मुख्य समाचार
देउवा समूहको प्रदेश अधिवेशन एक दिन पछि सर्‍यो
देउवा समूहको प्रदेश अधिवेशन एक दिन पछि सर्‍यो

। नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको प्रदेश अधिवेशन कार्यतालिका एक दिन प्रभावित भएको छ। मंसिर ४ गतेदेखि सुरु हुने भनिएको अधिवेशन हरिबोधनी एकादशीका कारण मंसिर ५ गतेदेखि सुरु हुने भएको हो।

धार्मिक पर्वका कारण अधिवेशनको मिति एक दिन पछाडि सारिएको सचिवालय समितिका संयोजक दीपक कुईंकेलले जानकारी दिए।

उनका अनुसार मंसिर ५ गते गण्डकी प्रदेश, मंसिर ७ गते लुम्बिनी, १३ गते कर्णाली, १४ गते मधेश, १५ गते सुदूरपश्चिम, १७ गते कोसी र १९ गते बागमती प्रदेशको अधिवेशन तय भएको छ। सबै प्रदेश अधिवेशनमा शेरबहादुर देउवा सहभागी हुने बताइएको छ।

देउवा पक्षले महाधिवेशनमा आठ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी गरेको छ । हरेक निर्वाचन क्षेत्रबाट ३८ जना, ७५३ पालिकाबाट प्रतिनिधि, ३०० जना मनोनीत, भ्रातृ संस्थाबाट २००, जनसम्पर्क समितिबाट २०० तथा पालिका प्रमुखसहित अन्य प्रतिनिधि गरी आठ हजारभन्दा बढीको सहभागिता रहने उनको दाबी छ ।


देउवा पक्षले असोज १५ गतेदेखि महाधिवेशनको कार्यक्रम सुरु गरेको थियो । हालसम्म ४६ जिल्ला र १४० निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको देउवा समूहले प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा धादिङका डा. अमितसिंह कार्कीलाई मनोनीत गरेको छ । देउवा समूहको ‘१५औं नियमित महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले कार्कीलाई अध्यक्षमा मनोनीत गरेका हुन् । उनलाई विधानको धारा ४२ (१) बमोजिम चिकित्सक संघको अध्यक्षमा मनोनीत गरिएको पत्रमा उल्लेख छ । डा. कार्कीलाई आगामी ६ महिनाभित्र संगठनको महाधिवेशन सम्पन्न ...
। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतको राजदूत नियुक्त भएकोमा बधाई दिए । साथै। उनको सफल र फलदायी कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्री खनालको सचिवालयले जनाएको छ । भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा ...
। मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा आफन्त गुमाएका परिवारलाई भेट्न प्रतिनिधिसभाका सभामुख डीपी अर्याल सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर पुगेका छन् । सभामुख अर्यालले दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यसँग भेट गरी समवेदना व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक कडा कदम चालिने बताए ...
। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार प्रतिशोधपूर्ण व्यवहार र अधिनायकवादी कार्यशैलीका साथ अघि बढेको आरोप लगाएका छन्। सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र कानुनी शासनमाथि गम्भीर प्रश्न उठाएको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भदौ २३ र २४ गतेका घटनालाई नेपालको संवैधानिक ...
। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा ११ दिने भ्रमणमा रहेको रास्वपाको टोलीले चीन पुगेको भोलिपल्टबाट विभिन्न क्षेत्रको अवलोकन सुरु गरेको छ । महामन्त्री विपिन आचार्यको नेतृत्वमा चीन भ्रमणमा निस्केको २० जनाको प्रतिनिधिमण्डल आइतबार साँझ छेङ्दु पुगेको थियो । सोमबार बिहान टोलीले क्यापिटल बायो समूहको जैवप्रविधि तथा परीक्षण उपकरण र एक्सडी झोङटे ट्रान्सफर्मर कारखानाको अवलोकन गरेको छ । प्रतिनिधिमण्डललाई ...