मुख्य समाचार
शङ्कर पोखरेलले वर्तमान सरकार प्रतिशोधपूर्ण व्यवहार र अधिनायकवादी कार्यशैलीका साथ अघि बढेको आरोप
शङ्कर पोखरेलले वर्तमान सरकार प्रतिशोधपूर्ण व्यवहार र अधिनायकवादी कार्यशैलीका साथ अघि बढेको आरोप

। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार प्रतिशोधपूर्ण व्यवहार र अधिनायकवादी कार्यशैलीका साथ अघि बढेको आरोप लगाएका छन्।

सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र कानुनी शासनमाथि गम्भीर प्रश्न उठाएको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भदौ २३ र २४ गतेका घटनालाई नेपालको संवैधानिक व्यवस्थामाथि नै खलल पुर्‍याउने असामान्य घटनाका रूपमा व्याख्या गरे। उक्त घटनापछि मुलुक प्रतिगमनतर्फ गएको एमालेको विश्लेषण रहेको उनको भनाइ छ।

फागुन २१ गते सम्पन्न निर्वाचन पनि असामान्य परिस्थितिमा भएको उल्लेख गर्दै उनले निर्वाचनबाट प्राप्त जनादेशलाई एमालेले सम्मान गरेको स्पष्ट पारे। तर निर्वाचनपछि गठन भएको सरकारले लोकतान्त्रिक मूल्य मान्यता, संवैधानिक व्यवस्था र कानुनी प्रक्रियाअनुसार काम गर्न नसकेको उनको आरोप छ।


‘विनाप्रमाण गिरफ्तार गरियो’

पोखरेलले सरकार राजनीतिक प्रतिशोधका आधारमा अघि बढेको आरोप लगाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओली र निवर्तमान गृहमन्त्रीलाई तथ्य तथा प्रमाणबिनै गिरफ्तार गरिएको दाबी गरे। ‘उनीहरूलाई १३ दिनसम्म नियन्त्रणमा राख्दा पनि अभियोजन गर्न नसकिएको घटनाले सरकारसँग आरोप पुष्टि गर्ने पर्याप्त आधार नरहेको स्पष्ट हुन्छ,’ उनले भने।

सरकारले अपनाएको सिद्धान्तअनुसार नै जिम्मेवारी निर्धारण गर्ने हो भने सुनसरीमा गोली चलेर मानिसको मृत्यु भएको घटनामा वर्तमान प्रधानमन्त्री र गृहमन्त्री पनि जवाफदेही हुनुपर्ने उनको तर्क छ।

‘लोकतान्त्रिक अधिकारमाथि अङ्कुश‘

वर्तमान सरकारको कार्यशैली लोकतान्त्रिक चरित्रविपरीत रहेको आरोप लगाउँदै पोखरेलले विद्यार्थीलाई कलेजमा गतिविधि गर्न रोक लगाउने, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयास गर्ने तथा निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय लोकतान्त्रिक अभ्यास हुन नसक्ने जिकिर गरे।

नेपालमा विद्यार्थी आन्दोलनले नै राजनीतिक परिवर्तनको जग बसालेको स्मरण गराउँदै उनले विद्यार्थी र श्रमिक सङ्गठनका गतिविधि नियन्त्रण गर्ने प्रयासले लोकतान्त्रिक अधिकार कमजोर बनाउने बताए।

राज्यका विभिन्न निकायलाई कार्यकारीको नियन्त्रणमा राख्न खोजिएको आरोप लगाउँदै उनले इनम सापकोटा प्रकरणले सरकार सञ्चालनको शैलीमाथि थप प्रश्न उठाएको बताए।

प्रधानमन्त्रीका सल्लाहकारहरूले प्रहरी नियन्त्रणमा रहेको मोबाइल दुई दिनसम्म राखेको विषय सार्वजनिक भएको उल्लेख गर्दै उनले यस प्रकरणको अनुसन्धान पारदर्शी हुनुपर्नेमा जोड दिए।

‘प्रधानमन्त्री संसद् र पार्टीप्रति नै अनुत्तरदायी’

लोकतन्त्रमा कार्यकारी सरकार जनप्रतिनिधिमूलक संस्थाप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै पोखरेलले प्रधानमन्त्री संसदीय गतिविधिमा सहभागी नहुने, संसदीय दलको बैठकको अध्यक्षता नगर्ने र राजनीतिक दलहरूसँग संवाद नगर्ने गरेको आरोप लगाए।

प्रधानमन्त्रीले संसद् र आफ्नै पार्टीका बैठकमा समेत पर्याप्त सहभागिता नजनाएको भन्दै उनले यस्तो कार्यशैलीले लोकतान्त्रिक उत्तरदायित्वको मान्यतामाथि प्रश्न उठाएको बताए।

४० बुँदे सुझावसहित प्रतिवेदन

पत्रकार सम्मेलनमा पोखरेलले एमालेको पछिल्लो निर्वाचन परिणामबारे पार्टीभित्र समीक्षा भइरहेको जानकारी दिए। निर्वाचनमा पार्टीले व्यहोरेको परिणाम अस्वाभाविक रहेको स्वीकार गर्दै उनले त्यसको कारण पहिचान गर्न सचिवालय बैठकबाट कार्यदल गठन गरिएको र कार्यकर्ताबाट सुझाव सङ्कलन गरिएको बताए।

उनका अनुसार कार्यदलले ४० बुँदे सुझावसहित सर्वसम्मत प्रतिवेदन तयार गरेको छ। तीमध्ये केही सुझावलाई पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा सम्बोधन गरिएको र बाँकीलाई पनि समयक्रममा विधिसम्मत रूपमा कार्यान्वयन गरिने पार्टीको प्रतिबद्धता रहेको उनले बताए।

एमालेको आगामी राष्ट्रिय कार्यकर्ता भेलाले पार्टीलाई पुनः जनतामाझ स्थापित गर्ने तथा पार्टी पङ्क्तिलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकताबद्ध बनाउने पोखरेलको भनाइ छ।

स्थानीय तह निर्वाचनको तयारीबारे बोल्दै उनले नयाँ राजनीतिक दलहरूले पनि निर्वाचनमा भाग लिन आवश्यक कानुनी तथा प्रक्रियागत तयारी गर्नुपर्ने सुझाव दिए।

अघिल्लो निर्वाचनमा स्थानीय तहका लागि समेत निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने प्रक्रिया नबुझ्दा नयाँ भनिएका दलहरू निर्वाचनमा सहभागी हुनबाट वञ्चित भएको उदाहरण प्रस्तुत गर्दै उनले आगामी निर्वाचनका लागि समयमै तयारी गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा ११ दिने भ्रमणमा रहेको रास्वपाको टोलीले चीन पुगेको भोलिपल्टबाट विभिन्न क्षेत्रको अवलोकन सुरु गरेको छ । महामन्त्री विपिन आचार्यको नेतृत्वमा चीन भ्रमणमा निस्केको २० जनाको प्रतिनिधिमण्डल आइतबार साँझ छेङ्दु पुगेको थियो । सोमबार बिहान टोलीले क्यापिटल बायो समूहको जैवप्रविधि तथा परीक्षण उपकरण र एक्सडी झोङटे ट्रान्सफर्मर कारखानाको अवलोकन गरेको छ । प्रतिनिधिमण्डललाई ...
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने बताएका छन्। सोमबार सप्तरीको सुरुङ्गा नगरपालिका–७ बसानपट्टीमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले घिसिङले सरकारलाई दलीय स्वार्थभन्दा माथि राखेर जनसेवा, सुशासन र विकासको प्रभावकारी माध्यम बनाउनुपर्ने बताएका हुन्। आफ्नो पार्टीले स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन तथा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगमा यसअघि ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलाले सिङ्गो पार्टीलाई एउटै राजनीतिक लयमा अघि बढाउने बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भेलाको मुख्य उद्देश्य नयाँ निर्णय गर्नुभन्दा पनि यसअघि भएका निर्णयहरूको कार्यान्वयनमा एकरूपता ल्याउनु रहेको स्पष्ट पारे। राष्ट्रिय भेला नीति निर्माण ...
। बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान साढे १० बजेतिर नम्बर नखुलेको अटो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले तीन जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनकाअनुसार दुर्घटनामा ...
। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त भएको रकमको दुरुपयोग नहुने स्पष्ट पारेका छन् । सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषमा गरेको सहयोग रकम बुझ्दै मन्त्री पुनले कोषको रकम पारदर्शी रूपमा नै खर्च हुने भन्दै दुरुपयोग नहुने स्पष्ट पारेका हुन् । बाटोघाटो, पुल, स्कुल तथा अस्पतालहरू बगाएका स्थानमा ...