मुख्य समाचार
शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन
शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन

। बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरेको छ । निगरानीका लागि ड्रोन र बडी क्यामेरा तथा सम्भावित दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ ।

हसिनाले डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा अवामी लिगका समर्थक सक्रिय भएका छन् । पार्टी प्रतिबन्धित रहेकाले उनीहरूका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको समाचारमा उल्लेख छ ।

यसैबीच, कानूनमन्त्री मो. असदुज्जमानले हसिना कानूनी प्रक्रियाअनुसार प्रत्यर्पण सन्धिमार्फत बङ्गलादेश फर्कने बताएका छन् । मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकाले उनले फैसलाविरुद्ध अपिल गर्ने ३० दिने समयसीमा सकिएपछि कानूनी अवसर सीमित हुने मन्त्रीको भनाइ छ ।

सन् २०२४ को जुलाई विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको अभियोगमा हसिनालाई सन् २०२५ नोभेम्बर १७ मा मृत्युदण्डको फैसला सुनाइएको थियो । फैसलाको पूर्ण पाठ सन् २०२६ जनवरी १३ मा प्रकाशित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले रुसको नियन्त्रणमा रहेको क्रिमिया पुललाई लक्षित गरी एकै दिनमा एक हजार ३३६ ड्रोन प्रहार गरेको छ । आक्रमणबाट पुलमा ठूलो क्षति नभएको देखिए पनि रुसी अधिकारीहरूले यातायात आवागमनमा प्रतिबन्ध लगाएका छन् । रुसको रक्षा मन्त्रालयका अनुसार यो वर्ष एकै दिनमा प्रक्षेपण गरिएका ड्रोनमध्ये उक्त सङ्ख्या दोस्रो ठूलो हो । क्रिमियाका रुसी नियुक्त गभर्नर सेर्गेई ...
। सुपरमार्केटका फ्रिजहरूमा हालै भएको साइबर आक्रमणपछि अब घरेलु उपकरणहरू निसानामा पर्न सक्ने युरोपेली संघ (ईयू) का साइबर प्रमुखले मंगलबार एएफपीलाई बताएका छन्। उनले बढ्दो साइबर खतराहरूको सामना गर्न युरोपलाई थप लगानी गर्न आग्रह गरेका छन्। अक्टोबर र नोभेम्बरमा कम्तीमा १२ युरोपेली देशका सुपरमार्केटहरू साइबर आक्रमणको सिकार भएका थिए, जसमा फ्रान्स सबैभन्दा बढी प्रभावित भएको थियो। ईयूको ...
। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा आइतबार अवामी लिगका नेता तथा कार्यकर्ताले प्रदर्शनका क्रममा तोडफोड गरेका छन् । उनीहरूले प्रहरीका अवरोध तोड्दै सहरका विभिन्न सडकमा जुलुस निकालेका थिए । प्रदर्शनका क्रममा प्रहरीको सशस्त्र गाडी, प्रहरी चौकी र सार्वजनिक संरचनामा क्षति पुर्‍याइएको छ । बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनकारीले गोपालगञ्ज सहरमा रहेको जुलाई स्मारक र गोपालगञ्ज विज्ञान तथा ...
। विश्वकै सबैभन्दा ठूलो एआई चिप कम्पनी एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङले कम्पनीको नेतृत्व पुनः सम्हाल्न सक्ने सम्भावना बढेको छ। टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कसहित सिलिकन भ्यालीका कैयौँ ठूला व्यवसायीहरू उनको फिर्तीको समर्थनमा उत्रिएका छन्। फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार, हुआङले पनि आफ्ना निकटवर्तीहरूसँग यस विषयमा छलफल गरेका छन्। समर्थकहरू पनि उनलाई पुनः कम्पनीको जिम्मेवारी दिइयोस् भन्ने चाहन्छन् ...
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यपूर्वका प्रमुख समस्याको जड इरानका शिया धर्मगुरु र उनीहरूको विस्तारवादी मानसिकता भएको आरोप लगाएका छन् । वासिङ्टन डीसीमा आयोजित सन् २०२६ को राष्ट्रिय वकिल सम्मेलनलाई सम्बोधन गर्दै रुबियोले मध्यपूर्वका ‘हरेक प्रमुख समस्या’ इरानका शिया धर्मगुरु र उनीहरूको विस्तारवादी सोचका कारण उत्पन्न भएको बताएका हुन् । यमनका हुथी विद्रोही, इराकका शिया लडाकु समूह, सिरियाका ...