मुख्य समाचार
प्रधानमन्त्री बालेन शाह मंसिर ६ गते भारत भ्रमणमा जाने
प्रधानमन्त्री बालेन शाह मंसिर ६ गते भारत भ्रमणमा जाने

: प्रधानमन्त्री बालेन शाह मंसिर ६ गते (नोभेम्बर २२ तारिक) भारत भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी मंसिर ६ गते आइतबार नयाँ दिल्ली जान लागेका हुन्।

प्रधानमन्त्री बालेनले मंसिर ७ गते सोमबार औपचारिक वार्ता र भेट सुरु गर्नेछन्। उनले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदी लगायत विशिष्ट अधिकारीहरू भेटवार्ता छन्। सोही दिन नेपाल-भारतबीच द्विपक्षीय वार्तासमेत गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीले अन्नपूर्णसँग भने,‘परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयको समन्वयमा भ्रमणको मिति निर्धारण गरेका छौं। आकस्मिक घटना केही भएन भने प्रधानमन्त्री बालेन मंसिर ६ गते आइतबार भारत भ्रमणमा जानुहुनेछ।’

भ्रमणका क्रममा भारतले नेपाललाई भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुन:र्स्थापनामा सहयोग र विशेष गरी क्रिकेटमा सहयोग गर्ने तयारी रहेको स्रोतले बताएको छ । प्रधानमन्त्री बालेन र मोदीको द्विपक्षीय भेटवार्तामा नेपाल-भारतको सीमा सुरक्षा,सीमा विवादका बारेमा छलफल हुने परराष्ट मन्त्रालयका ति अधिकारीले बताए।

भ्रमणका क्रममा नेपाल-भारतबीचको कनेक्टिभिटी, उर्जा, व्यापार, पारवहन, खेलकुद र पूर्वाधार विकास लगायतको विषयमा छलफल हुनेछ। त्यसबाहेक हवाई रुटका विषय समेत छलफलको एजेन्डा बनेको छ। प्रधानमन्त्री बालेनले युवा लक्षित कार्यक्रममा सहयोग गर्न भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी भइरहेका बेला भारतीय रेल्वे मन्त्रालयले जनकपुरधाम र अयोध्या सीधा रेल सञ्चालन गर्न स्वीकृति दिइएको छ। स्रोतका अनुसार भारत भ्रमणको अवसरमा प्रधानमन्त्री बालेन र भारतीय समकक्षी मोदीले मंसिर ७ गते अयोध्या–जनकपुर रेल सञ्चालनको संयुक्त उद्घाटन गर्ने तयारी भइरहेको बताइएको छ।

बालेन प्रधानमन्त्री बनेलगत्तै भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको निम्तो दिएका थिए। तर आन्तरिक समस्याका कारण बालेनले समय दिन सकेका थिएनन्। भर्खरै भएको भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमणले प्रधानमन्त्री बालेनको भारत भ्रमणको ढोका खोलेको हो। भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेनलाई भेटेपछि उनको भारत भ्रमणको मिति तय भएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल सार्वभौम ‘क्रेडिट रेटिङ’ मूल्यांकनमा पुन: सोही स्थानमा रहन बाध्य भएको छ । फिट्चको सार्वभौम रेटिङ मोडेल (एआरएम) मा नेपाल पुन: ‘बीबी माइनस’ मा रहेको छ । अर्थ मन्त्रालयका अनुसार यस वर्ष नेपालको अंक ०.१९ ले बढेर ३.६६ पुगेको छ । गत वर्ष ३.४७ थियो । गत वर्षको अंकमा गुणात्मक मूल्यांकनबाट एक तह थपेर बीबी ...
। जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ का ३४ वर्षीय भीमबहादुर वाइबा छन् । उनलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले आइतबार जडिबुटीबाट पक्राउ गरेको हो । बलात्कार मुद्दामा उनलाई ८ वर्ष कैद तोकिएको थियामे । ३ वर्ष कैद भुक्तान गरेका उनको अझै ५ वर्ष कैद भुक्तान ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उनले बैंकलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि आग्रह गरे । नेपालको बैंकिङ क्षेत्रमा गौरवमय इतिहास बोकेको यस बैंकले सुशासनको ...
: मोरङको रंगेलीमा ठूलो परिमाणको खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। मोरङको रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरस्थित सीमा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित सोमबार साँझ एकै परिवारका तीन भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त ...
। रारा जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी ललितपुर महानगरपालिका–१५ मा बस्ने ५४ वर्षीया अञ्जु थापाको आज काठमाडौंस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रारा जिप दुर्घटनामा अञ्जुको मृत्यु भएसँगै मृतकको सङ्ख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए । दुर्घटनामा घाइते भएका ...