मुख्य समाचार
भीमफेदी दुर्घटनाका पीडित परिवार भेट्न सभामुख अर्याल सर्लाहीमा
भीमफेदी दुर्घटनाका पीडित परिवार भेट्न सभामुख अर्याल सर्लाहीमा

। मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा आफन्त गुमाएका परिवारलाई भेट्न प्रतिनिधिसभाका सभामुख डीपी अर्याल सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर पुगेका छन् ।

सभामुख अर्यालले दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यसँग भेट गरी समवेदना व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक कडा कदम चालिने बताए ।

पीडित परिवारलाई राहत उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारसँग पहल गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।

भेटका क्रममा पीडित परिवारका सदस्यहरूले दुर्घटनापछिको अवस्था, आफूहरूले भोग्नुपरेका समस्या तथा राहत र पुन:स्थापनाका विषयमा सभामुखसमक्ष आफ्ना कुरा राखेका थिए ।


सभामुख अर्यालसँगै सर्लाही निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य नितिमा कार्की, क्षेत्र नम्बर २ का सांसद रविन महतो, क्षेत्र नम्बर ३ का सांसद नरेन्द्र साह कलवार र पर्साबाट निर्वाचित सांसद रहबर अन्सारी पनि सुन्दरपुर पुगेका थिए । भ्रमणमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदी पनि सहभागी थिए ।

गत २६ कात्तिकमा छठ पर्व मनाउन काठमाडौंँबाट सर्लाही आउँदै गरेको विद्युतीय माइक्रोबस मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।

दुर्घटनामा एउटै टोलका १३ जनासहित १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।

मृतकमध्ये १३ जना चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका स्थानीय थिए । एउटै टोलका धेरै जनाको एकैपटक मृत्यु भएपछि सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनाले कैयौँ परिवारका सदस्य गुमेका छन् भने गाउँमा अझै शोकको वातावरण छ ।

सभामुख अर्याल कात्तिक २८ गते पर्सा र बारा जिल्लाको भ्रमण तथा छठ पर्व मनाउन मधेश आएका थिए । यसअघि आइतबार नेपाली कांग्रेसका सभापति गगन थापा पनि दुर्घटनामा ज्यान गुमाएका परिवारलाई भेट्न सुन्दरपुर पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको प्रदेश अधिवेशन कार्यतालिका एक दिन प्रभावित भएको छ। मंसिर ४ गतेदेखि सुरु हुने भनिएको अधिवेशन हरिबोधनी एकादशीका कारण मंसिर ५ गतेदेखि सुरु हुने भएको हो। धार्मिक पर्वका कारण अधिवेशनको मिति एक दिन पछाडि सारिएको सचिवालय समितिका संयोजक दीपक कुईंकेलले जानकारी दिए। उनका अनुसार मंसिर ५ गते गण्डकी प्रदेश, मंसिर ७ गते ...
। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार प्रतिशोधपूर्ण व्यवहार र अधिनायकवादी कार्यशैलीका साथ अघि बढेको आरोप लगाएका छन्। सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र कानुनी शासनमाथि गम्भीर प्रश्न उठाएको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भदौ २३ र २४ गतेका घटनालाई नेपालको संवैधानिक ...
। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा ११ दिने भ्रमणमा रहेको रास्वपाको टोलीले चीन पुगेको भोलिपल्टबाट विभिन्न क्षेत्रको अवलोकन सुरु गरेको छ । महामन्त्री विपिन आचार्यको नेतृत्वमा चीन भ्रमणमा निस्केको २० जनाको प्रतिनिधिमण्डल आइतबार साँझ छेङ्दु पुगेको थियो । सोमबार बिहान टोलीले क्यापिटल बायो समूहको जैवप्रविधि तथा परीक्षण उपकरण र एक्सडी झोङटे ट्रान्सफर्मर कारखानाको अवलोकन गरेको छ । प्रतिनिधिमण्डललाई ...
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने बताएका छन्। सोमबार सप्तरीको सुरुङ्गा नगरपालिका–७ बसानपट्टीमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले घिसिङले सरकारलाई दलीय स्वार्थभन्दा माथि राखेर जनसेवा, सुशासन र विकासको प्रभावकारी माध्यम बनाउनुपर्ने बताएका हुन्। आफ्नो पार्टीले स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन तथा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगमा यसअघि ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलाले सिङ्गो पार्टीलाई एउटै राजनीतिक लयमा अघि बढाउने बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भेलाको मुख्य उद्देश्य नयाँ निर्णय गर्नुभन्दा पनि यसअघि भएका निर्णयहरूको कार्यान्वयनमा एकरूपता ल्याउनु रहेको स्पष्ट पारे। राष्ट्रिय भेला नीति निर्माण ...