मुख्य समाचार
सुडानको एक गाउँमा सेनाले गरेको ड्रोन आक्रमणमा फुटबल खेलिरहेका चार बालबालिकासहित १५ जनाको मृत्यु
सुडानको एक गाउँमा सेनाले गरेको ड्रोन आक्रमणमा फुटबल खेलिरहेका चार बालबालिकासहित १५ जनाको मृत्यु

। सुडानको पश्चिम कोर्डोफान राज्यस्थित एक गाउँमा सेनाले गरेको ड्रोन आक्रमणमा फुटबल खेलिरहेका चार बालबालिकासहित १५ जनाको मृत्यु भएको छ । आइतबार अबु कल्ब गाउँमा भएको आक्रमणमा अन्य केही घाइते भएका छन् भने कैयौँ घरमा आगलागी भएको स्थानीय अधिकार अनुगमन संस्थाले जनाएको छ ।

स्थानीय अधिकार अनुगमन संस्था कोर्डोफान अब्जर्भेटरीका अनुसार सेनाले एउटै क्षेत्रमा दुईपटक ड्रोन प्रहार गरेको थियो । पहिलो प्रहार गाउँको सार्वजनिक चोकमा भएको थियो, जहाँ बालबालिका फुटबल खेलिरहेका थिए । दोस्रो प्रहार स्थानीयका घरमा हुँदा धेरै घरमा आगलागी भएको थियो ।

आफ्नो सुरक्षा जोखिमका कारण नाम सार्वजनिक नगर्न आग्रह गरेका एक जीवित व्यक्तिले सञ्चार अवरोध छल्न स्याटेलाइट इन्टरनेट प्रयोग गरी घटनाबारे जानकारी दिएका छन् । उनका अनुसार आक्रमणमा १५ जनाले ज्यान गुमाएका छन् । मारिएकामध्ये नौ जना उनका आफन्त थिए । उनले युद्धमा यसअघि नै बुबा गुमाएका दुई बालबालिकासमेत आक्रमणमा मारिएको बताएका छन् ।

सुडानी सेनाले सन् २०२३ को अप्रिलदेखि जारी युद्धमा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) को नियन्त्रणमा रहेका क्षेत्र पुनः कब्जा गर्ने प्रयासस्वरूप पश्चिम कोर्डोफान राज्यमा प्रत्याक्रमण गरिरहेको छ । सोही क्रममा गाउँमा आक्रमण भएको हो ।


सहायता क्षेत्रमा कार्यरत अधिकारीहरूको अनुमानअनुसार सुडानको युद्धमा अहिलेसम्म दुई लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । युद्धले विश्वकै ठूलो भोकमरी र विस्थापन सङ्कटसमेत निम्त्याएको छ ।

संयुक्त राष्ट्रसङ्घले युद्धरत दुवै पक्षले व्यापक रूपमा ड्रोन प्रयोग गरिरहेको भन्दै बारम्बार चिन्ता व्यक्त गर्दै आएको छ । सन् २०२६ को पहिलो छ महिनामा मात्रै ड्रोन आक्रमणमा एक हजार १०० भन्दा बढी मानिसको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ । यस वर्ष भएका बालबालिकासम्बन्धी सयौँ हताहतीमध्ये करिब दुई तिहाइको मृत्यु वा घाइते हुनुमा ड्रोन आक्रमण जिम्मेवार रहेको राष्ट्रसङ्घले यसै साता बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले रुसको नियन्त्रणमा रहेको क्रिमिया पुललाई लक्षित गरी एकै दिनमा एक हजार ३३६ ड्रोन प्रहार गरेको छ । आक्रमणबाट पुलमा ठूलो क्षति नभएको देखिए पनि रुसी अधिकारीहरूले यातायात आवागमनमा प्रतिबन्ध लगाएका छन् । रुसको रक्षा मन्त्रालयका अनुसार यो वर्ष एकै दिनमा प्रक्षेपण गरिएका ड्रोनमध्ये उक्त सङ्ख्या दोस्रो ठूलो हो । क्रिमियाका रुसी नियुक्त गभर्नर सेर्गेई ...
। बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरेको छ । निगरानीका लागि ड्रोन र बडी क्यामेरा तथा सम्भावित दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ । हसिनाले डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा अवामी लिगका समर्थक सक्रिय भएका छन् । पार्टी ...
। सुपरमार्केटका फ्रिजहरूमा हालै भएको साइबर आक्रमणपछि अब घरेलु उपकरणहरू निसानामा पर्न सक्ने युरोपेली संघ (ईयू) का साइबर प्रमुखले मंगलबार एएफपीलाई बताएका छन्। उनले बढ्दो साइबर खतराहरूको सामना गर्न युरोपलाई थप लगानी गर्न आग्रह गरेका छन्। अक्टोबर र नोभेम्बरमा कम्तीमा १२ युरोपेली देशका सुपरमार्केटहरू साइबर आक्रमणको सिकार भएका थिए, जसमा फ्रान्स सबैभन्दा बढी प्रभावित भएको थियो। ईयूको ...
। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा आइतबार अवामी लिगका नेता तथा कार्यकर्ताले प्रदर्शनका क्रममा तोडफोड गरेका छन् । उनीहरूले प्रहरीका अवरोध तोड्दै सहरका विभिन्न सडकमा जुलुस निकालेका थिए । प्रदर्शनका क्रममा प्रहरीको सशस्त्र गाडी, प्रहरी चौकी र सार्वजनिक संरचनामा क्षति पुर्‍याइएको छ । बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनकारीले गोपालगञ्ज सहरमा रहेको जुलाई स्मारक र गोपालगञ्ज विज्ञान तथा ...
। विश्वकै सबैभन्दा ठूलो एआई चिप कम्पनी एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङले कम्पनीको नेतृत्व पुनः सम्हाल्न सक्ने सम्भावना बढेको छ। टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कसहित सिलिकन भ्यालीका कैयौँ ठूला व्यवसायीहरू उनको फिर्तीको समर्थनमा उत्रिएका छन्। फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार, हुआङले पनि आफ्ना निकटवर्तीहरूसँग यस विषयमा छलफल गरेका छन्। समर्थकहरू पनि उनलाई पुनः कम्पनीको जिम्मेवारी दिइयोस् भन्ने चाहन्छन् ...