मुख्य समाचार
संविधान र विद्यमान कानुनको परिधिभित्र रहेर मात्रै देशको विकास र सुशासनको प्रक्रिया अघि बढाउन सकिने
संविधान र विद्यमान कानुनको परिधिभित्र रहेर मात्रै देशको विकास र सुशासनको प्रक्रिया अघि बढाउन सकिने

: सभामुख डोलप्रसाद अर्यालले संविधान र विद्यमान कानुनको परिधिभित्र रहेर मात्रै देशको विकास र सुशासनको प्रक्रिया अघि बढाउन सकिने बताएका छन् । बाराको सिमरामा आइतबार आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले संविधान तथा कानुनलाई मिचेर कुनै पनि काम गर्न नमिल्ने बताएका हुन् ।

देश लोकतान्त्रिक प्रणाली र कानूनी राज्यको अभ्यासमा रहेकाले काम गर्न बाधा पुर्‍याउने पुराना तथा खराब कानुनलाई संशोधन गरेर मात्रै अघि बढ्नुपर्ने सभामुख अर्यालको भनाइ थियो । उनले देशको समृद्धि, सुशासन र विकास निर्माणका लागि अबको ५० औं वर्षसम्म संशोधन गर्न नपर्ने गरी दीर्घकालीन कानुन निर्माणको आवश्यकता रहेको औंल्याए । मधेसका आठ जिल्लामा सबैभन्दा छिटो, सस्तो र सजिलो तरिकाले विकास गर्न सकिने सम्भावना हुँदाहुँदै पनि यहाँको शिक्षा, स्वास्थ्य, सडक र सामाजिक विकास पछि परेकोमा उनले चिन्ता व्यक्त गरे ।

उनले विकासका लागि स्थानीय सरकार सबैभन्दा गम्भीर हुनुपर्ने बताउँदै जायज माग पूरा नभएसम्म प्रदेश र संघ सरकारसँग निरन्तर लबिङ गर्न सुझाव दिए । ‘स्थानीय सरकार सबैभन्दा बलियो हुनुपर्छ । स्थानीय स्तरमा भएका समस्यालाई प्रदेश र संघसम्म निरन्तर पुर्याउनुपर्छ’ सभामुख अर्यालले भने ‘जबसम्म स्थानीय स्तरका माग पूरा हुँदैनन् तबसम्म लबिङ गरिराख्नुपर्छ।’

सभामुख अर्यालले सामाजिक सञ्जाल र मोबाइलको गलत प्रयोगले समाजमा भ्रम, विकृति र दुर्घटना निम्त्याइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले सरकारको निर्देशन र सुरक्षा निकायको नियन्त्रणले मात्रै यो समस्या समाधान नहुने भएकाले सानै उमेरदेखि बालबालिकालाई सही शिक्षा दिनुपर्ने र समाज आफैं सचेत हुनुपर्ने बताए ।
मधेस हिमाल, पहाड र तराईबाट आएका नागरिकहरू मिलेर बसेको एक सुन्दर बगैँचा जस्तै रहेको चर्चा गर्दै उनले बगैँचामा बास्नादार फूलसँगै काँडा भएका फूल पनि हुने भएकाले सबैले मिलेर सद्भाव कायम राख्नुपर्ने बताए । उनले मधेसको शिक्षा, स्वास्थ्य, सामाजिक तथा भौतिक विकासका लागि कानून निर्माणको तहबाट आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

छठ पर्वको अवसरमा बारा र पर्साका विभिन्न छठघाटको दर्शन तथा अवलोकनका लागि हेटौंडाबाट सडकमार्ग हुँदै सिमरा आइपुगेका सभामुख अर्याले जीतपुरसिमरा उपमहानगरपालिका–४ स्थित नवनिर्मित श्रीकृष्ण मन्दिरको समेत अवलोकन गरेका थिए । सिमराको कार्यक्रम सम्पन्न गरी उनी वीरगन्जतर्फ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री बालेन शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका दानबहादुर कार्कीले पत्र बुझेको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले नियुक्त भएकै दिन कार्कीले नियुक्ति पत्र बुझेको जानकारी दिए। तर, निवर्तमान प्रहरीमहानिरीक्षक कार्की भने आफूलाई महानिरीक्षक पदबाट हटाएको भन्दै सरकारको सो निर्णयका विरुद्ध वारिसमार्फत सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनको पेशी सोमबारका ...
। पोखरा–१८ सराङकोटस्थित सुधार गृहबाट भागेका एक जना बालबन्दी राति चोरी गर्ने तयारी गरिरहेका बेला हम्मरसहित पक्राउ परेका छन् । पोखरा लेकसाइडस्थित स्ट्रिट नम्बर १९ मा चोरी गर्ने तयारी गरिरहेका बेला उनलाई राति १ बजे पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए । सराङकोटस्थित बालसुधार गृहबाट सुरक्षाकर्मीकै आँखा अगाडि पर्खाल नाघेर भागेका १८ वर्षीय ...
: उपत्यकाका विभिन्न स्थानमा पनि छठ पर्व मनाइएको छ। गौरीघाट र कमलपोखरी लगायतका ठाउँमा धुमधामका साथ अस्ताउँदो सुर्यलाई अर्घ्य दिई छठपर्व अन्तर्गतको मुख्य पूजा गरिएको हो। छठपर्व सूर्यदेव र छठी माताको उपासना गर्दै अत्यन्त निष्ठा, शुद्धता र भक्तिभावका साथ मनाइने एक प्रमुख लोकपर्व हो।
। कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल घुम्न आएका पर्यटक सवार गाडी मुगुमा दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ । दुई जना घाइते छन् । मृत्यु हुनेमा काठमाडौं कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवीराज थपलियाले ...
: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारले जनताको विश्वास गुमाएको बताएका छन्। नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को पदस्थापन तथा प्रशिक्षण कार्यक्रमलाई आइतबार वालिङमा सम्बोधन गर्दै पौडेलले सरकारले आफूले बोलेका कुरालाई कानुन झैँ ठान्ने गरेको उल्लेख गरे। निर्वाचनमा धेरै सिट जित्दैमा सरकारले आफूलाई संविधानभन्दा माथि ठान्न नहुने उनको भनाइ थियो। ‘संविधानभन्दा माथि कोही ...