस्तार गरेको प्रमुख कार्यकारी अधिकृत पाण्डेयले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल सार्वभौम ‘क्रेडिट रेटिङ’ मूल्यांकनमा पुन: सोही स्थानमा रहन बाध्य भएको छ । फिट्चको सार्वभौम रेटिङ मोडेल (एआरएम) मा नेपाल पुन: ‘बीबी माइनस’ मा रहेको छ । अर्थ मन्त्रालयका अनुसार यस वर्ष नेपालको अंक ०.१९ ले बढेर ३.६६ पुगेको छ । गत वर्ष ३.४७ थियो । गत वर्षको अंकमा गुणात्मक मूल्यांकनबाट एक तह थपेर बीबी ...
। जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ का ३४ वर्षीय भीमबहादुर वाइबा छन् । उनलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले आइतबार जडिबुटीबाट पक्राउ गरेको हो । बलात्कार मुद्दामा उनलाई ८ वर्ष कैद तोकिएको थियामे । ३ वर्ष कैद भुक्तान गरेका उनको अझै ५ वर्ष कैद भुक्तान ...
: मोरङको रंगेलीमा ठूलो परिमाणको खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। मोरङको रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरस्थित सीमा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित सोमबार साँझ एकै परिवारका तीन भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त ...
: प्रधानमन्त्री बालेन शाह मंसिर ६ गते (नोभेम्बर २२ तारिक) भारत भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी मंसिर ६ गते आइतबार नयाँ दिल्ली जान लागेका हुन्। प्रधानमन्त्री बालेनले मंसिर ७ गते सोमबार औपचारिक वार्ता र भेट सुरु गर्नेछन्। उनले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदी लगायत विशिष्ट अधिकारीहरू भेटवार्ता छन्। ...
। रारा जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी ललितपुर महानगरपालिका–१५ मा बस्ने ५४ वर्षीया अञ्जु थापाको आज काठमाडौंस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रारा जिप दुर्घटनामा अञ्जुको मृत्यु भएसँगै मृतकको सङ्ख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए । दुर्घटनामा घाइते भएका ...